कर्मचारी आवश्यकता सम्बन्धि सुचना

DDS Salyan

Details / requirements:

दलित विकास समाज

शारदा नगरपालिका ४ साहुटोल, सल्यान

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

प्रथम पटक सुचना प्रकाशित मितिः २०७९-८-९ आवेदन दिने अन्तिम मितिः २०७९-८-२३ गते बेलुका ४ बजेसम्म

दलित विकास समाज (DDS) सल्यान सन् २००१ मा सल्यानमा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो। सस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाको सामाजिक(आर्थिक, स्वास्थ्य र शिक्षाको स्थितिमा सुधार गर्दै "समृद्ध, समावेसी र न्यायपूर्ण समाज निर्माण गर्ने गर्ने लक्ष्य राखेको छ। आफ्नो स्थापना काल देखि नै सस्थाले सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँगको निकट समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अतिविपन्न, महिला, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानवअधिकार अभियानमार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ । यसै अनुरुप DDS सल्यानले केयर नेपालसंगको साझेदारीमा सल्यान जिल्लाका शारदा नगरपालिका, बन्गाडकुपिण्डे नगरपालिका र बागचौर नगरपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य (ARH) परियोजना लागू गर्न लागेको छ । 

USAID Adolescent Reproductive Health  परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको सयुक्त साझेदारीमा दलित विकास समाज सल्यानद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल  गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त बाताबरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

आवश्यक कर्मचारी  

A- विज्ञापन नंबरः ४-२०७९-२०८०

पदः ARH and QA Coordinator / District Lead

आवश्यक संख्याः १ जना

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव । 

वा, मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस 

https://docs.google.com/document/d/10_Kk6_SivvV1o2tULHd_Cy98ZrsbLAlu/export?format=doc

B- विज्ञापन नंबरः ५/२०७९/२०८०

पदः  Monitoring, Evaluation and Documentation Officer 

आवश्यक संख्याः १ जना

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको । 

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस 

https://docs.google.com/document/d/1Q2PjGs_x_ZbFbym5sBMJfEyu205A3YFI/export?format=doc

C- विज्ञापन नंबरः ६/२०७९/२०८०

पदः ARH and GESI Officer

आवश्यक संख्याः २ जना

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय ९जनस्वास्थ्य, नर्सिंग, महिला तथा लैंगिक अध्ययन वा समाजशास्त्र० मा स्नातक तह उत्तीर्ण गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार नियोजन तथा प्रजनन स्वास्थय तथा किशोरकिशोरीको क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

https://docs.google.com/document/d/1l-IsE9gZR6gvSA5WX28IVc8wZiOI_saq/export?format=doc

D-     विज्ञापन नंबरः ७/२०७९/२०८०

पदः ARH Facilitator 

आवश्यक संख्याः ३ जना

उमेरः १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी तथा अहेव तह उत्तीर्ण गरी ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स वा हेल्थ असिष्टेण्ट तह उत्तीण गरी १ वर्षको कार्य अनुभव भएको तथा सामुदायिक स्वास्थ्य, सामाजिक परिचालन, लैंगिक समानता तथा सामाजिक समोवेशिकरण तथा स्वास्थ्य सम्बन्धी कार्य अनुभव भएको ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

https://docs.google.com/document/d/1r2387p-rUaOciV48Gq1eRfg9QPBHlX6w/export?format=doc

E- विज्ञापन नंबरः ८/२०७९/२०८०

पदः Finance and Admin Officer

आवश्यक संख्याः १ जना

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय ९व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थ शास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, वजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा ३ वर्ष कार्य अनुभव भएको ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

https://docs.google.com/document/d/1CnFzTl6PW8sISK8u3awWat-bsGcFjsW0/export?format=doc

F- विज्ञापन नंबरः ९/२०७९/२०८०

पदः  प्रशासन सहायक (Admin Associate)

आवश्यक संख्याः १ जना

योग्यता, अनुभव र सिपः  मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन वा अर्थ शास्त्र विषयमा प्रविणता प्रमाण पत्र तह वा दश जोड दुई उत्तीर्ण गरी गैरसरकारी संस्था तथा विकास साझेदार संस्थामा प्रशासन तथा लेखामा कम्तीमा २ वर्ष कार्य अनुभव भएको  साथै व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बधित कार्य अनुभव भएकालाई पनि प्राथमिकता दिइनेछ ।

विष्तृत कार्य विवरण दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस ।

https://docs.google.com/document/d/1uWgO55f-_y1qwTxXQkcTXOoRLOucKQku/export?format=doc

आवश्यक कागजात

१. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा 

२. आवेदन पत्र

३. नेपाली नागरिकताको प्रमाण पत्र 

आवेदन गर्ने प्रकृया

सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नम्बर र इमेल, र आफ्नो इमेल र सम्पर्क नम्बर सहितको अध्यावधिक गरेको व्यक्तिगत विवरण ९वायोडाटा०, निवेदन र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिई कार्यालयमा स्वयम् वा अन्य व्यक्ति उपस्थित भई वा हुलाक वा ईमेल  vacancydds@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा ..............पदको लागि आवेदन भनेर खुलाउनुहोला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।

दरखास्त दिने अन्तिम मिति: २०७९।०८।२३ गते दिनको ४:०० बजेसम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ४: ०० बजेसम्म । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

दरखास्त पेश गर्ने स्थान

दलित विकास समाजको कार्यालय

शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान

फोन नम्बरः ०८८(५२०४०७

Job Overview

Category Development and Project, Development / NGO
Openings 9
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Nov, 2022
Apply Before 09 Dec, 2022
City Mid-Western Region