ईच्छापत्र सहित दरभाउ आह्नवान

National Environment and Equity Development Society (NEEDS Nepal)

Details / requirements:

सुचना प्रकाशित मिति २०७८/०७/०१ गते

विषयः ईच्छापत्र सहित दरभाउ आह्नवान सम्वन्धमा  ।

उपरोक्त सम्वन्धमा निड्स नेपालले BMZ/AWO International  सँगको आर्थिक सहयोगमा संचालन गरिरहेको “सुरक्षित श्रम आप्रवासनका लागि लक्षित वर्गको क्षमता विकास परियोजना” अन्तर्गत कोरोना प्रभावका कारण बैदेशिक रोजगारी गुमाएका वा असफल भई स्वदेश फकिएका आप्रवासी कामदार, आप्रवासीका परिवारहरु र सम्भावित आप्रवासी कामदारलाई लक्षित गर्दै जिविकोपार्जन र आयआर्जनका लागि सीपमुलक तालिम प्रदान गरी व्यवसाय सुरुवातका लागि सानो सहयोग गर्ने कार्यक्रम रहेकोले तपशिल बमोजिम सीपमुलक तालिम प्रदानका लागि नेपाल सरकारको प्रचलित कानुन बमोजिम दर्ता भई PAN र VAT प्रमाणपत्र प्राप्त गरेको, CTEVT मान्यता प्राप्त फर्म, कम्पनी, तालिम प्रदायक संस्थाहरु मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिन (२०७८ कार्तिक १५ गते) भित्र पेश गर्ने गरी दरभाउ सहित आशयपत्र आवहन गरिएकोछ । आवेदक सेवा प्रदायक फर्म/कम्पनी/संस्थाले दरभाउ पत्र सहित आवश्यक कागजपत्रको फोटोकपि ( फर्म/कम्पनी/संस्था दर्ता प्रमाणपत्र (नविकरण सहित), आर्थिक वर्ष २०७७/२०७८ को कर चुक्ता, प्यान/भ्याट दर्ता, CTEVT को मान्यता प्राप्त प्रमाणपत्रको प्रतिलिपि र अनुभवका प्रमाणपत्रहरु)  पेश गर्नुपर्नेछ । कुनै एक सेवा प्रदायकले १ देखि ४ नम्वर सम्मको सीपमुलक तालिम संचालनका लागि एउटै कोटेशन भीत्र फरक फरक तालिमका लागि छुट्टाछुट्टै दररेटहरु राखि  एकै पटक इमेल मार्फत वा बन्द खाम भीत्र पेश गर्नसक्नेछ । तर हरेक फरक सीपमुलक तालिमका लागि प्रस्तावित प्रशिक्षक तालिम संचालनका लागि इच्छुक हस्ताक्षर सहित निवेदन, आवश्यक योग्यता र अनुभव झल्किने गरी बायोडाटा, न्यूनतम शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरु समेत पेश गर्नुपर्नेछ ।

Detail of the Items requested in quotations

Link : https://docs.google.com/document/d/1SKl-NApkCYlFdyD4c0VSFv8nrfGIvgQT/export?=doc

दरभाउ सहित आवश्यक कागजातहरु निड्स नेपालको केन्द्रिय कार्यालय भाँसी महेन्द्रनगर कंचनपुर र परियोजना कार्यालय चटकपुर (लक्ष्मी नर्सरी वाट पुर्व ३०० मिटर भित्र) धनगढी कैलालीमा शिलबन्दी गरी पेश गर्न सकिनेछ वा needs.procurement21@gmail.com इमेल ठेगानामा पनि पठाउन सकिनेछ । दरभाउ पेश गर्दा हरेक तालिम संचालन गर्दा लाग्ने आवासीय तालिमका लागि र गैरआवासीय प्रति व्यक्ति लागत खच युनिट रेट कर सहित पेश गर्नुपर्नेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 18 Oct, 2021
Apply Before 01 Nov, 2021
City Far-Western Region