शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद सम्बन्धी 

सिलबन्दी बोलपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज – दार्चुला, पीसबिन – बाजुरा, सामुदायिक विकास केन्द्र – डोटी, मालिका विकास संघ – अछाम, सेवक नेपाल – कैलाली, किर्डाक नेपाल – मुगु/हुम्ला, सोनाहा विकास समाज – बर्दिया, संगम – म्याग्दी, सोर्डेक नेपाल – पर्वत, नौलो घुम्ती नेपाल – कास्की, पद्धती विकास सेवा केन्द्र – गोरखा, ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र – नुवाकोट, लेले सामुदायिक विकास केन्द्र – ललितपुर, आसमान नेपाल – धनुषा र दलित समाज उत्थान समिति नेपाल – महोत्तरीले १७ वटा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यसै परियोजनाको स्पोन्सरसीप कार्यक्रममा आवद्ध २०,००० जति बालबालिकाहरुको लागि शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त र Technical Specification/Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजतप्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदन दर्ता गर्ने प्रक्रियाः

ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले आफूले सेवा दिन चाहेको सामग्रीहरुको बोलपत्र सिलबन्दी गरी खामको बाहिर “शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद बोलपत्र” लेखी मिति १७ माघ २०७९ तद्नुसार ३१ जनवरी, २०२३ साँझ ५ः०० बजे भित्र TOR मा उल्लेखित संस्थाको कार्यालयहरु वा गुड नेवर्स इन्टरनेशनल नेपाल, एकान्तकुना–१३, ललितपुरमा पेश गर्न सकिनेछ । बोलपत्रको आवेदन फारम,Technical Specification  र TOR ईमेल procurement.icdp022@gmail.com वा  वेभसाइटहरुः http://gninepal.org/work-with-us/notice/ वा https://kirdarc.org/tender/ वा http://aasamannepal.org.np/category/news/campaign-news/  बाट प्राप्त गर्न सकिनेछ वा तल दिएका लिङ्क बाट डाउनलोड गर्न सकिनेछ ।

Link 1: Bidding Form and Technical Specifications (https://drive.google.com/file/d38Khv/view?usp=share_link)

Link 2: TOR (https://drive.google.com/file/dbXcHPc/view?usp=share_link)

नोटः १. बोलपत्र पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

         २. सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नेशनल कन्सोर्टियम कमिटीमा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 11 Jan, 2023
Apply Before 31 Jan, 2023
City Lalitpur