परियोजना संयोजक/लेखा तथा प्रशासन अधिकृत

CEAD Nepal Doti

Details / requirements:

सिड नेपाल डोटी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना   

समान पहुँच विकास केन्द्र(सिड) नेपाल डोटीले विगत १३ बर्षदेखि डोटी जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा विभिन्न साझेदार संस्थाहरु सँगको साझेदारीमा सामुदायिक विकासका गतिविधिहरु संचालन गर्दै आएको छ ।  अतः यस संस्था र यूनाईटेड मिसन टु नेपाल (यू.एम.एन.) डोटी क्लष्टरको संयुक्त साझेदारीमा बोगटान फुडसिल गाँउपालिकामा सञ्चालन हुन गईरहेको सक्षमपरियोजना र जोरायल गाउँपालिकामा जवाफदेहिता अभिबृद्धि मार्फत समाबेशी बिकासपरियोजना [IDEA] का लागि तपशिल अनुसारका कर्मचारीहरु आवश्यक भएकाले  ईच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशित मितिले १०दिन भित्र दरखास्त आव्हान गरिन्छ ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०७६/०९/

विज्ञापन नं.००२/२०७६/०७७

  पदः  परियोजना संयोजक

संख्याः १ (एक)

कार्यक्षेत्रः जोरायल गाउँपालीका,डोटी

न्यूनतम शैक्षिक योग्यताः

मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोक्तर तह उत्तिर्ण गरी सामुदायिक विकासको क्षेत्रमा कम्तिमा दुई वर्ष अनुभव भएको वा स्नातकतह उत्तिर्ण गरी कम्तीमा तीन वर्षको अनुभव भएको साथै निम्नानुसार योग्यता भएको,

  • प्रस्तावना र प्रतिवेदन लेखन,बजेट निर्माण, कार्यान्वयन, योजना निर्माण, अनुगमन तथा मूल्यांकन सम्बन्धी सीप भएको साथै परियोजना/कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष अनुभव भएको ।
  • जिल्ला तथा स्थानीय तहका सम्पूर्ण सरोकारवालाहरुसँग सम्पर्क, समन्वय तथा सहकार्य गर्न सक्ने ।
  • परियोजनाका विभिन्न समूहहरु, वालक्लब, विद्यालय र सञ्जाल गठन, सहजिकरण तथा परिचालन सम्बन्धी ज्ञान सीप भएको ।
  • परियोजनासँग सम्बन्धित योजना तथा प्रतिवेदन अंग्रेजी भाषामा तयार गर्न सक्ने क्षमता भएको ।
  • MS Office Internet सम्बन्धी पूर्ण ज्ञान हुनुका साथै सहजीकरण, प्रस्तुतिकरण तथा प्रभावकारी सञ्चारको राम्रो सीप भएको ।
  • आफु मातहतका कर्मचारीहरुलाई व्यवस्थापन, परिचालन र नेतृत्वगर्न सक्ने क्षमता भएको ।
  • सामाजिक जवाफदेहिता औजारहरुको बारेमा ज्ञान तथा सहजिकरणको अनुभव भएको ।
  • मोटरसाइकल चलाउने सीप साथै सवारी चालक अनुमतिपत्र प्राप्त भएको ।

२ पदः  लेखा तथा प्रशासन अधिकृत

संख्याः १ (एक)

कार्यक्षेत्रः बोगटान गाउँपालिका, डोटी

न्यूनतम शैक्षिक योग्यताः

मान्यता प्राप्त शिक्षण संस्थाबाट विविएस,विविए(स्नातक) तह उत्तिर्ण गरी वित्त तथा प्रशासनको क्षेत्रमा कम्तिमा दुई वर्ष अनुभव भएको वा आई कम (प्रविणता प्रमाणपत्र तह) उत्तिर्ण गरी सम्वन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव भएको साथै निम्नानुसार योग्यता भएको,

  • लेखा तथा प्रशासन सम्बन्धी जानकारि भएको ।
  • खरिद प्रक्रीयाबारे जानकारी भएको ।
  • सफ्टवयर सम्बन्धी ज्ञान सीपभएको ।
  • MS Office Internet सम्बन्धी पूर्ण ज्ञान हुनुका साथै सहजीकरण, प्रस्तुतिकरण तथा प्रभावकारी सञ्चारको राम्रो सीप भएको ।
  • डकुमेन्टेसन सम्बन्धी ज्ञान भएको ।
  • नेपाल सरकारको कर, कर तीर्ने तरिकाहरु तथा सामाजिक सुरक्षाकोष सम्बन्धी जानकारि भएको ।

दरखास्तदिने स्थानः दिपायल सिलगढी नगरपालीका ६ सिलगढी डोटी

ईमेलः cead.doti@gmail.com

आवश्यक पर्ने कागजातहरुः लिखित निवेदन, सिड नेपाल डोटीको दरखास्त फाराम, शैक्षिक योग्यताका प्रमाण पत्रका प्रतीलिपिहरु नेपाली नागरिकता, सम्बन्धित तालिमहरु तथा सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवको प्रमाण पत्रको प्रतिलिपीहरु ।

तलब सुविधाः संस्था र परियोजनाको नियमानुसार । 

प्राथमिकताः दलित,जनजाति र महिला तथा माथिल्लो तहको योग्यता भएका उम्मेद्वारलाई प्राथमिकता दिईनेछ ।

नोटः छोटो सुचिमा छनौट भएकाहरुलाई मात्र लिखित,अन्तरवार्ता र प्रयोगात्मक परिक्षामा समावेश गराइनेछ

कर्मचारी छनौट सम्बन्धी सम्पुर्ण निर्यण अधिकार संस्थामा निहित रहने छ ।

विस्तृत जानकारीको लागि संस्थाको सम्पर्क कार्यालय सिलगढीमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।कुनै पनि राजनैतीक दवाव र साथै कुनै प्रकारको टेलिफोन सिफारिसलाई निरुत्साहित गर्दछौ ।

                                                                                                                                                पदपुर्ती समिती

                                                                                                                                                सिड नेपाल डोटी

 

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Dec, 2019
Apply Before 22 Jan, 2020
City Western Region