कर्मचारी आवश्यकता सम्वन्धी सूचना

Tharu Women Upliftment Center

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मिति: २०७९।१०।१३ गते

The Lutheran World Federation Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा थारु महिला उत्थान केन्द्र (TWUC) बर्दियाद्वारा राजापुर नगरपालिका बर्दियामा सञ्चालन हुने ](Local Initiative for Community Empowerment and Development (LICED)" का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १० दिन भित्र दरखास्त दिनुहुन अनुरोध गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरण:

क) पद: परियोजना संयोजक (Project Coordinator)

पद संख्या: १ (एक) जना)

न्युनतम योग्यता र कार्यानुभव:

  • समाजशास्त्र, ग्रामीण विकास विषयमा स्नातक तह वा सोसरह उतिर्ण गरी ३ वर्ष सामुदायिक विकास तथा आय आर्जन र विपद ब्यवस्थापन क्षेत्रमा काम गरेको अनुभव भएको ।
  • योजनातर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन, मुल्याकंन तथा प्रतिवेदन लेखन सम्बन्धि ज्ञान, सीप र अनुभव भएको । 
  • सानाकिसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण सम्वन्धी ज्ञान, सीप र अनुभव भएको ।
  • आय आर्जनमा आधारीत व्यवसाय तथा उद्यम शीलतामा महिला तथा यूवाहरुको सहभागिता, सामाजिक परिचालन, कृषि तथा पशुजन्य वस्तुहरको वजारीकरणमा विशेष दक्षता भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • मोटरसाइकल चलाउन सक्ने र अनुमतीपत्र प्राप्त भएको ।
  • कार्यक्रम संयोजक कम्तीमा ४० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नु पर्नेछ।

ख) पद: Livelihood Facilitator/Technical Support

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभव:

  • भेटनरी वा कृषि विषयमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी सम्बन्धित विषयमा कम्तीमा २ वर्ष वा जेटिए उतिर्ण गरी सम्बन्धित विषयमा ३ वर्षको कार्य अनुभव भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कृषि तथा पशु वस्तुको वजारीकरण सम्बन्धि ज्ञान, सिप र अनुभव भएको ।
  • समुदाय स्तरमा कार्यक्रम कार्यान्वयन, अनुगमन, प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा प्रतिवेदन लेखन सम्बन्धि अनुभव भएको ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • मोटरसाइकल चलाउन सक्ने र अनुमती पत्र प्राप्त भएको ।
  • Livelihood Facilitator/Technical Support परियोजना क्षेत्रमा (field based) बस्नु पर्नेछ।

२. सेवा सुविधा: परियोजनाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तीम मिति: २०७९।१०।२२ सम्ममा कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक।

५. आवश्यक कागजातहरु: कुनपदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी थारु महिला उत्थान केन्द्र (TWUC) बर्दियाको कार्यालय गुलरियाको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ वा संस्थाको इमेल hr.twucbardiya2049@gmail.com पनि पठाउन सकिनेछ । 

नोट: प्रारम्भिकछनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

थारु महिला उत्थान केन्द्र (TWUC), गुलरिया, बर्दिया

गुलरिया नगरपालिका-७, बर्दिया


Overview

Category Development and Project, Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 27 Jan, 2023
Apply Before 05 Feb, 2023
City Bardiya