परियोजना प्रमुख

Lumbini Specialized Cooperative Union Ltd

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सुचना 

दोस्रो पटक सूचना प्रकाशित मिति: २०७८ । ०८ । २२

यस लुम्विनी विशिष्टिकृत सहकारी संघ लि. द्धारा संचालन गरिने ग्ज्त् दूग्ध प्रशोधन परियोजनाका लागि तपशिल वमोजिमको पद खुल्ला प्रतियोगिताबाट पुर्ति गर्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना दोस्रो पटक प्रकाशित भएको मितिले (पन्ध्र) १५ दिन भित्र यस संघको कार्यालयमा वा दिईएको इमेल ठेगानामा आवेदन दिनुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ । रित नपुगेको एवं समयभित्र नआएको निवेदन उपर कुनै कारवाही गरिने छैन । 

विज्ञापन नं ०१/२०७८।०७९ 

पद: परियोजना प्रमुख 

तह: अधिकृत आठौ 

संख्या:१ (एक)

उमेर: २४ वर्ष पुरा भै ४० वर्ष ननाघेको 

सेवाको किसिम: करार 

योग्यता: स्नातकोत्तर तह व्यवस्थापन वा सो सरह

विशेष योग्यता र अनुभव:

  • अंग्रेजी र नेपाली स्पष्ट पढ्न, लेख्न र वोल्न सक्ने,
  • कम्प्युटर सम्बन्धी दक्षता भएको ।

सेवा सुविधा: आपसी समझदारीमा हुनेछ ।

पेश गर्नु पर्ने: निवेदन र बायोडाटा  

मुल्यांकनको आधार: परियोजनाको समष्टिगत आर्थिक, व्यवसायिक, व्यवस्थापकिय एवं वजारीकरणसंग सम्वन्धित योजना सहितको लिखित अवधारण पेश, प्रस्तुतिकरण र अन्तरवार्ता 

(नोट: Shortlisted उमेदवारहरुलाई मात्र मुल्यांकन प्रकृयामा सहभागि वनाइने छ )

सम्पर्क मिति: यो सुचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औ दिन दिनको १:०० वजे ।

विशेष प्राथमिकता:

  • औद्योगिक एवं व्यवसायिक क्षेत्रमा अधिकृतस्तरको व्यवस्थापकिय जिम्मेवारी लिई काम गरेको,
  • डेरी क्षेत्रको ज्ञान भएको,

पदपूर्ति उपसमिति

लुम्विनी विशिष्टिकृत सहकारी संघ लि.,

तिलोत्तमा न.पा. ०५, रुपन्देही , फोन नं.०७१—५६२४४४

Email: luscun77@gmail.com

Overview

Category Administrative / Management
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education B. Com./BBS, BBA / BBM
Posted Date 23 Nov, 2021
Apply Before 22 Dec, 2021
City Bhairawa