विद्यालय मानसिक स्वास्थ्य सुपरिवेक्षक/मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता/अनुगमन तथा मूल्यांकन अधिकृत

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

प्रथम पटक प्रकाशन मितिः २०७६/१०/०६

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी.– नेपाल), मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको एक गैरसरकारी संस्था हो । फेल्म– फिनल्याण्डको आर्थिक सहयोगमा गोरखा, सल्यान र कैलाली जिल्लामा सञ्चालन भैरहेको विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमको लागि तल उल्लेख गरे अनुसारको पदको पदपुर्तिका लागि योग्यता पुगेका निवेदकहरुबाट निवेदन आह्वान गर्दछौं । 

१. पदः विद्यालय मानसिक स्वास्थ्य सुपरिवेक्षक (एक जना, सिरानचोक गाउँपालिका, गोरखा जिल्लाको लागि)

कामको मूख्य जिम्मेवारीः

  • कक्षाकोठामा आधारित प्रवर्धनात्मक मनोसामाजिक पद्दति र विद्यालय मनोपरामर्श सम्वन्धमा तालिम, सुपरभिजन, कोचिङ्गको माध्यमबाट शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने ।
  • प्रवर्धनात्मक क्रियाकलाप अन्र्तगत किशोरी स्वास्थ्य सचेतना, अभिभावक शिक्षा, बाल क्लवको क्षमता अभिबृद्धि, एस.एम.सी÷पी.टि.ए. सँग अन्र्तक्रिया लगायतका गतिविधिहरु सञ्चालन गर्ने ।
  • विद्यालय मनोपरामर्श ईकाई स्थापना गर्न, सेवाको दस्तावेजीकरण लगायत विद्यालय मनोपरामर्शका गतिविधिहरुलाई ब्यवस्थित गर्न तालिम प्राप्त शिक्षक र विद्यालयहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने ।
  • विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्र्तगत सञ्चालन हुने गतिविधिको प्रतिवेदन, त्रैमासिक, अर्धबार्षिक र बार्षिक प्रतिवेदन तयार गर्ने । कार्यक्रमको अर्धवार्षिक र वार्षिक समिक्षाको प्रवन्ध गर्नको लागि स्थानीय सरकारलाई सहयोग गर्ने ।
  • छनौटमा परेका विद्यालयहरुमा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम दिगो रुपमा संचालनका लागि स्थानीय सरकार तथा सम्वन्धित विद्यालयहरुसगँ नियमित समन्वयमा काम गर्ने ।
  • रेफरल स्वास्थ्य निकायका तालिम प्राप्त स्वास्थ्यकर्मीहलाई मनोपरामर्श सेवामा क्षमता अभिबृद्धि गर्दै विद्यालयबाट  रेफर भएका विद्यार्थीहरुलाई मनोपरामर्श सेवा प्रदान गर्ने  ।
  • कार्यक्रमको प्रभावशाली कार्यान्वयन, विस्तार र सरकारको नियमित कार्यक्रममा एकीकृत गरेर लैजानको लागि प्रदेश सरकार र स्थानीय सरकार लगायत अन्य सरोकारवाला संघसस्थाहरु सँग नियमित समन्वय र सहकार्य गर्ने । 

योग्यता:

