कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशन मिति
२०८२ पौष ३० गते
राष्ट्रिय कृषक समूह महासंघ,( NFGF, Nepal), सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघ सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकास साथै अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागी कार्यरत रहदै आएको छ ।
लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागी महासंघले विगत १४ वर्ष देखि संस्थागत रणनीतिक योजना, राष्ट्रिय, अन्तराष्ट्रिय कृषि विकासको परिवेश, नेपाली मौलिक कृषि एवं किसानको भोगाई र अभ्यास साथै विभिन्न श्रोत साझेदारसँगको सहयोग एवं तहगत सरकारहरूसँगको सहकार्यमा विभिन्न परियोजनाहरूको कार्यन्वयन, असल अभ्यास र सिकाई प्रमाणमा आधारित नीतिगत एवं विषयगत पैरवी/अभियान गर्दै आएको छ ।
महासंघले तपशिल बमोजिमको पदमा देहायको कार्यक्षेत्र रहनेगरी काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकले तपशिलमा उल्लेखित ठेगानामाः २०८२ माघ ७ गते सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाडा पेश गर्न अनुरोध गरिन्छ ।
पद: कार्यक्रम गुणस्तर तथा पैरवी व्यवस्थापक (Program Quality and Advocacy Manager) — १ जना
- शैक्षिक योग्यता: कानुन, ग्रामीण विकास, सामाजिक विज्ञान, कृषि,आम सञ्चार वा सो सरहको विषयमा कम्तिमा स्नात्तकोतर तह उत्तीर्ण गरी सम्बन्धित पदमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको
- जिम्मेवारी: विभिन्न श्रोत साझोदारसँगको सहकार्यमा संचालीत कार्यक्रमको गुणस्तरीयताको सुनिश्चितता, ज्ञान ब्यवस्थापन, तथ्यांक तथा प्रतिवेदन दस्तावेजीकरण एवं महासंघको विषयगत अभियान साथैं नीतिगत सवालमा आधारीत पैरवीसँग सम्बन्धित गतिविधिहरूको ब्यवस्थापकीय जीम्मेवारी
- कार्यक्षेत्र: महासंघको केन्द्यि सचिवालयको कार्यालय, काठमाण्डौ एवं कम्तिमा ४० प्रतिशत फिल्ड
पद: लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer)– १ जना
- शैक्षिक योग्यता: मानविकि, सामाजिक विज्ञान, वन वातावरण, लैङ्गिकता, कृषिमा स्नातक वा सो सरह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको
- मुख्य जिम्मेवारी: महासंघले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा सञ्चालित कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री कृषिका अभ्यास साथै जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले संचालीत गतिविधिहरूको प्रभावकारी कार्यन्वयनमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृतको जिम्मेवारी
- कार्यक्षेत्र: महासंघको मधेश प्रदेशको कार्यालय सिरहा, एवं कम्तिमा ५० प्रतिशत फिल्ड
पद: लेखा तथा प्रशासन अधिकृत (Finance and Admin officer) –१ जना
- शैक्षिक योग्यता: ब्यवस्थापन विषयमा स्नातक वा सो सरह उतीर्र्ण भई सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको
- मुख्य जिम्मेवारी: महासंघले केएर नेपालसंगको सहकार्य एवं सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको समन्वयमा पोषण परियोजना(Mother Child Wellbeing Partnership Program/Nurture Every Future-Poshan)सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुंच, स्वस्थ्यमा सुधार एवं प्रणालीगत सवलीकरण साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले संचालन गरेको गतिविधिहरूमा लेखा तथा प्रशासन अधिकृतको जिम्मेवारी
- कार्यक्षेत्र: महासंघको मधेश प्रदेशको कार्यालय सिरहा एवं कम्तिमा १० प्रतिशत फिल्ड
बिस्तृट विवरणका लागि तलको लिङ्कमा जानुहोस्:
https://drive.google.com/file/d/1ZYaVlKqREgZMcWqYdB7fBMNOivTSKaT9/view?usp=sharing
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- २ पांग्रे सवारीको लाईसन्स र चलाउने सीप भएको व्यक्तिलाई प्राथमिकता दिईनेछ ।
- यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मिति: ७ माघ, २०८२ सम्म
- छनौट विधि: लिखित र मौखिक
नोट: यस कर्मचारी छनौट प्रकृयाको सहजीकरण, निस्कृय एवं खारेज गर्ने अधिकार महासंघलाई रहनेछ ।
Overview
| Category | Agriculture, Social Science, Development Project, Law |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 14 Jan, 2026 |
| Apply Before | 21 Jan, 2026 |
| City | Kathmandu, Siraha District |