परामर्शदाता छनौटको लागी आशयपत्र पठाउन अनुरोध

Prerana

Details / requirements:

परामर्शदाता छनौटको लागी आशयपत्र पठाउन अनुरोध

प्रेरणाले भिएसओ नेपालसँगको साझेदारीमा किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम (ENGAGE) संचालन गर्दै आईरहेको छ । यो परियोजना अगस्त २०१८ देखी बिद्यालय बाहिर रहेको १० देखी १९ बर्ष सम्मको अपाङ्गता भएका र सिमान्तकृत किशोरीहरुलाई ९ महिनाको अनौपचारिक शिक्षा (बृज कक्षा)मा सहभागी गराई १० वर्ष देखी १४ बर्ष सम्मको किशोरीहरुलाई औपचारिक शिक्षामा सहभागी गराउने र १५ बर्ष देखी १९ बर्ष सम्मको किशोरीहरुलाई जिवन उपयोगी शिप प्रदान गरी जिविकोपार्जनमा सुधार ल्याउने  उद्धेश्य रहेको छ । बृज कक्षाको शिक्षा सम्पन्न पश्चात १५ देखी १९ बर्ष उमेर समुहका २७५ किशोरीहरुलाई शिप सिकाउने कार्यक्रम रहेको छ । यसरी जिवन उपयोगी शिप सिक्न चाहने २७५  किशोरीहरुलाई उद्यम बिकासको लागी ब्यवसायिक योजना तथा बित्तिय साक्षरता Business planning and financial literacy सम्बन्धि तालिम सर्लाही जिल्लाको कौडेना गाउँपालिका र मलंगवा नगरपालिकामा संचालन गर्ने योजना छ । 

उपरोक्त तालिमको लागी प्रेरणाले अनुभवी सहजकर्ता आवश्यक रहेको हुनाले इच्छुक, योग्य तथा अनुभवी ब्यक्ति तथा फर्मलाई तल उल्लेखित कागजात सहित प्रेरणाको कार्यालयमा वा ईमेल मार्फत कार्यालय समय भित्र निवेदन दिन अनुरोध छ ।

परामर्शदाताले तपशिल अनुसारको कार्यहरु  गर्नु पर्ने छ:

  • ४ दिने Business plan and financial literacy तालिमको बिषय बस्तु तयार गरी अनौपचारिक शिक्षा पढेका किशोरीहरुलाई तालिम गर्ने ।
  • २७५ जना किशोरीहरुलाई जम्मा ११ समूहमा तालिम दिई हरेक किशोरीहरुको ब्यवसायिक योजना बनाउनको लागी सहयोग गर्ने ।
  • तालिम सम्पन्न पश्चात तालिमको प्रतिबेदन तयार गर्ने र हरेक तालिमको सहभागीहरुको  तालिम पूर्व परिक्षण तथा पश्चात परिक्षण अनिवार्य गराउने ।

इच्छुक परामर्शदाता संस्था तथा ब्यक्तिले तपशिलको कागजात पेश गर्नु पर्ने छ 

आशयपत्र

  • प्रशिक्षकको बैयक्तिक बिबरण (संस्थागत र ब्यक्तिगत दुवै)
  • छोटो अवधारणा पत्र जसमा तालिमको बिषय बस्तु , तालिम संचालन बिधि, गुणस्तर मापन तरिका उल्लेख भएको 
  • आर्थिक प्रस्ताव जसमा खर्चहरुको बिस्तृत बिबरण भएको 
  • कम्पनी/संस्था दर्ता प्रमाण पत्र (संस्थागत फर्मको हकमा)
  • प्यान तथा भ्याट दर्ताको प्रमाण पत्र (नविकरण सहित)
  • अन्य आवश्यक तालिमको प्रमाण पत्रहरु

सहजकर्ताको शैक्षिक योग्यता

  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण गरि सम्बन्धि बिषयमा ३ बर्षको कार्य अनुभव भएको वा स्नात्तक गरी सम्बन्धि बिषयमा कम्तीमा १ बर्षको कार्य अनुभव भएको ।
  • उद्यम विकास सहजकर्ता प्रशिक्षक प्रशिक्षण प्राप्त गरेको वा SIYB TOT  लिएको ।
  • गाउँमा गएर तालिम संचालन गर्ने ।
  • स्थानिय मैथली तथा बजिका भाषामा तालिम संचालन गर्न सक्ने ।
  • दलित, जनजती, पिछडा बर्ग, महिला तथा मधेसीलाई बिशेष ग्राहयता दिईने छ ।

निवेदन दिने विधि

माथी उल्लेखित भुमिकामा काम गर्न चाहने आवश्यक योग्यता भएका परामर्शदाताहरुले  ईमेल मार्फत prerana.pc.engage@gmail.com मा बिस्तृत कार्य बिबरण मागी सो को आधारमा सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयमा सोझै आई वा ईमेल मार्फत आशयपत्र पठाउन अनुरोध छ ।

(नोट: यो भन्दा अगाडी आशयपत्र पठाई सकेकाहरुको हकमा पुनः नपठाउन अनुरोध छ । पहिले कै आशयपत्रलाई मान्यता दिईने छ ।)

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 12 Apr, 2021
Apply Before 18 Apr, 2021
City Lalitpur