  • मनोविज्ञान वा सामाजिक विज्ञान विषयमा स्नाकोत्तर तह वा स्वास्थ्य विषय लिई शिक्षा संकायमा स्नाकोत्तर तह ९ः।भ्म। ष्ल भ्मगअबतष्यल) उत्तीर्ण गरेको ।
  • कम्तीमा ३ वर्ष सरकारी विद्यालय अन्र्तगत माध्यमिक तहमा अध्यापन गराएको अनुभव भएको वा गैर सरकारी लगायत अन्य संघसस्थामा रही शिक्षक, बालबालिका, अभिभावकहरुसँग काम गरेको कम्तीमा पनि ३ वर्षको अनुभव भएको ।
  • तालीम सहजीकरण, तालिम प्राप्त शिक्षकहरुको सुपरिवेक्षण शीप, प्रभावकारी सञ्चारको सीप, बालबालिकाहरु, शिक्षक तथा अभिाभवक एवं समुदायमा काम गर्ने शीप भएको साथै सी.एम.सी. नेपालद्धारा तयार पारिएको तालिम सामग्री, सुपरभिजन निर्देशिका लगायत अन्य जनचेतनामूलक सामग्रीलाई प्रयोग गर्न सक्ने क्षमता भएको ।
  • हाल सम्म कम्तिमा २० जना भावनात्मक तथा व्यवहारिक समस्या भएका बालबालिकालाई एक्लै वा विद्यालय मनोपरामर्शमा तालिम प्राप्त शिक्षकसँग बसी मनोपरामर्श सेवा प्रदान गरेको ।
  • प्रतिवेदन लेखन, तथ्याकं÷जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको ।
  • प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरोकारवालासँग कार्यक्रमको प्रभावकारिता र दिगो ब्यवस्थापनको लागि संयोजन गर्न सक्ने र पैरवी सम्वन्धी आवश्यक सीप भएको ।
  • कम्प्युटर सम्वन्धी जस्तै Microsoft Word, PowerPoint and Excel को सीप भएको ।
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफै वा अन्य व्यक्ति/ संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

२. पदः मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता (१ जना, सिद्धकुमाख गाउँपालिका, सल्यान जिल्लाको लागि)

कामको मूख्य जिम्मेवारीः

  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालहरुमा शिक्षक, विद्यार्थी, अभिभावक, मानसिक स्वास्थ्य समस्या भएका ब्यक्ति तथा उनीहरुको परिवार, स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरुलाई बालबालिकामा हुन सक्ने भावनात्मक तथा व्यवहारिक समस्या र सिकाईजन्य समस्या, यसको कारण र असरबारे जनचेतना अभिबृद्धि गर्ने ।
  • स्थानीय स्वास्थ्य संस्थाबाट उपचार गराईरहेका व्यक्तिहरुलाई समेटी मानसिक स्वास्थ्य स्वावलम्बन समुह गठन गर्ने र त्यस्ता समूहको सीप, क्षमता अभिबृद्धि गर्दै सशक्तिकरण गर्ने ।
  • जिल्लास्तरमा रहेको मानसिक स्वास्थ्य स्वावलम्वन समूह सञ्जाल र अन्य स्थानीय स्वावलम्वन समूहसँग निरन्तर सम्पर्क र समन्वय गरी त्यस्ता समूह र सञ्जालको व्यवस्थापकीय, स्वःपैरवी क्षमतालाई सुदृण गर्दै अधिकारमुखी सामाजिक परिचालन पद्घतिद्घारा स्वावलम्वन समूहलाई परिचालन गर्ने ।
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालहरुमा जनचेतना अभिबृद्धि गरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र परिवारका सदस्य प्रतिको लाञ्छना र भेदभाव कम गर्न सहयोग गर्ने ।
  • घरभेटघाटको माध्यमबाट प्रभावित ब्यक्तिहरुको लागि मनोसामाजिक सहयोग, मनोपरामर्श सेवा प्रदान गर्ने ।
  • स्थानीय तहमा सञ्चालित कार्यक्रमलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्न स्थानीय सरकार लगायत अन्य सरोकारवाला संघसस्थाहरु सँग समन्वय गर्ने आदि ।

योग्यताः

  • प्रविणता प्रमाणपत्र तह वा सो सरह तह उत्तीर्ण गरी तालिम दिने प्रतिष्ठित संस्थाबाट सामाजिक परिचालन सम्बन्धि तालिम लिएको हुनुपर्ने वा सामाजिक परिचालनको क्षेत्रमा ३ वर्ष अनुभव हासिल गरेको हुनुपर्ने ।
  • सामाजिक कार्य ९कयअष्ब िधयचप० विषयमा स्नातक तह उत्तिर्ण गरेर कम्तिमा एक वर्ष सामाजिक कार्यमा समुदायमा वा संस्थामा काम गरेको वा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गरेको कम्तीमा २ वर्ष कार्य अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।
  • अधिकारमुखी सामाजिक परिचालन पद्घतिमा रही मानसिक स्वास्थ्य स्वावलम्वन समूह वा अन्य समुदायस्तरका संस्थाहरुसँग काम गरेको अनुभव भएको ।
  • प्रतिवेदन लेखन, तथ्यांक÷जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको ।
  • संचार, संयोजन र पैरवी सम्वन्धि आवश्यक सीपका साथै कम्प्युटर, इन्टरनेट सम्वन्धि ज्ञान/सीप भएको ।
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

