छात्रवृत्तिका लागि आवेदन सम्बन्धि सूचना !

Nepal National Dalit Social Welfare Organization (NNDSWO)

Details / requirements:

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ

केन्द्रीय कार्यालय, किमडोल, छाउनी, काठमाडौं

प्रताप राम लोहार स्मृति छात्रवृत्ति कार्यक्रम

Pratap Ram Lohar Memorial Scholarship Programme (PRLMSP)

छात्रवृत्तिका लागि आवेदन सम्बन्धि

सूचना ! सूचना ! सूचना !

(पुन प्रकाशित मिति: २०८१/०१/२१)

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले संस्थापक अध्यक्ष स्व. प्रताप राम लोहार को स्मृतिमा प्रताप राम लोहार स्मृति छात्रवृति कार्यक्रम २०७५ साल देखि शुरुवात गरीएको हो । यस छात्रवृत्ति कार्यक्रमले स्व. प्रताप राम लोहारले दलित समुदायको शिक्षा र समानताको पक्षमा आजीवन पुऱ्याउनु भएको योगदानका बारेमा दलित समुदायका नयाँ पुस्तालाई जानाकारी गराई उनीहरुलाई उञ्च शिक्षा हाँसिल गर्न सहयोग गर्ने र अति विपन्न दलित विद्यार्थीका लागि प्राविधिक तथा उच्च शिक्षामा पहुँच वृद्धि गर्न सहयोग पुऱ्याउने उद्देश्य राखेको छ । यस कार्यक्रम अन्तरगत तपशीलको तालिकामा उल्लेख भए अनुसार ८ जना अति विपन्न दलित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि विद्यार्थी छनौटका ६ वटा प्राथमिकता सुचकहरु (अनाथ, अपाङ्गताभएका, शैक्षिक सुचक कम भएका दलित जाती, दुर्गम, जेहेन्दार र  विपन्नता वा द्धन्द्धबाट विस्थापित परिवार) आधारमा गरिनेछ । छात्रवृत्तिको राशी स्नातक तह, स्नातकोत्तर तह र प्राविधिक शिक्षा तर्फका एक विद्यार्थीलाई एकपटकका लागि एकमुष्ट रु. १०,००० (अक्षरुपी दशहजार) हुनेछ साथै एम.वी.वी.एस.तहका एक विद्यार्थिलाई एकपटकका लागि एकमुष्ट रकम रु. १५,००० (अक्षरुपी पन्ध्र हजार) हुने छ । 

तसर्थ, यस छात्रवृत्तिका लागि इच्छुक नेपाल भित्र बसोवास गरी नेपालमा नै अध्ययन गर्ने दलित समुदायका विद्यार्थीहरुबाट तोकिएको ढाँचामा आवेदन फाराम भरी आवश्यक कागजात संलग्न गरी मिति २०८१/०२/०४ गते भित्र संघको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन पेश गर्नु हुन समितिको निर्णयानूसार यो सूचना प्रकाशित गरिएको छ ।

क) छात्रवृत्तिको किसिम र कोटा

क्र.सं.

छात्रवृत्तिको तह

जम्मा छात्रवृत्तिकोटा

कैफियत

स्नातक तह

२ जना

छात्र १ + छात्रा १

स्नातकोत्तर तह

२ जना

छात्र १ + छात्रा १

प्राविधिक शिक्षा तर्फ (प्रमाण पत्र तह ३ बर्षे)

२ जना

छात्र १ + छात्रा १

एम.वि.वि.एस तर्फ

२ जना

छात्र १ + छात्रा १


जम्मा

८ जना (४ छात्र र ४ छात्रा)


ख) छात्रवृत्ति आवेदनका साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरु:

१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि..............१ 

२) अघिल्लो शैक्षिक तह उत्तिर्ण गरेको चारित्रिक र लब्धांक प्रमाणपत्र को प्रतिलिपि.........१÷१ 

३) सम्बन्धित वडा वा पालिकाबाट दलित, अनाथ, र बिपन्नता प्रमाणित गरिएको सक्कल सिफारिस पत्र ..........१

४) पासपोर्ट साइजको रंगिन फोटो २ प्रति ।

५) अध्ययन गरिरहेको शिक्षण संस्थाको सिफारिस पत्र सक्कल.............१ 

६) भर्ना भएको रसिदको प्रतिलिपी ..............................................१ 

७) वैंक खाता प्रष्ट खुलेको चेकवुक को फोटोकापी ..........................१

ग) छात्रवृत्ति आबेदन फारम पेश गर्ने ठेगाना:

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको जिल्ला शाखाहरु मार्फत केन्द्रीय कार्यालयमा वा सिधै केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सकिनेछ ।

Application Form Link:

https://drive.google.com/uc?export=download&id=1HdzWZh0bMDr7bW4LUSJtzgKTIOcw3Y19

...................................

त्रिलोक चन्द विश्वास वि.क.

राष्ट्रिय अध्यक्ष एवं संयोजक 

प्रतापराम लोहार स्मृति छात्रवृत्ति कार्यक्रम, छात्रवृत्ति छनौट समिति, केन्द्रीय कार्य समिति, काठमाण्डौ ।

केन्द्रीय कार्यालयको ठेगाना

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ

केन्द्रीय कार्यालय, किमडोल, छाउनी, काठमाडौं

फोन: ०१ ५६७०५५० फ्याक्स:०१ ५३७३४९७

Email – prlmsp@nndswo.org.np

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 May, 2024
Apply Before 17 May, 2024
City Kathmandu