सूचिकृतका लागि आह्वान गरिएको सूचना
Details / requirements:
सूचिकृतका लागि आह्वान गरिएको सूचना
प्रथमपटक प्रकाशित २०८३/०३/२९ गते सोमवार
यस राधाकृष्ण थारु जनसेवा केन्द्रले यस आ.व २०८३/०८४ र आ.व २०८४/०८५ दुई बर्षका लागि आवश्यक पर्ने तपसिल बमोजिमको वस्तु तथा सेवाहरू आपुर्ति गर्नुपर्ने भएको हुदा इच्छुक आपूर्तिकर्ताहरूले आफ्नो फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.ब २०८१/२०८२ को करचुक्ता प्रमाणपत्र तथा संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी लगायत आवश्यक व्यवसायिक इजाजतपत्रको प्रतिलिपी संलग्न गरी सूचिकृत हुनको लागि आह्वान गरिन्छ । रित नपुगी आएका आवेदनलाई प्रकृयमा समावेश गरिने छैन साथै आपुर्तिकर्ता तथा सेवा प्रदायकलाई सुचिकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित रहने छ । साथै इच्छुक फर्म तथा ब्यक्तिले आफुले दिने सेवाको किसिम उल्लेख गर्नुपर्नेछ ।
तपशिल
- स्टेशनरी तथा तालिम सामग्रीहरू
- एग्रोभेट सप्लायर्स/कृषि पशुजन्य सामग्री
- फर्निचर तथा फर्निसिङ्ग सामग्री
- सवारी साधन आपुर्ति तथा मर्मत सेवा
- होटल रेस्टुरेन्ट, चिया तथा खाजा पसल
- छपाई तथा प्रिन्टिङ्ग सेवा
- गाडीढुवानी सेवा
- पत्रपत्रिका , सुचना तथा बिज्ञापन प्रकाशन सेवा
- विद्युतीय सामग्री सप्लायर्स तथा मर्मत सेवा
- झोला, विद्यालय पोशाक तथा न्यानो कपडा
- प्लाष्टिक तथा हार्डवेयर सामग्रीहरू
- ल्याप्टप,कम्प्युटर तथा प्रिन्टर,फोटोकपी सम्बन्धी विक्री तथा मर्मत सेवा
- फोटो धुलाई
- परामर्शदाता (जलवायु परिवर्तन, कृषि, उद्यमशिलता विकास, शिक्षा तथा बालविकास, स्वास्थ्य, नीति तथा योजना निर्माण, सहजीकरण, प्रशिक्षण तथा खोजमुलक कार्य आदि)
- पेन्टिङ्ग सेवा
- बिमा सेवा
- निर्माण सेवा
- बिज्ञान प्रयोगशाला , मेकर स्पेश , स्टिम तथा बालबिकास शैक्षिक सामग्री आपुर्ति सेवा
- श्रब्य,दृश्य,छायांकन तथा रेकर्डिङ्ग सेवा
- स्वास्थ्य तथा स्वच्छता सामग्री सेवा
- औषधी तथा औषधी उपकरण आपुर्ति सेवा ।
- खाद्यान्न तथा लत्ताकपडा आपुर्ति सेवा , खानेपानी सरसफाई तथा स्वच्छता सामग्री
- नर्सरी जन्य कार्यहरू
- खेलकुद सामग्रीहरू
इच्छुक व्यक्ति तथा फर्महरूले संस्थामा सूचिमा दर्ताका लागि निवेदनका साथ आवश्यक कागजपत्रहरू संलग्न गरी तपशिलको ठेगाना वा इमेलमा मिति २०८३ श्रावण १५ गते सम्म कार्यालय समय भित्र पेश गर्नका लागि अनुरोध गरिन्छ ।
तपशिल
राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS)
गुलरिया न.पा.५, मातंगीदेवी मार्ग बर्दिया
फोन नं. ०८४–४२०२७४
इमेल: document.rkjs@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 13 Jul, 2026 |
| Apply Before | 31 Jul, 2026 |
| City | Bardiya |