Field Officer/Program Supervisor

Community Family Welfare Association (CFWA), Dhanusha/Mahottari

Community Family Welfare Association (CFWA) was established in 1996 AD (BS 2053) in Nagarayan Municipality ward no 7, Deodiha, Dhanusha district Nepal. Initially, it was established as a community based organization (CBO) with technical and managerial support of family planning Association of Nepal under its long-term sustainable plan to continue family planning services at the community level. Later on, it was registered at the District administrative office as non-government and non- profit making organization in 27 June 1997 (13 Ashar 2053 BS) in Dhanusha district. Now CFWA has two field offices in Mahottari and Dhanusha districts working in Education, Health, Child Poverty, Child Protection, Gender and Social Inclusion and Social Protection.CFWA is a leading organization of the Madhesh Province and it has aimed to be well known civil society organization in the Nepal.

Details / requirements:

कर्मचारीको आवश्यकता

प्रकाशित मितिः  २०७७।११।२२ गते (६ मार्च, २०२१)

सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्यांण सघ (CFWA) बर्दिवासको साझेदारीमा महोत्तरी जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा समुन्नती कार्यक्रम ( Samunatti Program) को लागि १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेका सम्बन्धित पदमा अनुभवी नेपाली नागरिकहरुबाट सुचना प्रकाशित मितिले ७ दिनभित्र तल उल्लेखित पदमा दरखास्त आव्हान गरिएको छ ।

१.   पदः  फिल्ड अधिकृत (Field Officer)– १ (एक)  जना

योग्यता तथा अनुभव

  • मान्ययता प्राप्त विश्वविद्यालय बाट कम्तिमा कृषि विज्ञान विषयमा (Bachelor’s degree in Agriculture)  स्नातकगरी कृषि तथा जीविकोपार्जन (कृषि, गैर कृषि तथा उद्यमशीलबिकास) सम्बन्धि विभिन्न गैर सरकारी संस्थामा कम्तिमा १ (एक) वर्षको कार्य अनुभव भएको ।
  • ISc.Ag उतिर्ण गरेको उम्मेदवारको हकमा उक्त कार्यको लागि कम्तिमा ३ वर्षको अनुभव भएको ।
  • आधारभुत कम्प्यूटर, स्मार्ट फोन र इन्टरनेट सम्बन्धि राम्रो व्यवहारिक ज्ञान भएको, अंग्रेजी र नेपाली दुवै भाषामा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने र स्थानीय भाषाको ज्ञान भएको । 
  • महोत्तरी जिल्लाको सामाजिक, आर्थिक तथा राजनीतिक सवालहरुको बारेमा राम्रो बुझाई भएको ।कार्यक्रमको योजना निर्माण गर्न सक्ने र समुदाय परिचालन संगै कृषि, गैर कृषि तथा उद्यमशीलबिकास सम्बन्धि तालिम, अभिमूखिकरण, कार्यशाला गोष्ठि आयोजना तथा सहजीकरण गर्ने शीप भएको ।
  • किशोर किशोरी परिचालन तथा उनीहरुको जीवन उपयोगी शीप सम्वन्धि ज्ञानशीप क्षमता भएको । 
  • जिल्ला स्तरीय सरोकारवालाहरु, स्थानिय सरकार तथा विद्यालय, वडा वाल संरक्षण समिति, स्वास्थ्य संस्थाहरुसंग प्रभावकारी समन्वय, प्राविधिक सहयोग संगै कार्यक्रम कार्यान्वयन गर्न सक्ने क्षमता भएको ।
  • ३० प्रतिशत कार्यालय तथा ७० प्रतिशत फिल्ड (फिल्डमै बसेर काम गर्नुपर्ने ) ।
  •  मोटर साइकल चालकको लाईसेन्स प्राप्त गरेको हुनुपर्ने । 

२.   पदः  कार्यक्रम सुपरभाईजर (Program Supervisor) – १ (एक) जना

योग्यताः

  • स्नातकतह उतिर्ण गरेको वा सो सरह उतिर्ण (शिक्षा संकाय बिषयमा स्नातक गरेकालाई बिशेष प्राथमिकता) ।

अनुभवः

  • प्राारम्भिक बाल स्याहार तथा बिकास क्षेत्रमा कम्तिमा २ बर्षको कार्य अनुभव भएको ।
  • कार्यक्रमको योजना तर्जुमा, कार्यवन्यन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
  • बालबिकास केन्द्र तथा शिक्षा सरोकारवालाहरु संग समन्वय गर्न सक्ने ।
  • समुदायमा बालबिकास उमेर समुहका बालबालिकाहरुको आवश्यकता र रुची पहिचान गरि कार्यक्रम संचालन गर्ने क्षमता भएको ।
  • समुदाय परिचालन तथा बालबालिका संग काम गर्न सक्ने अनुभवभएको ।
  • कम्प्यूटर (वर्ड, एक्सेल, पावरपवाईन्ट) र ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपालीमा बोल्न सक्ने तथा दुवै भाषामा प्रतिवेदन लेख्न सक्ने ।
  • स्थानिय भाषाको राम्रो ज्ञान भएको ।
  • कार्यालयका बिभिन्न तह तथा बिभागमा समन्वय र सहकार्य गर्न सक्ने ।
  • फिल्डमा ७० प्रतिशत समय दिई कार्य सम्पादन गर्न सक्ने ।
  • ३० प्रतिशतकार्यालय तथा ७० प्रतिशत फिल्ड (फिल्डमै बसेर काम गर्नुपर्ने ) ।
  • मोटरसाईकल चालक अनुमतिपत्र प्राप्त गरेको । 

दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरुः

आवश्यक कागजातहरु: नेपाली नागरिकताको फोटोकपी, कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको ब्यक्तिगत विवरण (Bio-Data), अनुभवको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन ।

नोट: संस्थाको पदपूर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्रलिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण नितिको पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजायन भएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्ति हुनु पर्ने छ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतःअमान्य हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०७७।११।२८गते (१२मार्च २०२१) साँझ ५ः०० बजे सम्म । 

आवेदन दिने ठेगानाः

इमेलः vacancy.cfwa@gmail.com

वा

सामुदायिक परिवार कल्याण संघ(CFWA) को कार्यालय, बर्दिवास–१४, नवक्षितिज कलेज जाने बाटो ।

Overview

Category Development and Project
Openings 2
Position Type Full Time
Position Level Mid Level
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Mar, 2021
Apply Before 12 Mar, 2021
City Other - Specify