Learn to Lead परियोजनाका लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
Details / requirements:
मितिः २०८३।०३।०८
Learn to Lead परियोजनाका लागि सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।
(प्रथम पटक प्रकाशित मिति : २०८३।०३।०८)
कर्णाली सामुदायिक विकास केन्द्र मगमढी, मुगुले Welthungerhilfe (WHH) नेपालको प्राविधिक सहयोगमा यस मुगु जिल्लाका २ वटा स्थानीय तहमा Learn to lead: Nurturing Young Minds in Mugu परियोजना सञ्चालन गर्दै आइरहको छ । यसै सन्दर्भमा उक्त परियोजना संचालन क्षेत्रका विद्यालय, बाल कल्ब तथा ECO club हरू लाई आवश्यक तपसिल बमोजिमका सेवा तथा सामग्रीहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक इजाजत प्राप्त कम्पनी तथा सेवा प्रदायकहरूले तपशिलको ठेगानामा आइपुग्ने गरी निम्न शर्तमा रहने गरी सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि प्रथम पटक यो सुचना आह्वान गरिन्छ ।
क) तपशील
१. आपूर्तिकर्ताले फर्म दर्ताको नविकरण गरिएका प्रमाणपत्रका प्रतिलिपि पेश गर्नु पर्ने छ ।
२. आपूर्तिकर्ताले मूल्य अभिवृद्धि करदर्ता र आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।
३. आपूर्तिकर्ताले व्यवसाय गर्न इजाजत प्राप्त प्रमाणपत्र तथा नविकरण प्रतिलिपि पेश गर्नु पर्ने छ ।
४. आपुर्तिकर्ताले आफुले पेश गरेको सिलबन्दी पत्रको खामको बाहिर पट्टि स्पष्ट रूपमा कुन प्रयोजनका लागी पेश गर्न खाजेको, फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर फर्मको छाप लगाइ पेश गर्नु पर्ने छ ।
५. आपुर्तिकर्ताले पेश गरेको सिलबन्दी पत्रमा तोकिएको बमोजिमका विवरणहरू म्याद नागी आएको, दरभाउ राख्न छुटेका तथा माग बमोजिमका कागजपत्र संलग्न नभएको सो उपर संस्थाले कुनै कारवाही गर्ने छैन ।
६. पेश भएका सिलबन्दी दरभाउ पत्र कारण खुलाइ वा नखुलाई पुरै वा आशिंक रुपमा स्वीकार गर्ने अधिकार पूर्ण रूपमा संस्थामा निहिन रहने छ ।
ख) आवश्यक आपूर्ति सामाग्री तथा सेवाहरू
Package-1
१. WASH का सामग्रीहरू ।
२. खेलकुदका सामग्रीहरू ।
३. बाध्यबाधनका सामग्रीहरू ।
४. बालकल्ब तथा ECO कल्बको लागी कार्यालय व्यवश्थापन सामग्रीहरू ।
Package-2
१.पुस्तक तथा पुस्तकालयका सामग्री हरू ।
सिलबन्दी दरभाउपत्र पेश गर्ने प्रक्रिया :
- माथि उल्लेखित वस्तुहरूको विशिष्टिकरण विवरण (Technical Specification) तथा कोटेसन भर्ने फारम संस्थाको इमेल procurementkcdc@gmail.com वा कार्यालय बाट प्राप्त गर्न सकिनेछ ।
- उपरोक्त्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सुचना प्रकाशित भएको मितिले १४ दिन भित्र आर्थात २०८३/०३/२१ गते तद् अनुसार ५ जुलाई २०२६ मा कार्यालय समयभित्र कर्णाली सामुदायिक विकास केन्द्र गमगढी, मुगुमा पेश गर्नु पर्नेछ ।
थप जानकारीको लागि :
कर्णाली सामुदायिक विकास केन्द्र गमगढी, मुगु सम्पर्क न : ०८७–४६०२४४/९८४८३२२०८५ मा सम्पर्क गर्न सकिनेछ । आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ । र यो सुचना www.kcdcmugu.org.np मा गयर पनि हेर्न सकिन्छ ।
कृष्ण बहादुर बोहोरा
(संयोजक)
कर्णाली सामुदायिक बिकास केन्द्र, मुगु ।
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 22 Jun, 2026 |
| Apply Before | 05 Jul, 2026 |
| City | Mugu |