सामुदायिक परिचालक/सुपरभाईजर (शिक्षाकार्यक्रम)

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक: २०७७/१२/२३

सेभ द चिलड्रेन र रतौली युवा क्लबको साझेदारीमा महोत्तरी जिल्लामा संचालित समुन्नति परियोजनाका लागि १८ वर्ष पुरा भई ५० बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट ७ दिनभित्र दरखास्त दिनआव्हान गरिएको छ ।

पदः सामुदायिक परिचालक–१ जना

योग्यता तथा अनुभवः

प्रविणता प्रमाण पत्र वा समाजिक परिचालन बिषय वा सो सरह उत्तीर्ण गरेकोे, समुदाय परिचालनमा सहजिकरण, पालिका तथा वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभवभएको, आधारभुत कम्प्युटर र स्मार्टफोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको, नेपाली भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने ।  १०० % फिल्डमा रहेर काम गर्नसक्ने।

पदः सुपरभाईजर (शिक्षाकार्यक्रम) – १ जना

योग्यता तथा अनुभवः

शिक्षा वा समाजिक विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको, शिक्षा तथा सामाजिक विकास,समुदाय परिचालन, वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभवभएको, आधारभुत कम्प्युटर र स्मार्टफोन सम्बन्धि राम्रो व्यावहारीक ज्ञान भएको, प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने । ८०% फिल्डमा रहेर कामगर्न सक्ने ।

संलग्नगर्नु पर्ने आवश्यक कागजातहरु: नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगतविवरण (BIO-DATA) ,अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।

नोट:  प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्रलिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण नितीको पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजायन भएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्ति हुनु पर्ने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतः अमान्य हुनेछ ।

दरखास्त दिने अन्तिममितिः  २०७७।१२।२९गते साँझ ५ः०० बजे सम्म ।

आवेदन दिने इमेल ठेगानाः

रतौली युवा क्लव(RYC)

टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी

फोन नं. ०४४–५२०७९५

इमेल:  vacancyryc@gmail.com

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Apr, 2021
Apply Before 11 Apr, 2021
City Terai Region, Janakpur