जनस्वास्थ्य सहायक (Public Health Assistant)

Darchula Development Organization

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

दार्चुला विकास संगठन दार्चुला जिल्ला प्रशाशन कार्यालमा वि.सं.२०५५ सालमा स्थापना भएको जिल्लाको स्थानीय गैरसरकारी संस्था हो । संस्थाले स्थापना कालदेखि विभिन्न् संस्थाको साझेदारीमा विकासका कार्यक्रम सञ्चालन गर्दै अइरहेको छ ।  

दार्चुला विकास संगठन (DDO) र गुड नेवर्स इन्टरनेशनल (GNI) नेपालको साझेदारीमा दार्चुला    जिल्लाका महाकाली नगरपालिका, मालिकार्जुन र दुहु गाउँपालिकामा सञ्चालन हुने एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत जनस्वास्थ्य क्षेत्रमा कार्य गर्नको लागि देहाय बमोजिमका योग्यता तथा अनुभव भएको व्यक्तिहरुबाट रिक्तपूर्वक दरखास्त आह्वान गरिन्छ ।

पदसंख्यान्युनतम शैक्षिक योग्यता
१. जनस्वास्थ्य सहायक (Public Health Assistant)
  • स्वाथ्य शिक्षा विषयमा प्रविणता प्रमाणपत्र वा १२ + तह उत्तीर्ण / हेल्थ असिष्टेन्ट वा   सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभब भएको 
  • सामाजिक परिचालनमा ज्ञान तथा कार्य अनुभव भएको 
  • कम्प्युटर सम्बन्धी ज्ञान तथा सीप भएको
  • २० बर्ष पुरा भै ४० बर्ष उमेर ननाघेको
  • मोटरसाईकलको लाइसेन्स भएको
  • स्थानीयलाई प्राथमिकता दिइनेछ ।

दरखास्त दिने प्रकृया :

योग्यता र अनुभव पुगेका व्यक्तिहरुले अध्यावधि गरिएको व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र कार्यानुभव प्रमाणपत्रको प्रतिलिपिहरु संलग्न गरी मिति : २०७९ भाद्र ५ गते  (21 August 2022) ५ः०० बजेभित्र दार्चुला विकास संगठनको कार्यालय खलंगा दार्चुला ddovacancy@gmail.com  मार्फत दरखास्त दिन सकिने छ ।

नोटः  छोटो सूचीमा पर्न सफल उमेदवारलाई मात्र लिखित तथा अन्तरवार्ताको  लागि सुचित गरी छनौट परीक्षामा समाबेश गरिने छ । कुनै प्रलोभन तथा टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । यस विज्ञापन अनुसार  उम्मेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । 

Overview

Category Development / NGO
Openings 1
Salary Rs. /
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 14 Aug, 2022
Apply Before 21 Aug, 2022
City Darchula