कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Dalit Help Society

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८२/१०/०८  गते

दलित सहयोग समाज (DHS) युनाईटेड मिसन टु नेपाल (UMN) बझाङ्गको साझेदारीमा बुङ्गल नगरपालिका वडा नं ६, ७, ९, १० र ११ मा सन्चालित समान ब्यवहार र समुदाय र स्थानिय सरकार विपद तथा जलवायु उत्थानशिल परियोजना अन्र्तगत सामाजिक परिचालक आवश्यक भएकाले यो सुचना प्रकाशन भएको मितिले ७  दिनभित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ ।

१. आवश्यकता सम्बन्धी विवरण:

पद: सामाजिक परिचालक 

पद संख्या: ३ जना (समान व्यवहार परियोजनाका लागी १ जना र स्थानिय सरकार विपद तथा जलवायु उत्थानशिल परियोजनाका लागी २ जना ) 

२. न्युनतम योग्यता:

  • नेपाली नागरिक हुनुपर्ने । 
  • नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रबिणता प्रमाण पत्र तह पास गरेको ।
  • सामुदायिक बिकास तथा सम्बन्धित क्षेत्रमा न्युनतम ३ बर्षको कार्य अनुभव भएको  । 
  • समुदायमा हुने तालिम सहजीकरण, व्यवस्थापन तथा प्रतिवेदन लेखन सम्बन्धि ज्ञान, सीप तथा अनुभव भएको ।
  • समुह परिचालन तथा दर्ता, समुहको बैठक सन्चालन, माईन्युटिङ, समुह सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्बन्धी दक्षता भएको ।
  • परियोजनाको  आवश्यकता अनुसारको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको ।
  • स्थानिय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने सिप भएको  ।
  • विद्यालयहरू, वार्ड विपद् व्यवस्थापन समिति, किसानहरूका लागि तालिमको सुविधा, र क्षेत्र भ्रमणहरू सञ्चालन गर्ने, र प्राविधिक ब्याकस्टपिङ प्रदान गर्ने सक्ने क्षमता भएको ।
  • एकल महिला, दलित, महिला र अपाङ्गता (फिल्डमा काम गर्न सक्ने) लाई ग्राहेता दिईने छ ।
  • उम्मेदवारको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । 

३. सेवा सुविधा: परियोजनाको नियमानुसार हुनेछ ।

४. दरखास्त दिने अन्तिम मिति: २०८२/१०/१४ गते कार्यालय समय भित्र ।

५. परिक्षाको किसिम: लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक 

६. आवश्यक कागजातहरू: सामुदायिक सहजकर्ता पदमा आवेदन गरेको हो सोको विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो २ वटा र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी दलित सहयोग समाज बझाङ्गको बुगल न.पा.वडा नं.४ झापा फिल्ड कार्यालय र जयपृथ्वी नगरपालिका–१०, चैनपुर स्थित कार्यालय वा dhsbajhang@gmail.com मा दरखास्त बुझाउन सकिनेछ ।

नोट: प्रारम्भीक छनौंटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारबाही गरिने छैंन । साथै उल्लेखित प्रक्रिया पुरा भएका बुगल नगरपालिका भित्रका उम्मेदवारहरूले मात्र आवेदन दिन पाउनेछ । 

संयोजक

पदपूर्ति समिति 

फोन नं. ०९२–४२१३६७

Overview

Category Development Project, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 22 Jan, 2026
Apply Before 28 Jan, 2026
City Bajhang