सवारी चालक

FAIRMED Foundation Nepal

FAIRMED is a Swiss-based international development NGO with its motto, “Health for the Poorest.” The organization works to improve access to health care for marginalized communities and individuals affected by disease, disability, and living in poverty. In Nepal, FAIRMED collaborates with government and other stakeholders on prevention, management and control of Neglected Tropical Diseases (NTDs), and Maternal and Neonatal Health (MNH) as a thematic area. Gender Equality and Social Inclusion (GESI) and Disability-Inclusive Development (DID) are integrated as cross-cutting themes across FAIRMED’s programs.

Details / requirements:

                                                                                                                                   कर्मचारी अवश्यकता

फेयरमेड फाउन्डेशन नेपालले स्वास्थ्य क्षेत्रमा सन् २०१२ देखि काम गर्दै आएको छ । हाल फेयरमेड फाउन्डेशन नेपालले ५ प्रदेशका ११ जिल्ला जसमा  लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी -ब=सु=प_, दाङ र रुकुम पूर्व, गण्डकी प्रदेशको बाग्लुङ, कोशी प्रदेशका झापा, मोरङ्ग, सुनसरी, मधेस प्रदेशको सप्तरी र बागमति प्रदेशको सिन्धुपाल्चोक मा स्वास्थ्य सम्बन्धी परियोजनाहरु संचालन गर्दै आएको छ। यस संस्थाको तपशिल बमोजिमको  पदपूर्तीको लागि योग्यता पुगेका नेपाली  नागरिकहरुबाट निवेदन आव्हान गरिएको छ ।

परियोजनाको नामः 

सम्बोधन

पदः

सवारी चालक

कार्य क्षेत्रः

प्रमुख कार्यक्षेत्र:  बाग्लुङ र रुकुम पूर्व,

संख्या

योग्यता तथा कार्य. अनुभव

  • कम्तीमा कक्षा १० (SEE) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

  • नेपाल सरकारबाट मान्यता प्राप्त हलुका सवारी साधनको चालक अनुमतिपत्र (Driving License) प्राप्त गरेको तथा सो अनुमतिपत्र वैध र नवीकरण गरिएको हुनुपर्नेछ।

  • हालसालै मान्यता प्राप्त चिकित्सकबाट आँखा तथा सामान्य स्वास्थ्य परीक्षण गराई सवारी साधन सञ्चालनका लागि शारीरिक तथा दृष्टिगत रूपमा योग्य रहेको प्रमाण पत्र पेश  गर्नुपर्नेछ।

  • कम्तीमा ३ वर्षको व्यावसायिक सवारी चालकको अनुभव भएको हुनुपर्नेछ।

  • नेपालको विभिन्न पहाडी, हिमाली तथा तराई क्षेत्रका जिल्लाहरूमा सवारी साधन सञ्चालन गरेको व्यावहारिक अनुभव भएकोलाई प्राथमिकता दिइनेछ।

  • दुर्गम, कच्ची तथा चुनौतीपूर्ण सडक तथा विभिन्न मौसमी अवस्थाहरूमा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।

  • सवारी साधनको सामान्य मर्मत सम्भार तथा प्राविधिक अवस्था पहिचान सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ।

  • सुरक्षित तथा रक्षात्मक ड्राइभिङ (Defensive Driving) सम्बन्धी ज्ञान तथा अभ्यास भएको हुनुपर्नेछ।

  • INGO/NGO, विकास तथा मानवीय सहायता संस्थामा चालकको रूपमा कार्य गरेको अनुभवलाई थप प्राथमिकता दिइनेछ।

मुख्य जिम्मेवारीहरु

  • कर्मचारी, सवारी साधन तथा अन्य सामग्रीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिई जिम्मेवार, सुरक्षित तथा सावधानीपूर्वक सवारी सञ्चालन गर्ने।

  • फेयरमेडका सवारी साधनसम्बन्धी सम्पूर्ण नीति, नियम, निर्देशिका तथा निर्धारित प्रक्रियाहरूको पूर्ण रूपमा पालना गर्ने।

  • सवारी साधनको नियमित मर्मतसम्भार तथा सर्भिसिङ् सुनिश्चित गर्नुका साथै माइलेज, इन्धन खपत, इन्जिन तथा अन्य प्राविधिक अवस्थाको नियमित जाँच गरी सवारी साधनलाई सधैं सुरक्षित, चुस्त सञ्चालन योग्य अवस्थामा राख्ने।

  • फिल्ड भ्रमणका क्रममा कर्मचारीहरूलाई आवश्यक लजिष्टिक सहयोग गर्ने।

  • सवारी साधनको लगबुक, इन्धन तथा मर्मतसम्भार सम्बन्धी अभिलेखहरू व्यवस्थित अद्यावधिक राख्ने।

  • सवारी साधनमा देखिएका कुनै पनि प्राविधिक समस्या, क्षति वा असामान्य अवस्थाबारे सम्बन्धित अधिकारीलाई समयमै जानकारी गराउने।

  • कार्यालयका दैनिक प्रशासनिक तथा लजिस्टिक कार्यहरूमा आवश्यकता अनुसार सहयोग गर्ने।

  • कार्यक्रमगत आवश्यकता, विपद् वा अन्य आकस्मिक परिस्थितिमा FAIRMED ले आफ्ना कार्यक्रमहरूको आवश्यकताअनुसार चालकलाई अन्य कुनै पनि क्षेत्रमा खटाउन सक्नेछ।

तलब तथा अन्य सुविधा

फेयरमेड नेपालको नियमानुसार

बुझाउनु पर्ने कागजातहरु

  • निवेदन

  • नागरिकताको फोटोकपी

  • सवारी अनुपति पत्र तथा नवीकरण

  • व्यक्तिगत विवरण -बायोडाटा)

  • शैक्षिक योग्यता तथा अनुभवको प्रमाण पत्रहरु

  • तालिमका प्रमाण पत्रहरु

  • हालसालै डाक्टरद्वारा आँखा तथा स्वास्थ्य परिक्षण गरी सवारी साधन चलाउन योग्य भएको प्रमाण पत्र।

  • माथि उल्लेखित योग्यता तथा कार्य अनुभव भएका इच्छुक आवेदकहरुले फेयरमेड फाउन्डेशन नेपालको इमेल   मा उल्लेखित कागजात संलग्न गरी आवेदन दिन सक्नुहुनेछ
  • आवेदन दिने अन्तिम मितिः २०८३ असोज ६। कृपया निवेदन  nepal@fairmed.ch ईमेलमा पठाउनुहोला
  • प्रारम्भिक छनौटमा पर्न सफल आवेदकहरूलाई मात्र परीक्षा अन्तरवार्ताको लागि सम्पर्क गरिनेछ
  • फेयरमेड लैङ्गिक समानता, समता तथा सामाजिक समावेशीकरण (GESI) प्रवर्द्धन गर्दै विविध र समावेशी कार्यस्थल निर्माण गर्न प्रतिबद्ध छ। योग्य तथा विविध पृष्ठभूमिका उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहित गरिन्छ।

 

            

Overview

Category
Openings 1
Posted Date 12 Sep, 2026
Apply Before 22 Sep, 2026
City