बोलपत्र आह्वान सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

पीसविन नेपाल

बोलपत्र आह्वान सम्बन्धी सूचना

मितिः २०८२/०९/२९ (१३ जनवरी २०२५)

पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैर सरकारी र गैर नाफामुलक संस्था हो । वि.सं. २०४७ मा स्थापना भई वि.सं. २०४९ पुस ५ मा बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । सक्षम व्यक्ति सुखी परिवार र समृद्ध समाज भन्ने दृष्टिकोणका साथ संस्था मुख्यतः महिलाहरू र बालबालिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको प्रवर्द्धनमा काम गर्दै आईरहेको छ । यस संस्थाले छाउपडी, बालबिबाह, कुपोषण, लैँगिक हिँसाविभेद जस्ता समस्याहरू न्यनिकरणका लागि समन्वित प्रयास गर्दै आएको छ । BMZ WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।

पीसविन नेपालले योग्य आपुर्तिकर्ताहरूबाट शिलबन्दी बोलपत्र आह्वान गर्दछ जस अन्तर्गत परियोजना कार्य क्षेत्रका समुहका कृषकहरूलाई मसल बाली (अदुवा र बेसार) माहुरी पालन सम्बन्धी सामाग्रीहरू सहयोग गर्नुपर्नेछ । यस खरिदको मुख्य उद्देश्य साना कृषकहरूको अनुकलन क्षमता सुदृढ गर्दै जलवायु मैत्री कृषि प्रवर्द्धनका तथा जनावरको आतंक कम गर्नका लागि आवश्यक मसलेदार बिउ उपलब्ध गराउनु हो । यस मार्फत गुणस्तरीय मसला बिउ तथा कृषि सामाग्रीहरूको पहुँच बृद्धि गरी दिगो र वातावरण मैत्री उत्पादन प्रणाली सुनिश्चित गर्ने, स्थानीय स्रोत व्यक्तिहरूलाई व्यवहारिक सशक्त बनाई कृषक समुहहरूलाई प्राविधिक सहयोग प्रदान गर्न सक्षम बनाउने, घरपरिवारको खाद्य सुरक्षामा सुधार र आम्दानी बृद्धि गर्ने तथा महिला सहितका सीमान्तकृत र असुरक्षित समुदायहरूमा लक्षित सहयोग मार्फत कृषि पहुँच र अवसरमा असमानता घटाउने लक्ष्य राखिएको छ । सबै बोलपत्रहरू २०८२।१०।०६ गते तदअनुसार २०२६ जनवरी २० भन्दा अघि संस्थाले तोकिएको ठेगानामा पठाउनु पर्नेछ । साथै सामाग्री सहितका बोलपत्र फाराम र अन्य आवश्यक कागजातहरू पीसविन नेपालको केन्द्रीय कार्यालय मार्तडी बाजुरा वा जिल्ला परियोजना सहयोग कार्यालय साँफेबगर अछाममा पेश गर्न सकिने छ । पीसविन नेपालले प्राप्त सबै बोलपत्रहरू स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ । यदि बोलपत्र पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरू

    . फर्म दर्ता प्रमाणपत्र प्रतिलिपि

    . आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि

    . फर्म नविकरण र कर चुक्ता प्रमाणपत्र प्रतिलिपि

    . संचालकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि

    ५. अन्तिम दुई आ.व.को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि

    ६. अन्य सम्पुर्ण कागजातहरू (यदि छन भने)

लिङ्कहरू:

नोट:

  • आपुर्तिकर्ताहरूले आवश्यक सामान वा सामाग्रीहरू आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरू साँफेबगर नगरपालिका वडा नं. २, ३, ९, १०, ११, १२, र १४ तथा चौरपाटी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा पुर्याउनु पर्नेछ । सामाग्रीहरू ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरूको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन 
  • बोलपत्र बाहेक मौरी पालनको कोटेसन छुत्तै attached गरिएको छ 

थप जानकारीका लागि ०९७५४१११३ वा ०९७५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 13 Jan, 2026
Apply Before 20 Jan, 2026
City Bajura