शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति : २०८३/०२/१० गते

एकीकृत ग्रामीण विकास समाज (IRDS) महोत्तरी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा संचालित परियोजना अन्तर्गतका कार्यक्रमका लागी Agriculture Item/Material खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपूर्तिकर्ता/बिक्रेता, बाट रितपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटसन नं.
वस्तु तथा सेवाको विवरण
कैफियत
EFO-IRDS-RFQ-FY26-10
Chaff Cutter, Mini Tiller, Electric Motor

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताहरु/फर्महरुले संस्थामा उपस्थित भइ Quotation Form (RFQ) बुझाउन वा कार्यालयको इमेलमा पासवर्ड राखि पठाउन सकिनेछ ।

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 

ख. VAT/PAN को प्रमाण पत्रको प्रतिलिपि ।

ग. विक्रि वितरणका लागि अनुमतिपत्रको प्रतिलिपि तथा बिगतमा सो सम्बन्धि काम गरेको प्रमाण पत्र । 

. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।

. हस्ताक्षर र छाप गरीएको  Suppliers code of conduct / Registration form

शर्तहरु

१. Hard Copy बुझाउदा कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।

२. कोटेशन संग सम्बन्धि उपलब्ध कागजात रीतपूर्वक भरी (प्रत्येक पानामा सही छाप सहित) शिलबन्दी गरी संस्थाको बर्दीबास स्थित कार्यालयमा स्वयम् उपस्थिति अथवा संस्थाको इमेलमा पासवर्ड राखी मिति २०८३/०२/१६ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने, कोटेशन स्वीकार गर्ने नगर्ने, खरिद प्रकृया छनौट गर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।

४. कोटेशनमा उल्लेखित संख्या सन्दर्भको लागि मात्र हो आवश्यक भएको खण्डमा थप परिमाणमा खरिद आदेश अनुसार थप परिमाणमा खरिद गर्न सकिनेछ । 

५. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।

६. सामाग्री खरीद पुर्व  Specification का आधारमा Sample Verification गरीने छ ।

७. सामाग्री  IRDS को Field Office मा ढुवानी गरीनु पर्नेछ ।

LINKS:

RFQ- Form

Supplier Registration Form-General

Supplier Code of Conduct in Nepali

सम्पर्क

एकिकृत ग्रामिण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

सम्पर्क फोन नं. : ०४४–५५०४०१, ९८०१६६६४१५

इमेल : procurement.irds@gmail.com