कोटेशन आव्हान गरिएको सूचना
Details / requirements:
कोटेशन आव्हान गरिएको सूचना
नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्लाशाखा, सिरहाद्धारा संचालित सक्षम परियोजना अन्तरगत सिरहा जिल्लाका सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकामा स्थानिय आपत्कालिन कार्यसंचालन केन्द्र स्थापना तथा संचालन गर्नका लागि आवश्यक सामाग्रीहरु खरिद गर्नु पर्ने भएकाले उल्लेखित सामाग्रीहरु आपूर्ति गर्न इच्छुक आपूर्तिकर्ता तथा वितरकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरुमा रही दरभाउ पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
दरभाउपत्र सम्वन्धी शर्तहरु
१. दरभाउपत्र साथ संलग्नगर्नुपर्ने आवश्यककागजातहरुः
- दर्ता प्रमाणपत्र प्रतिलिपि
- कर चुक्ताको प्रमाणपत्र प्रतिलिपि
- अन्य आवश्यक कागजातहरु
२. ढुवानी∕आपूर्तिका शर्तहरुः
- आपूर्तिकर्ताले खरिद आदेश पाएको मितिले १० दिन (यथासक्दो चाँडो) भित्र अनिवार्य रुपमा सम्पूर्ण सामाग्रीहरु सम्बन्धित नगरपालिका कार्यालय सम्म ढुवानी गर्नुपर्ने छ । उक्त सामाग्रीहरुको ढुवानी गर्दा लाग्ने सम्पूर्ण खर्च आपूर्तिकर्ता (Supplier) स्वयंमले नै व्यहोर्नु पर्नेछ ।
- सामाग्रीहरुको विवरण तल दिएको लिंकबाट डाउनलोड गर्न सकिने छ ।
- डाउनलोड लिंकः Annex 1 LEOC Materials_NRCS.xlsx
- म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका दरभाउपत्रहरु मान्य हुने छैन र दरभाउ रद्द गरिनेछ ।
- सामाग्रीहरुको दरभाउ उल्लेख गर्दा अंक र अक्षर विचमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइने छ । केरमेट वा टिपेक्स लागेको अंक मान्यहुने छैन र दरभाउपत्र रद्द गरिनेछ ।
- यदी शाखालाई थप सामाग्री आवश्यक भएमा ३० दिनभित्रथप अडर गर्न सक्नेछ । थप अडर गर्दा आपूर्तिकर्ता (Supplier) ले सोही दररेटमा उपलब्ध गराउनु पर्नेछ ।
- सामाग्री उपलब्ध गराउदा दिईएको विशिष्टीकरण (Specification) अनुसारको गुणस्तर नभएमा सामाग्री बुझ्न नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्लाशाखा, सिरहा बाध्य हुनेछैन र विशिष्टीकरण (Specification) अनुसारको सामाग्री पुनः उपलब्ध गराउनु पर्नेछ । पुनःआपूर्ति तथा ढुवानी गर्दा लाग्ने सम्पूर्ण खर्च आपूर्तिकर्ता (Supplier) स्वयम्ले नै व्यहोर्नु पर्नेछ ।
३. भुक्तानी
संलग्नविवरण बमोजिमको सम्पूर्ण सामाग्रीहरु उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्तभइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
४. दरभाउपत्र पठाउने अन्तीम मिति र ठेगानाः
E-mail: nrcssiraha2042@gmail.com
दरभाउ पठाउने अन्तिम मिति र समयः २०७८।०३।२४ गते, कार्यालय समयभित्र
५. दरभाउपत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार नेपाल रेडक्रस सोसाइटी सिरहा जिल्लाशाखा, सिरहामा निहित रहनेछ ।
६. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।
नेपाल रेडक्रस सोसाइटी
सिरहा जिल्ला शाखा, सिरहा
सम्पर्क नं. ०३३—५२१०७७
E-mail: nrcssiraha2042@gmail.com
Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 24 Jun, 2021 |
Apply Before | 08 Jul, 2021 |
City | Terai Region |