लेखा तथा प्रशासन अधिकृत (Accounts & Admin. Officer)

CHILD DEVELOPMENT NEPAL

Details / requirements:

बालबिकास नेपाल

बरहथवा,सर्लाही

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

प्रथम पटक सुचना प्रकाशित मितिंः २०७७।१०।०४

बालबिकास नेपालले विगत ५ बर्ष देखी यस सर्लाही जिल्लामा विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा विभिन्न साझेदार संस्थाहरुको सझेदारीमा शिक्षा, स्वास्थय, जिविकोपार्जन, महिला सशक्तिकरण, बालश्रम, बालविवाह, दाइजो पर्था, खानेपानि सरसफाई, यूवा सशक्तिकरण र विद्यालय भर्ना अभियान जस्ता कार्यक्रम संचालन गर्दै आइरहेको छ । अतःबालविकास नेपालद्धारा बिष्णु गाउँपालिका, कौडेनागाउँपालिका र बरहथवा नगरपालिकामा संचालित “सम्मानजनक जिवनयापनको लागि गुणस्तरीय शिक्षा तथा जिविकोपार्जन परियोजना” (Education & Livelihood for Dignified Life Project) परियोजनाको लागि तपशिल अनुसारका कर्मचारी आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकहरुले सुचना प्रकाशित मितिले ७ दिनभित्र दरखास्त आव्हान गरिन्छ । 

१.   पद:  लेखा तथा प्रशासन अधिकृत (Accounts & Admin. Officer)

संख्या: १ ( एक ) जना

न्यूनतम शैशिक योग्यता:

मान्यताप्राप्त शिक्षण संस्थाबाट वि.वि.एस,वि.विए.मा स्नातकतहतह उतिर्ण गरी सामाजिक संस्थामावित्ततथाप्रशासनको क्षेत्रमाकम्तिमादुईवर्ष अनुभवभएको साथै निम्नानुसार योग्यताभएको,

  • लेखा तथा प्रशासन सम्बन्धि जानकारी भएको ।
  • सानो नगदीकोष, खरीद तथा जिन्सि व्यवस्थापन सम्बन्धि कार्य अनुभवभएको ।
  • सफ्टवयर (लेखा) सम्बन्धि ज्ञान भएको ।
  • MS Office/Power Point/Internet सम्बन्धि पूर्ण ज्ञान हुनुका साथै सहजीकरण, प्रस्तुतिकरण तथा प्रभावकारी सञ्चारको राम्रो सीप भएको ।
  • डकुमेनटेसन सम्बन्धि ज्ञान भएको ।
  • नेपाल सरकारको कर, कर तिर्ने तरिकाहरु  तथा समाजिक सुरक्षाकोष सम्बन्धि जानकारी भएको ।
  • संस्थाको आन्तरिक तथा वाह्य प्रतिवेदनहरु तयार गर्न सक्ने ।
  • संस्थाको आर्थिक तथा प्रशासनिक नियमावली अनुसार काम गर्न गराउन सक्ने तथा आवश्यकता अनुसार संशोधनको लागि संस्थालाई सुझाव सल्लाह दिनुपर्ने ।
  • संस्थाको लेखा परिक्षणको लागिआवश्यक प्रतिवेदन तयार गरी लेखापरीक्षकलाई उपलब्ध गराउनु पर्ने तथा लेखापरीक्षण कार्यमा सहयोग पु¥याउन सक्ने ।
  • संस्थाको आन्तिरिक नियन्त्रण प्रणालीलाई सुदृढ तुल्याउनआवश्यक भूमिका निर्वाह गर्न सक्ने ।

द्रष्टव्यः

  • हामीबाल संरक्षण निति (Child Protection Policy)  को पालना गर्छौ ।
  • महिला, दलित,मधेशी,अपाङ्ग भएका व्यक्ति,आदिवासी जनजाती र स्थानिय भाषा बोल्नेलाई बिशेष गा्रहयता दिइनेछ । 
  • आवश्यक पर्ने कागजातहरु: लिखित निबेदन, बायोडाटा, शौक्षिक योग्यता प्रमाण पत्रहरुको प्रतिलिपी, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी, काम गरेको अनुभवको र तालिमको प्रमाण पत्रको प्रतिलिपीहरु ।
  • परिक्षाको किसिम: लिखित तथा मौखिक
  • दरखास्तदिने अन्तिममितिः २०७७ माघ १० गते
  • दरखास्त पठाउने ठेगानाः बालबिकास नेपाल बरहथ वा को कार्यालय वा recruitment.cdnepal@gmail.com  मा पठाउन सक्नेछ ।
  • अन्तिम (Shortlist) मा परेको उम्मेदवारहरुलाई जानकारी गराई कर्मचारी छनौट प्रकृयामा सामेल गराइनेछ ।
  • कर्मचारी छनौट प्रकृयालाई अवरोध गर्ने वा प्रभावितपार्ने उम्मेदवारहरुलाई छनौट प्रकृयामा समावेश गराइने छैन । 

कर्मचारी छनौट सम्बन्धि सम्पुर्ण निर्यण अधिकार संस्थामा निहित रहनेछ ।

विस्तृत जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । कुनै पनि राजनैतिक दवाव साथै कुनै प्रकारको टेलिफोन सिफारीसलाई निरुत्साहित गर्दछौं ।

पदपूर्ति समिति

बालबिकास नेपाल,

बरहथवा–१८,सर्लाही

०४६–५४०१९४

Overview

Category Finance & Administration
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Jan, 2021
Apply Before 23 Jan, 2021
City Terai Region