शिलबन्दी बोलपत्र आह्वानको सूचना
Details / requirements:
जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगरपालिका-१, बारा
शिलबन्दी बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०४/०७
जनजागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग, इस्लामिक रिलिफ नेपालको प्रविधिक सहयोग र जान जागरण यूवा क्लब बाराको सहजीकरणमा समुदायको उत्थानशिलता सुदृढिकरण परियोजना मधेश प्रदेशको बारा जिल्लाका माहागढीमाई नगरपालिका वडा नं. १,२ ८ र सुर्वण गाँउपालिकाका वडा नं. १,५,६ र ८ मा सञ्चालन गर्दै आईरहेको छ । उक्त परियोना अन्तर्गत संलग्न रहेका ४०० जना कृषक लाभग्राहीहरूका लागि कृषि सहयोग कार्यक्रम अनर्तगत कृषि सामाग्रिहरू खरिदको लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।
- ईच्छुक योग्य आपुर्तिकर्ताहरूले ईमेल/फोन मा अनुरोध गरी आवश्यक थप जानकारी लिन सक्नु हुनेछ साथै शिलबन्दी बोलपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावना फारम संस्थाको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ ।
- शिलबन्दी बोलपत्र पेश गर्दा आपुर्तिकर्ताको आवश्यक कानुनी कागजातहरू संस्था दर्ता प्रमाण पत्र नविकरण सहित (कम्पनी दर्ताको हकमा अध्यावद्यिक सहित), प्यान/भ्याट दर्ता प्रमाण पत्र र आ.ब.२०८०/८१ को कर चुक्ताको प्रमाणपत्रको साथमा सम्बन्धितकार्य अनुभवको प्रमाणपत्र छ भने सो समेत पेश गर्नुपर्ने छ ।
- अनिवार्य रुपमा प्रविधिक र आर्थिक प्रस्तावना लाई छुट्टा–छुट्टै खाममा राखी प्रत्येक पानामा सही छाप गरि, कम्तीमा ३ थान लाहाछाप लगाई, शिलबन्दी गरी खाम बाहिर अनिवार्य “कृषि सहयोग कार्यक्रम” लेखी बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
- शिलबन्दी बोलपत्र पेश गर्ने अवधि १५ दिनको हुने छ र मिति २०८२/०४/२१ गते दिनको ५ बजे भित्र Hard copy दर्ता गर्नु पर्नेछ । शिलबन्दी बोलपत्र पत्र पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलीपल्ट वा कार्यालय खुलेको दिनमा हुनेछ । रित नपुगेको र म्याद नाघि आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
- शिलबन्दी बोलपत्र खोल्ने मिति २०८२/०४/२२ गते दिउसो १:०० बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्रदाता स्वय्म वा निजको अधिकारीक प्रतिनिधीको अनलाईन साथै भौतिक उपस्थितीमा यस संस्थाको कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
- शिलबन्दी बोलपत्रको आर्थिक तथा प्राविधिक प्रस्तावनाको मुल्याङ्कनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
- ईच्छुक योग्य फार्म तथा आपुर्तिकर्ताहरूले शिलबन्दी बोलपत्र यस संस्थाको कार्यालय जन जागरण यूवा क्लब (JJYC) कलैया बारामा हार्डकपि बुझाउनु पर्नेछ ।
- शिलबन्दी बोलपत्र सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत फोन नं वा ईमेल मा सम्पर्क गर्न सक्नुहुनेछ ।
जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगपालिका – १, मोतीबाग, बारा
सम्पर्क नं.–९८०१०२६२४८, ९८०१०२६११३
Email- jjycbara@gmail.com
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 23 Jul, 2025 |
Apply Before | 06 Aug, 2025 |
City | Bara |