लेखापरिक्षणको आशय पत्र माग सम्बन्धमा ।
Job posted on 05 Aug, 2022
Apply before 11 Aug, 2022
Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot
Detailed Job description / requirements:
प्रथम पटक प्रकाशित मिति: २०७९/०४/२०
विषय: लेखापरिक्षणको आशय पत्र माग सम्बन्धमा ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट द्धारा २०७८ श्रावण १ गते देखि २०७९ अषाढ मसान्त सम्मका लागि एक आ.ब.को ८ देखी ८.२५ करोड रकमको लेखापरिक्षण गर्नु पर्ने भएकोले नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्वन्धीत कार्यका लागी प्राप्त गरेको इजाजतपत्र, आन्तरिक राजस्व कार्यालयमा दर्ता भइ मुल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्वर प्राप्त गरी आ.ब. २०७८/०७९ कर चुक्ता प्रमाण (पत्र लिइएको, फर्म वाट निम्नलिखित शर्तको अधिनमा रही कार्य गर्न खुला तथा शिलवन्दी आशयपत्र आह्वानको सूचना प्रकाशन गरिएको छ ।
शर्तहरु
- अडीट कार्य पाँचतारा युवा संरक्षक मञ्चको कार्यलय जाजरकोटमा उपस्थित भइ गर्नु पर्ने छ ।
- Proposal फाराम कार्याललय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी इमेल मार्फत ptysm.procurement@gmail.com मा पेश गर्नु पर्ने छ ।
- Proposal सुचना प्रकाशन भएको मितिले ७ औं दिनको ५ बजे सम्म यस संस्थामा दर्ता गराई सक्नु पर्ने छ । Proposal दरभाउ पत्र दाता वा निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
- आशय पत्र दाताबाट आफ्ले कबोल गरेको दर रेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षर लाई मान्यता दिइने छ ।
- आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम ठेगाना र शिलवन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्वर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन ।
- आशयपत्र स्वीकृत गर्ने वानगर्ने सम्पुर्ण अधिकार यस संस्थालाइ हुनेछ ।
- बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।
- आशय पत्र सम्वन्धी अन्य थप जानकारी लिनु परेमा यस कार्यालयको सम्पर्क नं. ९८५८०५२१२७, ९८४४८७९१११, ९८५८०६९८०२ मा बुझ्न सकिने छ ।
For Proposal form: https://ptysm.org.np/?p=807
Job Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 05 Aug, 2022 |
Apply Before | 11 Aug, 2022 |
City | Jajarkot |