शिलबन्दी बोलपत्र आह्वानको सुचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

किर्डाक नेपाल

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित मिति: २०७९ मङ्सिर ९ (२५ नोभेम्बर २०२२)

प्लान इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालले जुम्ला र कालिकोट जिल्लामा LEARN परियोजना संचालन गर्दै आइरहेको छ । उक्त परियोजना अन्तर्गत “बसाई व्यवस्थापन सामग्रीहरु, सिकाइ कुना निमार्ण सामग्रीहरु र ECD खेल तथा सिकाइ सामग्रीहरु ” खरिद गर्नु पर्ने भएकाले TOR मा उल्लेखित शर्त, सामग्रीको विस्तृत विवरण र परिमाण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित इच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ । TOR मा विभिन्न प्याकेजहरु उल्लेख गरिएको हँदा  बोलपत्र आवेदकले सबै प्याकेज अथवा सम्बन्धित प्याकेज अनुसारको सामग्रीको लागी मात्र पनि दरभाउ पेश गर्न मिल्नेछ ।

प्याकेजहरु

प्याकेज विवरण

PACKAGE- A

Sitting Arrangement Materials (बसाई व्यवस्थापन सामग्रीहरु)

PACKAGE- B

Book Corner Establishment Materials  (सिकाइ कुना निमार्ण सामग्रीहरु)

PACKAGE- C

ECD Playing and Learning Materials ( ECD  खेल तथा सिकाइ सामग्रीहरु)

बोलपत्रमा समाबेस गर्नुपर्ने कागजातहरु:

१. कम्पनी दर्ता तथा नवीकरणको कागजात 

२. आर्थिक वर्ष २०७८/७९ को कर चुक्ताको कागजात वा म्याद थपको कागजात

३. VAT दर्ताको प्रमाण पत्र

४. सहि छाप सहितको TOR स्व घोषणा र Code of Conduct

५. बैंक जमानत पत्र (२.५% )

बोल-पत्र पेश गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले ११ दिन भित्र अर्थात २०७९ मङ्सिर १९ तद्नुसार ५ डिसेम्बर २०२२ साँझ ४:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर (०१-५४२१६७८) वा प्रदेश कार्यालय विरेन्द्रनगर, सुर्खेत (०८३-५२५६६४) वा, जिल्ला कार्यालय मान्म कालिकोट (०८७-४४०१५०), वा प्रधान कार्यालय चन्दननाथ, जुम्ला (०८७-५२०२०१)मा पेश गर्न सकिनेछ । खरिद गरिने सामग्रीको विवरण, Technical Specification र बोल-पत्रको आवेदन फारम ToR मा उल्लेख गरिएको छ । उक्त ToR https://kirdarc.org/tender/ वाट डाउनलोड गर्न सकिने छ वा procurement.kirdarc@gmail.com मा अनुरोध गरी वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरुवाट प्राप्त गर्न सकिनेछ ।

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१-५४२१६७८) मा सम्पर्क गर्न सकिने छ ।

बोल-पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 25 Nov, 2022
Apply Before 05 Dec, 2022
City Lalitpur