कोटेशन आह्वान सम्बन्धि सूचना
Details / requirements:
कोटेशन आह्वान सम्बन्धि सूचना
(RELIEFNEPAL/RFQ/FY25/26)
प्रथम पटक प्रकाशित मिति : २०८३/०२/२८ गते (11 June 2026)
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रिलिफ नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित बाल स्पोन्सरशिप परियोजना अन्तर्गत तल उल्लेखित सेवा तथा सामग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक गरि खरिद गर्नुपर्ने भएकोले दीर्घकालीन सम्झौता (Long Term Agreement) गर्नको लागि रिलिफ नेपालले योग्य सम्भावित आपूर्तिकर्ता तथा सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनि एवं सस्थाहरूबाट यस कार्यालयमा कोटेशनको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०३/०३ (१७ जुन २०२६) भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौँ । रिलिफ नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार छनौट हुन सफल आपूर्तिकर्ता संग दीर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक वर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशन उल्लेख भएको परिमाण सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढी वा कम परिमाण खरिद गर्न सकिनेछ ।
सेवा तथा सामग्री खरिद सम्बन्धि कार्यहरू:
१. कृषि सम्बन्धि सामग्री तथा उपकरणहरू ,
२. घरेलु तथा किचेनमा प्रयोग हुने भाडाकुडाहरू,
३. Home Based Child Monitoring Register printing,
दरखास्त साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू:
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. PAN र VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
३. VAT मा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि ।
४. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
५. आवश्यक कोटेशनको फारम कार्यालयमा स्वयं उपस्थिति भई लिन सकिनेछ वा तलको लिङ्क मार्फत प्राप्त गर्न सकिनेछ ।
६. आपूर्तिकर्ताले भरेको दरभाउ पत्र समय सिमा भित्र कार्यालयमा स्वयं उपस्थिति भई बुझाउनु पर्नेछ वा जिल्ला बाहिरका Courier मार्फत पठाउन सकिनेछ ।
७. माथिका क्रम संख्या १ देखि २ सम्म समन्धित जिल्ल्लालाई प्राथमिकतामा राखिनेछ ।
८. आपूर्तिकर्ताले अनिबार्य रुपमा सुची दर्ता भर्नुको साथै सप्ल्यार्स आचार संहिंतामा सहि चाप गरेको हुनुपर्छ ।
९. समय अवधि भन्दा पछी प्राप्त कोटेशन आवेदन मान्य हुने छैन ।
लिङ्क: Financial and Technical Documents
कार्यालयको सम्पर्क ठेगाना: रिलिफ नेपाल कमलामाई -०६ , सिन्धुली फोन नं. ०४७५२०९१५,९८०४७४०३७२ इमेल: scm@reliefnepal.org.np |
Overview
| Category | Agriculture, Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 11 Jun, 2026 |
| Apply Before | 17 Jun, 2026 |
| City | Sindhuli |