Field Officer (Education)/कार्यक्रम सुपरभाइजर (स्वास्थ्य–महिला मात्र)

Save the Saptari, Rajbiraj

Details / requirements:

आवश्यकता

प्रकाशित मिति: २०७६।०९।२८ गते

सेभ द सप्तरी, राजविराज  र सेभ द चिल्ड्रेन साझेदारीमा सप्तरी जिल्लामा संचालित समुन्नति (स्पोन्सरसीप) कार्यक्रमका लागि निम्न पदहरु आवश्यकता भएकोले उक्त पदमा इच्छुक नेपाली नागरिकहरुले १० दिन भित्रमा आफ्नो बायोडाटा सहितको निवेदन तल उल्लेखित ईमेल ठेगाना वा कार्यालयमा पठाउनका लागि आह्वान गरिन्छ ।

बिज्ञापन नंः ०२।०७६।०७७

१. पदः Field Officer (Education) — १ (एक)

योग्यता तथा कार्यानुभव:

  • शैक्षिक योग्यताः शिक्षा शास्त्र/समाजशास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
  • शिक्षा कार्यक्रमसँग सम्बन्धित तालिम तथा गोष्ठि आयोजना गरि सहजीकरण गरेको साथै अन्य कार्यक्रम शाखासँग समन्वय गरि कार्यक्रम व्यबस्थापन गरेको । 
  • विद्यालय स्तरीय शैक्षिक गतिविधी, बालविकास केन्द्र, प्राथमिक तहको सिकाई उपलब्धी तथा दैनिक पाठयोजनाको आधारमा कक्षा अवलोकन तथा सहयोग, शैक्षिक सामाग्री निर्माण तथा प्रयोग, विद्यार्थी सिकाई उपलब्धी मापन, साक्षरता तथा गणितिय सीप साथै विद्यालय संग समन्वय गरि विद्यालयको शैक्षिक सुधार योजना निर्माण तथा सो को कार्यान्वयनबारे कम्तिमा २ वर्षको अनुभव ।
  • बालविकास केन्द्रमा शैक्षिक सामाग्री निर्माण तथाप्रयोग साथै बालशिक्षकलाई स्थलगत रुपमा सहयोग गर्न सक्ने सीप भएको
  • बार्षिक कार्यक्रम योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्याकंन तथा समुदाय परिचालन सम्बन्धि कार्यमा कम्तीमा २ बर्षको अनुभव भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने साथै कम्प्युटर सम्बन्धि आधारभूत सीप भएको ।
  • कम्तीमा ७० प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • उमेर २५ बर्ष पुरा भएको हुनुपर्ने । 
  • मोटरसाइकल सवारी चालक अनुमति पत्र प्राप्त भएको हुनु पर्नेछ ।
  • टिममा मिलेर कामगर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।
  • स्थानिय तथा जिल्लास्तरमा सरकारी, गैरसरकारी तथा सहयोगी संरचनाहरुसंग समन्वय गर्न सक्ने ।

बिज्ञापन नं.:०३।०७६।०७७

२. पदः कार्यक्रम सुपरभाइजर (स्वास्थ्य–महिला मात्र) — १(एक) 

योग्यता तथा कार्यानुभवः

  • शैक्षिक योग्यताः Staff Nurse तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
  • कार्यक्रम योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्याकंन तथा समुदाय परिचालन सम्बन्धि कार्यमा कम्तीमा १ बर्षको अनुभव भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने साथै कम्प्युटर सम्बन्धि आधारभूतसीप भएको ।
  • कम्तीमा ७० प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • उमेर २० बर्ष पुरा भएको हुनुपर्ने ।
  • मोटरसाइकल सवारी चालक अनुमति पत्र प्राप्त भएको हुनु पर्नेछ ।
  • टिममा मिलेर काम गर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।
  • स्थानियस्तरमा सरकारी, गैरसरकारी तथा सहयोगी संरचनाहरुसंग समन्वयगर्न सक्ने ।
  • स्थानियभाषा तथा संस्कृतिसंग परिचित ।

द्रष्टव्य:

  • हामी सुरक्षा नीति (Safe Guarding Policy) को पालना गर्छाै ।
  • महिला, दलित, मधेशी, अपाङ्गता भएका व्यक्ति, आदिवासी/जनजाती तथा स्थानिय भाषा बोल्नेलाई बिशेष ग्राह्यता दिइनेछ ।
  • दर्खास्त दिने अन्तिम मितिः २०७६।१०।०८ गते कार्यालय समय ५ः०० बजेसम्म ।
  • दरखास्त पठाउने इमेल ठेगाना: savethesaptari14@gmail.com वा सेभ द सप्तरीको कार्यालय, राजविराज–६, सिराहा रोड ।
  • अन्तिम छनौट (सर्ट लिस्ट)मा परेका उम्मेदवारहरुलाई जानकारी गराई कर्मचारी छनौट प्रकृयामा सामेल गराइनेछ । 
  • कर्मचारी छनौट प्रकृयालाई अवरोध गर्ने वा प्रभावित पार्ने उम्मेदवारहरुलाई छनौट प्रकृयामा समावेश गराइने छैन् ।

पदपूर्ति समिति

सेभ द सप्तरी, राजविराज–७, सिराहा रोड

Overview

Category Development and Project
Openings 2
Salary Rs. /
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 13 Jan, 2020
Apply Before 22 Jan, 2020
City Eastern Region