रङ्गीन बाल पुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू मुद्रण सम्बन्धी बोलपत्र आह्वान
Details / requirements:
रङ्गीन बाल पुस्तक तथा अन्य शैक्षिक
सामाग्रीहरू मुद्रण सम्बन्धी बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मिति : २०८३ असार ०८ गते
रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा "पढ्नको लागि कोठा" ले रङ्गीन बाल पुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरू मुद्रण गर्नुपर्ने भएकोले भ्याटमा दर्ता भएका, न्यूनतम चार कलरको छपाई मेसिन साथै ३ वर्षको कार्य अनुभव भएका छापाखानाहरूबाट रितपूर्वकको बोलपत्र आव्हान गरिन्छ ।
बोलपत्र फाराम प्राप्त गर्नको लागि ईच्छुक छापाखानाहरूले आफ्नो कार्यालयको लेटर प्याडमा निवेदन सहितको कागजातहरू संलग्न गरी (जसमा कम्पनी दर्ता प्रमाणपत्र नविकरण सहितको पत्र, भ्याट दर्ता प्रमाण पत्र, कर चुक्ता प्रमाण पत्र पछिल्लो २ आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२, संक्षिप्त कम्पनी प्रोफाईल जसमा छापाखानाहरूको मेसिनहरूको विवरण उल्लेख गरिएको हुनुपर्ने छ) तल उल्लेखित ईमेल ठेगानामा पत्राचार गरी वा कार्यालयमा नै आएर कार्यालय समयमा बोलपत्र फाराम प्राप्त गर्न सकिनेछ ।
बोलपत्र फाराम प्राप्त गर्ने मिति र समय : २०८३।०३।०८ देखि २०८३।०३।१९ गते ०९:०० बजे देखि ५:०० बजे सम्म (सोमबार देखि शुक्रबार सम्म मात्र)
बोलपत्र फाराम बुझाउने अन्तिम मिति : २०८३।०३।२२ गते ०९:०० बजे देखि १२:०० बजे सम्म आवश्यक सबै कागजपत्र समावेश गरी यस कार्यालयबाट प्राप्त हुने बोलपत्रको फाराम भरी तलको ठेगानामा बुझाउनु पर्नेछ । बोलपत्र साथ बोलपत्र सुरक्षण जमानत वापत जम्मा कबोल अङ्कको २.५% प्रतिशतले हुन आउने रकमको सुरक्षण धरौटी (Security Deposit) कुनै पनि “क” वर्गको बैंकबाट "पढ्नको लागि कोठा" को नाममा जारी भएको (बोलपत्र पेस गर्ने अन्तिम दिनबाट ९० दिनको म्याद भएको) जमानतको सक्कल प्रति बोलपत्र साथ पेस गर्नु पर्नेछ ।
बोलपत्र खोल्ने मिति र समय : पेस भएका बोलपत्रहरू २०८३।०३।२२ गते दिउँसो १:०० बजे भित्र कम्पनिका आधिकारीक प्रतिनिधिहरूको रोहबरमा यस संस्थाको कार्यालयमा खोलिनेछ । उक्त समयमा बोलपत्र पेस गर्ने आधिकारिक प्रतिनिधिहरू उपस्थित नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । कुनै कारणवस बोलपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सोही समयमा नै बोलपत्र खोलिने छ ।
नोट : बोलपत्र सम्बन्धी सम्पूर्ण जानकारी बोलपत्रको कागजातमा नै उल्लेख गरिएको छ । म्याद नाघी आएका बोलपत्रहरूमाथि कुनै कारवाही हुने छैन । कुनै पनि कारण जनाई वा नजनाई पूर्ण वा आंशिकरूपमा प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
पढ्नको लागि कोठा
थापाथली काठमाण्डौँ फोनः ०१–४१०२०५८, ईमेलः info@plk.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 22 Jun, 2026 |
| Apply Before | 07 Jul, 2026 |
| City | Kathmandu |