सहायक लेखा तथा प्रशासन अधिकृत

Social Awareness Center SAC Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(दोस्रो पटक प्रकाशित मिति: २०७९।१०।११ गते)

(प्रथम पटक प्रकाशित मिति: २०७९।०५।०३ गते)

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली प्रदेशको जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा स्थानिय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालन गर्दै आइरहेको छ । एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले कार्यक्षेत्रका पालिकाहरुमा जलश्रोतको पहिचान गरि तिनको विविध जलउपयोग गुरुयोजना बनाउन सहजिकरण गर्ने, प्राथमिकतामा परेका खानेपानी तथा बहुउपयोगी योजनाहरुको निमार्ण, सरसफाई र स्वच्छता प्रर्वदन तथा स्थानीय समुदाय एवं संघ संस्थाहरुको क्षमता विकास गर्न सहयोग गर्दछ ।

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोर किशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ । 

स्याक नेपालले एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा सुर्खेत जिल्लाका लेकवेशी नगरपालिका, सिम्ता र चिङ्गाड गाउंपालिकामा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सो कार्यक्रम कार्यान्वयनका लागि १ जना सहायक लेखा तथा प्रशासन अधिकृत कर्मचारी आवश्यक परेकाले यो सूचना प्रकाशन गरिएको छ । त्यसैले  उक्त पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

विज्ञापन नं.: ४/२०७९/२०८०

पद: सहायक लेखा तथा प्रशासन अधिकृत  ।

आवश्यक संख्या: १ (एक) जना

कार्यअवधि: सन् अगष्ट २०२२ देखि जुलाई २०२३ सम्म  (आवश्यकता तथा स्रोतको आधारमा कार्य अवधि थप हुन सक्ने)

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त संस्थावाट वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरि कम्तिमा १ वर्ष वा १०+२ उत्तिण गरि कम्तिमा २ वर्षको कार्य अनुभव हुनुपर्ने छ ।

आधारभुत कम्प्युटर सम्वन्धि ज्ञान भइ Word तथा Excel मा दख्खल भएको हुनुपर्ने ।

समुदाय, उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।

मूख्य जिम्मेवारी:

  • कर्मचारीहरुको व्यक्तिगत विवरण फाइल विदा, मासिक कार्ययोजना र कार्य प्रगतिको अभिलेख राख्ने ।
  • लेखाको सिद्धान्त अनुसार आर्थिक कारोवारहरुको निस्सा तथा प्रमाणहरु चेकजाच गर्ने तथा प्रक्रिया सम्मत खर्चहरुको भूक्तानी गर्ने ।
  • वजेट र खर्चहरुको नियमित अनुगमन सिट तयार गरी  पालिका फोकल, फिल्ड संयोजक तथा वास संयोजक । अधिकृतलाई जानकारी गराउने र क्रियाकलाप तथा वजेटको आवश्यक  समायोजन  गर्ने ।
  • त्रैमासिक रुपमा  कार्यक्रमको आयव्यय  वित्तीय प्रतिबेदन तयार गर्ने, बजेट माग गर्ने र ए.ज.व्य.कार्यक्रमलाई समयसिमा भित्र पठाउने 
  • पालिका क्लस्टरर कार्यालयको दैनिक प्रशासनिक तथा वन्दोवस्ती सम्वन्धी कार्यहरु गर्ने ।
  • कार्यक्रमको जिल्लामा रहेका जिन्सी सामग्रीहरुको अभिलेखिकरण तथा संरक्षण गर्ने ।
  • कार्यक्रम संचालनको लागि कर्मचारीले लिएको पेश्की रकम समयमा नै फर्छौट गर्ने गराउने ।  क्रियाकलापहरु कार्यन्वयनको खर्चमा कार्यक्रमको नम्र्स तथा कार्यविधिको पालना गर्ने गराउने र खर्चको पारदर्शिता, एकरुपता कायम गर्दै सुशासनमा प्रतिबद्ध रहने । 
  • वार्षिक रुपमा गरिने लेखा परिक्षणका लागि आवश्यक कागजात तयार गरि हेल्भेटास नेपालमा पठाउने ।

उपभोक्ता समितिसंग सम्वन्धित कार्यहरु

  • उपभोक्ता समितिहरुलाइ वाह्य निर्माण सामाग्री खरिद प्रकृयामा सहयोग गर्ने ।
  • उपभोक्ता समितिहरुको आम्दानी खर्च खाता, बैक नगदी खाता, जिन्सी खाताहरु नियमानुसार राख्न सहजीकरण गर्ने । साथै यस सम्बन्धि थप जानकारी तथा अभिमुखिकरण फिल्डका अरु कर्मचारीहरलाइ समेत गराउने ।
  • योजनाको कार्यान्वयन चरणमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखा परिक्षण संचालनमा फिल्ड संयोजक, सामुदायिक सहजकर्ता लाइ सहजीकरणमा सहयोग गर्ने ।
  • लेखा व्यवस्थापन तालिम र वाह्रय निर्माण सामग्री खरिद तालिममा सहजिकरण गर्ने ।
  • कार्यक्रमको नीति अनुसार पालिका,वडा तथा योजनास्तरमा संचालन हुने तालिम तथा गोष्ठिहरुमा हुने खर्चको विल,भरर्पाइ तयारी तथा संकलन लेखाव्यवस्थापनको जिम्मेवारी वहन गर्ने । पालिकाबाट योजनाहरुलाइ दिनु पर्ने म्याचिङ्ग रकमको लागि पालिका आर्थिक प्रशासन शाखासंग समन्वय गरि आवश्यक कागजात तयारीमा उपभोक्ता समितिहरुलाइ सहजीकरण गर्ने ।
  • कार्यक्रमको नतिजा हासिल गर्नको लागि आफ्नो सुपरिवेक्षकले तोकेको अन्य कार्य गर्ने,

दरखास्त दिने विधि:

आवेदन  र ब्यक्तिगत बिवरण उल्लेखित लिंकमा गई मिति २०७९ माघ २६ गते सम्म दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा  बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्ने छ । म्याद नाघी आएका निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

आवेदन लिङ्क: https://bit.ly/sacnepal

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । 

हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानियलाई प्राथमिकता दिईनेछ ।

थप जानकारीका लागि 

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

सम्पर्क नं. ०८३ ५२१२८२

Overview

Category Accounting and Finance, Finance & Administration
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Jan, 2023
Apply Before 09 Feb, 2023
City Birendranagar Surkhet