Driver cum office assistant

Himalayan Health Care Nepal

Details / requirements:

गाडी चलाउनुको साथै कार्यालय सहायकको कार्यभार सम्हाल्नु पर्ने

अनुभवः कम्तिमा ५ वर्ष

उमेर समूहः २५ देखि ४० सम्म

तलब सुबिधाः मासिक रु २५,०००

अफिस समय बाहिर कार्य गर्दा ओभरटाइम सुबिधा

३ महिनाको परिक्षण काल पछिको सुबिधाः

स्वास्थ्य बिमा रु ५०,००० सम्मको (२१ वर्ष मुनिका सन्तान तथा श्रीमति सहित)

दुर्घटना बिमा (रु ७,००,००० सम्मको)

१ बच्चाको बढीमा रु १,५०० सम्मको मासिक पढाई खर्च दिइने

(प्राथमिकताः नख्खु स्थित कार्यालय नजिक बस्नेलाई दिइनेछ तथा मोटरसाइकलको लाइसेन्स प्राप्त नगरेकोलाई छानिने छैन)

कार्य सम्पादनः

१. सवारी चालक लाइसेन्स अनिवार्य रुपमा नविकरण गरेको हुनुपर्नेछ । यसैगरी कार्यलयको गाडी तथा मोटरसाइकलको ब्लु बुक समयमा नै नविकरण गर्नुपर्ने छ ।

२.  सवारि साधन चलाउँदा सवारीको, यात्रुको र बाटोमा हिँड्ने बटुवाको र सुरक्षा गरि सुरक्षित तवरले चलाउनुपर्नेछ ।

३. ट्राफिक नियमको पालना अनिवार्य रुपमा गनुपर्नेछ । सवारी साधनको गति सडकको नियमानुसार चल्नुपर्नेछ ।

४. दैनिक सवारि साधनको अनिवार्य रुपमा सरसफाई, मर्मत सम्भार, सर्भिसिङ, ब्रेक, टायरको अवस्था अनिवार्य रुपमा चेक गर्नुपर्नेछ 

५.  सवारि साधनको मर्मत गर्नु पर्दा कार्यालयको नियमानुसार गर्नुपर्नेछ । कार्यालयसँग सम्पर्क गरि फारम भरि स्वीकृत गराई मात्र गर्नुपर्नेछ 

६.  सवारी साधनको लगबुक दैनिक अनिवार्य रुपमा राख्नुपर्नेछ जसमा गाडिको तेल र सर्भिसिङको  रेकर्ड राख्नुपर्नेछ । दैनिक हाजीरी फाराम भर्नुपर्ने छ ।

७.  यदि सडक दुर्घटना भएको खण्डमा तुरुन्त कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

८. सवारिको पार्किङ सुरक्षित स्थानमा मात्रै गर्नुपर्नेछ ।

९.  कार्यालयको प्रशासनिका कार्य जस्तै बैंक आवत जावत, अस्पतालमा प्रेषण बिरामी भ्रमण, विभिन्न सामाग्रीहरु खरीदमा सहयोग, पोष्ट अफिस जाने, चिया बनाउने, कार्यालयको बगैचा तथा सरसफाईमा मद्त तथा सानातिना मर्मत कार्यमा सहयोग गर्ने

१०.  कार्यालय तथा अधिकृतहरुबाट निर्देशन दिएअनुसारका अन्य कार्यहरु गर्नुपर्नेछ ।

Overview

Category Driver
Openings 1
Position Type Full Time
Position Level Junior Level
Experience 5+ years
Education SEE
Posted Date 29 Jun, 2022
Apply Before 15 Jul, 2022
City Lalitpur