परियोजना संयोजक/लेखा अधिकृत

Village Development Center

Today the entire human community at the world is not only developed but also afflicted by danger due to the optimum utilization of resources and materials. Contestation among the developed countries result the success of human kind to manage the nature as per their wish but still we are attempting to utilize those objects. If we observe the history of social formation human it is prosperous. For that mutual cooperation and right leadership is needed. Our country, Nepal is rich enough with resources and materials though because of superstition and unconsciousness we are back warded, incorporation with this conclusion, pertaining the goal of making our society more competitive, to prepared the prerequisites for modern society, quality education, health, scientific agriculture, economic reform program as well as establishing mutual help is today's need. In such condition support from the non-government sector this organization is established.

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सुचना

दोश्रो पटक प्रकाशित मिति: २०७९/१०/१४ गते

खाँडादेवी गाँउपालिका र हेफर प्रोजेक्ट नेपालकोआर्थिक तथा प्राविधिक सहयोग र गाँउ विकास केन्द्र (VDC) रामेछापको  सहजिकरणमा  संचालित “कृषि  तथा  पशुपालन  उद्यमशिलता  विकास  कार्यक्रम” को  लागि तपसिल उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिन दरखास्त दिनुहुन अनुरोध गरिन्छ ।

१. पद: परियोजना संयोजक

पद संख्या: १ (एक) जना

परियोजना क्षेत्र: खाँडादेवी गाँउपालिका, रामेछाप ।

न्युनतम योग्यता र कार्यअनुभव:

  • कृषि, र पशु चिकित्सा (भेट्नेरी) स्नातक तह उत्तिर्ण गरि कम्तीमा २ वर्षको अनुभव, शिक्षा, समाज शास्त्र, वाणिज्य शास्त्र, ग्रमिण विकास (RD), Social work जस्ता सम्वन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा ३ वर्षको सामुदायिक विकास, बाख्रा पालन, दुग्ध उत्पादन, कृषि, तरकारी, फलफुल आदिको मुल्य श्रृखलमा काम गरेको अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना व्यवस्थापन कार्यन्वयन, अनुगमन तथा मूल्यांकन र प्रतिवेदन लेखनमा ज्ञान सिप तथा अनुभव भएको ।
  • साना किसान सवलिकरण  तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्वन्धि ज्ञान सिप र अनुभव भएको।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन तथा सहजिकरण, प्रतिवेदन लेखन जस्ता सम्वन्धित विषयमा ज्ञान सिप तथा अनुभव भएको ।
  • कृषि तथा पशुपक्षी वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय/प्रदेश सरकारहरूसँग समन्बय गरी दस्तावेजीकरण र प्रतिवेदनक लागि जिम्मेवार भईकाम गर्नसक्ने।
  • अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न तथा वोल्न सक्नेक्षमता भएको।
  • सामुदायिक विकास दृष्टिकोण र कृषि व्यापार, पशुपालन, सामुदायिक परिचालन, किसानका उत्पादनहरूको बजारीकरणमा राम्रोअनुभव, प्रशिक्षण प्रविधि र विधिहरू साथै व्यवस्थापन उपकरणहरू र नियन्त्रण सूचकहरू लागु गर्ने क्षमता कुशल ज्ञान भएको।
  • परियोजनाको उदेश्य बमोजिम नतिजा उन्मुख भई कार्यक्रमहरुको संचालन गर्न सक्ने क्षमता भएका
  • कम्प्युटरको Office Package (Microsoft Word, Excel, PowerPoint, English-Nepali Typing and Email-Internet) सम्वन्धी दक्षता भएको ।
  • समुदाय स्तरमा र दुर्गम क्षेत्रमा काम गर्न रुचि भएको ।
  • परियोजना संयोजकले परियोजना क्षेत्रमा (field based) ८० प्रतिशत रहि काम गर्नुपर्ने। उमेर १९ वर्ष पुरा गरि ४५ वर्ष सम्मको
  • मोटरसाईकल चलाउन सक्नेतथा सवारी लाईसेन्स भएकोलाई प्राथमिकता दिने।

नोट: पहिलो पटकको सुचनाको आधारमा आवेदन दिनु भएकाहरुले पुन: आवेदन नदिनुहुन अनुरोध गरिन्छ ।

२. पद: लेखा अधिकृत

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्यअनुभव:

  • वाणिज्य शास्त्रमा स्नातकतह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष भएको।
  • कम्प्युटरको ज्ञान भएको तथा लेखा सष्टवेयर सम्वन्धी ज्ञान भएको ।
  • अंग्रेजी र नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ज्ञान भएको ।
  • लेखा व्यवस्थापनको  सफ्टवेयर सम्वन्धी ज्ञान, अनुभव र चलाउन जानेको हुनुपर्ने ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको ।
  • बजेट निकासा तथा फर्छौट स्थानीय सरकारकोलेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको।
  • सम्वन्धित जिल्लामा रही गाँउपालिकासँग समन्वयमा काम गरेको आनुभव भएको ।
  • कम्प्युटर (Microsoft word, Excel, power point, Internet) सम्वन्धी दक्षता भएको ।

नोट:

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त  दिने अन्तिम  सूचना  प्रकाशन  भएको मितिले ७  दिनको कार्यालय  समय  भित्र  (मिति २०७९/१०/२०  गते कार्यालय  समय  ४.००  बजे कार्यालय  समयको अन्तिम  दिन  सार्वजनिक  विदा परेमा सोही दिनको भोलीपल्ट कार्यालय समय भित्र दरखास्त पेश गर्न सकिनेछ ।

३. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यअनुभव पत्र, स्थायी लेखा नम्बर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी तपसिलमा उल्लेखित गाँउ विकास केन्द्र (VDC) कोईमेल मार्फत वा कार्यालयमा दरखास्त बुझाउनु सकिने छ ।

५. परियोजनाको कार्यक्षेत्र खाँडादेवी गाँउपालिका हुनेछ ।

६. प्रारम्भिक छनौटमा परेका उम्मेद्धारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । निवेदकहरुका निवेदनमा काम कारबाही अघि बढाउने नबढाउने अधिकार हेफर/गाउँ विकास केन्द्र (VDC) मा मात्र हुनेछ ।

पदपुर्ति समिति

गाँउ विकास केन्द्र (VDC),

खाँडादेवी गाँउपालिका-५, रामेछाप ।

Email: vacancy.vdc@gmail.com

Overview

Category Accounting and Finance, Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 28 Jan, 2023
Apply Before 03 Feb, 2023
City Ramechhap