३. पदः अनुगमन तथा मूल्यांकन अधिकृत (१ जना, सी.एम.सी. नेपालको केन्द्रिय कार्यालय काठमाडौंको लागि)

कामको मूख्य जिम्मेवारीः

  • कार्यक्रम संयोजकसँग समन्वय गरी अनुगमन तथा मूल्याकन योजना बनाउने र यसरी बनाईएको योजना अनुसार ब्अतष्खष्तथ र इगतअयmभ भिखभ िको नियमित अनुगमन गर्ने, प्राप्त उपलब्धी तथा नतीजाको मूल्यांकन गर्ने र परियोजना ब्यवस्थापन टिमलाई कार्यक्रमको प्रभावकारिताको लागि आवश्यक सुझाव दिने । 
  • विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्र्तगत गोरखा, सल्यान र कैलाली जिल्लामा सञ्चालन गरिने कार्यक्रमको द्यबकभष्लिभ, mष्मष्लिभ र भ्लमष्लिभ कतगमथ सञ्चालन गर्न, सूचना संकलन गर्न, सूचना लेखाजोखा गर्न र प्रतिवेदन तयार गर्र्ने काममा कार्यक्रम संयोजकलाई सहयोग गर्ने ।
  • कार्यक्रमका सफल अभ्यास, सिकाई, सफलताका कथाहरु संकलन गर्ने, दस्ताबेजीकरण गर्ने र प्रकाशन गर्न आवश्यक सहयोग गर्ने ।
  • अर्धबार्षिक, बार्षिक लगायत अन्य प्रतिवेदन तयार गर्न सहयोग गर्ने ।

योग्यता:

  • अर्थशास्त्र वा सामाजिक विज्ञान वा तथ्यांक वा जन प्रशासन विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको ।
  • अनुगमन तथा मूल्यांकन अधिकृत÷विशेषज्ञको पदमा रही कम्तीमा पनि ५ वर्ष परियोजना अन्र्तगतका अनुगमन तथा मूल्यांकनका गतिविधिहरु सञ्चालन गरेको अनुभव भएको ।
  • ब्यवस्थापन सूचना प्रणाली, अनुगमन तथा मूल्यांकन, मानसिक स्वास्थ्य तथा विकासका सवालहरुमा राम्रो ज्ञान भएको ।
  • कम्प्युटर, इन्टरनेट, ब्यवस्थापन सूचना प्रणाली सम्वन्धी डाटाबेस सफ्टवेयर, डाटा प्रविष्टि र लेखाजोखाको लागि एस.पी.एस.एस. लगायत अन्य सफ्टवेयरको प्रयोग सम्वन्धी ज्ञान र सीप भएको ।
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

सुविधाहरु:

  • सी.एम.सी. - नेपाल र सम्वन्धित दातृ निकायसँग भएको सम्झौता अनुसार करारनामा एक वर्षको लागि हुनेछ र कामको आवश्यकता अनुसार थप गर्न सकिनेछ ।

माथि उल्लेख गरेअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहित दरखास्त तल दिइएको ठेगानामा २०७६ माघ २० गते भित्र पठाइदिन हुन आह्वान गर्दछौं ।

स्थानीय बासिन्दा, महिला तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई विशेष प्राथमिकता दिईनेछ ।

पदपुर्ति प्रक्रिया सम्वन्धि सम्पूर्ण अधिकार सी.एम.सी. - नेपालमा निहित रहनेछ ।

कार्यकारी निर्देशक, सी.एम.सी.– नेपाल

ईमेलः vacancy.cmcnepal@gmail.com

वेभपेजः www.cmcnepal.org.np

Overview

Category Counseling / PsychoSocial
Openings 3
Position Type Full Time
Position Level Mid Level
Experience Please check vacancy details.
Education Please check details below.
Posted Date 20 Jan, 2020
Apply Before 03 Feb, 2020
City Other - Specify