मूल्य शृङ्खला अनुदानको लागि आवेदन दिने बारे सूचना

Value Chain Development of Fruit and Vegetables Project (VCDP)

Ministry of Agriculture and Livestock Development (MoALD) with the Korea International Cooperation Agency (KOICA) and the United Nations Development Programme (UNDP) jointly implementing the Value Chain Development of Fruit and Vegetables Project (VCDP), along the three major corridors (BP highway, Prithvi highway and Hetauda-Dumkibas segment of East-West Highway) in Bagmati and Gandaki Provinces. The project aims to increase the income of 10,000 smallholder farmers through increased production, reduced postharvest losses, and better market linkage for selected fruit and vegetables.

Details / requirements:

फलफुल तथा तरकारी मूल्य-शृङ्ंखला विकास आयोजना

आयोजना व्यवस्थापन इकाइ

हरिहरभवन, ललितपुर

फलफुल तथा तरकारी मूल्य-शृङ्ंखला विकास आयोजनाको

मूल्य शृङ्खला अनुदानको लागि आवेदन दिने बारे सूचना ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MOALD), कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित फलफुल तथा तरकारी मूल्य-शृङ्ंखला विकास आयोजना (Value Chain Development of Fruit and Vegetables Project - VCDP) ले बाग्मती र गण्डकी प्रदेशका ११ जिल्लाका राजमार्गको आसपासमा पर्ने ३७ गाउँ तथा नगर पालिकाहरू मार्फत करिव १५० पकेट क्षेत्रमा आयोजनाका प्राथमिकताका बालीहरूको उत्पादकत्व वृद्धि, उत्पादनोपरान्त क्षति न्यूनिकरण एवं सहज बजार पहुँचका लागि विभिन्न क्रियाकलापहरू संचालन गरिरहेको छ । यस अतिरिक्त आयोजना क्षेत्रमा क्रियासिल सहकारी संघसंस्थाहरू, कृषि समिति एवं कृषि बजार समितिहरूको क्षमता विकास तथा  परिचालन गरी आयोजनाका लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न सहयोगी क्रियाकलापहरू सञ्चालनका लागि प्रतिस्पर्धात्मक रुपमा मूल्य-शृङ्ंखला अनुदान (Value Chain Grant - VCG) उपलब्ध गराउने कार्यक्रम अनुरुप सम्बन्धित पकेट क्षेत्रका सहकारी संघ संस्थाहरू, कृषि समितिहरू, बजार समितिहरू एवं कृषि उत्पादक संस्थाहरूलाई आयोजनाले निर्दिष्ट गरेको ढाँचामा प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

पुनश्चः

(१) मूल्य–शृङ्ंखला अनुदानका लागि विनियोजित बजेटभित्र प्राप्त प्रस्तवहरुलाई क्रमिकरुपमा अनुगमन, मूल्यांकन गरि निर्णयहरु गर्दै जाने भएकाले यथा सम्भव शिघ्र आवेदन दिन अनुरोध गरिन्छ ।

(२) पहिलो चरणमा १५ जेठ २०७९ (२९ मे २०२२) सम्म प्राप्त प्रस्तावनाहरूलाई मूल्यांकन गरी जेठ महिनासम्ममा अनुदान सम्बन्धि निर्णय गरिनेछ । त्यस पश्चात प्राप्त प्रस्तावनाहरूको हकमा प्रस्तावनाको सान्दर्भिकता र आयोजनाको विनियोजित बजेट उपलव्धताको आधारमा मूल्यांकन गर्न सकिने छ ।

(३) यस मूल्य–शृङ्ंखला अनुदान प्रस्ताव पेश गर्ने फारम र अन्य सम्बन्धित जानकारी वा आयोजनाको इमेल info@vcdp.org.np मा सम्पर्क गरि वा यहाँ दिइएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।

EOI र Proposal को लागि तल उल्लेखित  लिंकहरुमा जानुहोस्:

EOI of VCG

VCG Proposal

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 18 May, 2022
Apply Before 29 May, 2022
City Lalitpur