कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Sahakarya Nepal,Sindhuli

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७८/१०/०४ गते)

सहकार्य नेपाल, सिन्धुली सामाजिक सेवा, विकास, परिवर्तन, न्याय र समानतामा आधारित समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखी २०६१ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत रुपमा स्थापना भएको गैरनाफामुलक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि सिन्धुली जिल्लामा शिक्षा, स्वास्थ्य, सुरक्षित मातृत्व, जीविकोपार्जनका साथै सामाजिक जवाफदेहीताका क्षेत्रमा नेपाल सरकार र विभिन्न साझेदार निकायहरुसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा, वमन बैंक/एफ.सि.ए. को आर्थिक सहयोग, महिला उद्यमी महासंघको साझेदारीमा यस संस्थाद्वारा सिन्धुली जिल्लामा संचालन गरिने (प्रस्तावित समेत) परियोजनाहरुका लागि तपशिलमा उल्लेखित पदमा दक्ष कर्मचारीहरुको आवश्यकता परेको हुदाँ न्युनतम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दरखास्त आव्हान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका दरखास्तहरु माथि कुनै कारवाही गरिने छैन । 

तपशिल

१ . पदः लैंगिक समानता र सामाजिक समावेशिता अधिकृत (GESI Officer): १ (एक) जना

न्युनतम योग्यताः 

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
  • लैंगिक समानता तथा सामाजिक समावेशिताका क्षेत्रमा कम्तिमा १ वर्षको कार्य अनुभव भएको ।
  • समन्वय, सहजीकरण तथा सञ्चार सम्वन्धी व्यवहारिक ज्ञान र कम्प्युटर सीप भएको ।

जिम्मेवारीः

  • परियोजनाको विषयगत भुमिकामा रहि लैङ्गिक समानता र सामाजिक समावेशिकरणका लागी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा समिक्षा गर्ने । 
  • महिला उद्यमशिल समुह, सहकारी संस्थाका पदाधिकारीहरु र उपसमितिहरुलाई लैङ्गिक समानता र सामाजिक समावेशिकरणका क्रियाकलापहरु सन्चालन गर्न मद्दत गर्ने ।
  • स्थानिय तहको योजना तर्जुमा प्रक्रियावारे लक्षित समुदायलाई जनकारी गराई सो प्रक्रियामा महिला, दलित, जनजाति तथा अल्पसंख्यक समुदायको सहभागीता सुनिश्चित गर्न पहल गर्ने 
  • स्थानीय तहवाट महिला, दलित, अदिवासी तथा किशोर किशोरीहरुलाई उपलव्ध हुने सेवाहरु प्राप्त गराउनका लागी पहल गर्ने ।
  • सहकारी संस्थामार्फत बञ्चितिमा परेका समुदायका महिला तथा वालवालिकाहरुको व्यक्तिगत घटना दर्ता (पञ्जीकरण) का लागी परामर्श गर्ने ।
  • महिला तथा सीमान्तकृत समुदायहरुको स्रोतमा पहुँच र नियन्त्रण, निर्णायक तहमा सहभागितावाट अधिकार सुनिश्चित गर्न पहल गर्ने ।
  • समुदायमा हुने लैङ्गिक तथा सामाजिक हिंसा न्युनिकरणका लागी अभियानहरु सन्चालन गर्ने 
  • समुदायमा हुने कुनै पनि किसिमका विभेदहरु अन्त्य गर्नका लागी सहकारी संस्था मार्फत कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • लैङ्गिक समानता र सामाजिक समावेशिकरणका क्रियाकलापहरु सन्चालन गर्न मासिक कार्ययोजना तयार गरी सोहि अनुसार कार्य गर्ने । 
  • संस्था तथा कार्यक्रम व्यवस्थापकको निर्देशनअनुसार परियोजना सम्बन्धी थप कार्य गर्ने ।

२ . पदः  सामाजिक परिचालक ( Social Mobilizer): केहि

न्युनतम योग्यताः 

  • मान्यता प्राप्त शैक्षिक संस्थावाट आइ.ए.वा सो सरह उत्तिर्ण भइ सहकारी सञ्चालन, जीविकोपार्जन तथा सामाजिक परिचालन सम्वन्धि कम्तिमा १ वर्षको कार्य अनुभव भएको । कृषि विषय अध्ययन गरि उत्तिर्ण आवेदकलाई विशेष प्राथमिकता दिइने छ ।

जिम्मेवारीः

  • परियोजनाको कार्यक्षेत्र भित्रका साविकका गा.वि.स.हरुबाट आवश्यक पर्ने सूचना सङ्ककलन गरि परियोजनाको कार्य योजना निर्माण गर्न परियोजना प्रमुखलार्ई सहयोग गर्ने ।
  • कृषक समुह र सहकारीको नियमित बैठकको सहजीकरण गर्ने ।
  • कार्यक्षेत्र भित्रका सरोकारवाला निकायहरुसँग समन्वय गरि सहकारी सञ्चालन तथा जीविकोपार्जन सम्बन्धि विषयमा तालिम कार्यक्रमहरु सञ्चालन गर्न सहजिकरण गर्न सक्ने 
  • परियोजनाका सम्पादित कार्यहरुको अभिलेख राखि प्रतिवेदन तयार गर्ने तथा गतिविधीहरुको सफलताका कथाहरु, घट्ना अध्ययन तथा अभिलेख तयार गर्न सक्ने ।
  • स्थानीय निकाय र समुदायसंग समन्वय गरी अप्ठ्यारो परिस्थितिमा पनि काम गर्न सक्ने
  • स्थानीय भाषा बोल्न तथा संचार गर्न सक्ने ।
  • आवश्यकता अनुसार परियोजना संयोजकसँग समन्वय गरि थप कार्यहरु गर्ने ।

पारिश्रमिकः परियोजनाको नियमानुसार उपलब्ध हुने ।

पेश गर्नु पर्ने आवश्यक कागजातः निवेदनका साथ व्यक्तिगत विवरण (वायो–डाटा), शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपी, नागरिकता प्रमाण–पत्रको प्रतिलिपी, कार्य अनुभव प्रमाण–पत्रको प्रतिलिपी र स्थायी लेखा नम्बरको प्रतिलिपी पेश गर्नुपर्नेछ । निवेदन संस्थाको इमेल मार्फत पनि पठाउन सकिने छ ।

परिक्षाको किसिमः लिखित, समुह छलफल÷प्रस्तुतीकरण र अन्तवार्ता (आवश्यकता अनुसार)

आवेदन दिने अन्तिम मितिः २०७८ माघ ११ गते मंगलबार बेलुका ५ः०० बजे भित्र ।

प्राथमिकताः महिला, दलित, जनजाती तथा सिमान्तकृत समुदाय ।

नोटः तोकिएको मिति भित्र पर्न आएका आवेदकहरुको लघुसूची (Short List) तयार पारिनेछ, साथै लघुसूची Short List) मा परेका आवेदकहरुलाई मात्र लिखित, समुह छलफल÷प्रस्तुतीकरण र अन्तवार्तामा सहभागिताको लागि सम्पर्क गरिनेछ ।

आवेदन दिने ठेगानाः

सहकार्य नेपाल, सिन्धुली

कमलामाई नगरपालिका वडा नं.– ६, राममाडी

फोनः ०४७–५२०८६३÷५२११८८

इमेलः sahakarya.hrcommittee@gmail.com

वेभसाइटः sahakaryasindhuli.org.np

Overview

Category Development and Project
Openings Few
Position Type Full Time
Posted Date 18 Jan, 2022
Apply Before 25 Jan, 2022
City Sindhuli