House Rent
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Details / requirements:
मानवसेवा आश्रम
(गैर–सरकारी संस्था)
घर भाडासम्बन्धी सूचना
सुचना नं.: MSA/S/03/2083/84
सूचना प्रकाशन मिति: २०८३/०५/१७ गते (September 2, 2026 A.D.)
मानवसेवा आश्रम
मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो। संवत् २०६९ सालदेखि मानवसेवाको क्षेत्रमा क्रियाशिल रही मिति २०७३/०४/०२ मा श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आश्रमले खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर) मानवहरुको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको
घर भाडासम्बन्धी सूचना
मानवसेवा आश्रममा आश्रित लक्ष्मी, नारायण, बाल तथा गोपालहरूको उचित हेरचाह एवं गुणस्तरीय सेवा प्रदान गर्न उपयुक्त भवन काठमाडौँ, भक्तपुर र ललितपुरमा आवश्यक भएकाले घर भाडामा उपलब्ध गराउन इच्छुक व्यक्ति, फर्म तथा संस्थाहरूबाट प्रस्ताव आह्वान गर्न यो सूचना प्रकाशित गरिएको छ।
घरको न्यूनतम आवश्यकताहरू
घरमा कम्तीमा १० वटा कोठा भएको हुनुपर्नेछ। घर सुरक्षित तथा उपयुक्त वातावरणमा रहेको हुनुपर्नेछ। घरमा कम्पाउन्ड वाल भएको हुनुपर्नेछ। खाने पनि र बिधुत जडान हुनुपर्नेछ | आश्रम सञ्चालन तथा आश्रितहरूको बसोबासका लागि उपयुक्त हुनुपर्नेछ।
पेश गर्नुपर्ने कागजातहरू
इच्छुक व्यक्ति, फर्म तथा संस्थाहरूले निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ |
घरधनीको नागरिकताको प्रतिलिपि। घरको लालपुर्जाको प्रतिलिपि। घरका स्पष्ट फोटोहरू। प्रति महिना तथा वार्षिक भाडादर स्पष्ट रूपमा उल्लेख गरिएको निवेदन/प्रस्ताव। आवश्यकताअनुसार मानवसेवा आश्रमले थप कागजात वा विवरण माग गर्न सक्नेछ।
नियम तथा सर्तहरू
आवेदन तथा प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३/०५/२४ गते (September 9, 2026) सम्म रहनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिनलाई अन्तिम मिति मानिनेछ। मानवसेवा आश्रमले कुनै कारण नखुलाई प्राप्त भएका कुनै एक वा सबै प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ। आवश्यकताअनुसार प्रस्ताव पेश गर्ने व्यक्ति वा संस्थासँग थप जानकारी तथा छलफल गर्न सकिनेछ।आवेदन पेश गर्ने विवरण
आपूर्ति तथा प्रकाशन अधिकृत
पेश गर्ने ठेगाना: मानवसेवा आश्रमको काठमाडौँ, ललितपुर र भक्तपुरको शाखाहरुमा वा
इमेल: quotation@msa.org.np
सम्पर्क नम्बर: ९८५५०७६०८९, ९८५५०७६०७३, ९८५५०७६०२१