बोलपत्र आह्वान

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित)

मितिः २०७९/०४/१६ गते

भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) प्लान इन्टरनेशनल नेपाल को साझेदारीमा बर्दिया जिल्लामा सञ्चालित बाल विवाह न्युनीकरण (Telethon: Child, Not Bride) परियोजना अन्तर्गत, बर्दिया जिल्लाको मधुवन नगरपालिकामा अपाङ्ग तथा लैङ्गिकमैत्री शौचालय भवन निर्माण गर्न लागिएको छ । साथै ठाकुरबाबा नगरपालिकामा हातधुने स्थान (Hand Station) निर्माण गर्न लागिएकाले  उल्लेखित कार्य गर्नका लागि इच्छुक निर्माण व्यवसायीलाई तपसिल बमोजिमको शर्तको अधिनमा रही यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र (बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) बोलपत्र पेश गर्न यो सार्वजनिक सूचना आह्वान गरिएको छ । 

कामको विवरण 

क्र.सं.कामको विवरणइकाईपरिमाणलागत अनुमान
१.

तीन प्यान भएको बाल मैत्री, अपाङ्ग मैत्री शौचालयको निर्माण।

संरचनाको विवरणः

  • लोड वियरिङ्ग सुपर स्ट्रक्चर भएको
  • आर.सि.सी. छत भएको
  • र्याम्प र रेलिङ्ग भएको
  • छतमा पानी ट्याङ्कि राखेर हरेक प्यानमा पानीको सप्लाई गरिएको
संख्या१ वटारु. १३ लाख ५० हजार
२.

बलाबालिका मैत्री हात धुने स्थानको निर्माण।

संरचनाको विवरणः

  • २० वटा धाराबाट पानी सप्लाई भएको 
  • पानी ट्याङ्की राखेर हरेक धारामा पानी सप्लाई गरिएको
  • हात धोएको पानीलाई ढलको निर्माण गरी उचित व्यवश्थापन गरेको।

१ वटारु ३ लाख

तपशिल

१. बोलपत्र पेश गर्न इच्छुक निर्माण व्यवसायी प्रचलित कानून बमोजिम दर्ता भएको घ वर्गको हुनु पर्नेछ । 

२. बोलपत्र बी–ग्रुप संस्थाको फिल्ड कार्यालय गुलरियाबाट कार्यालय समयमा प्राप्त गर्न सकिने छ । 

३. यस बोलपत्रमा उल्लेखित कामको विवरण अनुसार सामग्री, दक्ष अदक्ष ज्यामीको व्यवस्था गरी पूर्ण रुपमा कार्यसम्पादन गर्न इच्छुक निर्माण व्यवसायीले खरिद गरिएको बोलपत्र फाराममा दरभाउ उल्लेख गरी फर्म दर्ताको प्रमाण–पत्र, फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्र, कर चुक्ता प्रमाण–पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि संलग्न गरी पेश गर्नु पर्नेछ । 

४. बोलपत्र शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर अनिवार्य लेख्नुपर्ने छ र फर्मको छापमा हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।     

५. बोलपत्र फाराममा उल्लेखित दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन । 

६. छनौट भएका निर्माण व्यवसायीले विगतमा काम गरेको कार्यानुभव देखाउने प्रमाण पत्र पनि पेश गर्नु पर्नेछ । 

७. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वयं वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको केन्द्रीय कार्यालय नेपालगञ्जमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ । 

८. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकम यस संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं. १४०१०१७५००३७८ मा रकम दाखिला गरेको सक्कल बैंक भौचर वा बैंक ग्यारेन्टी बोलपत्र दर्ता गर्दा शिलबन्दी बोलपत्र फारमका साथ पेश गर्नु पर्नेछ । 

९.   म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

१०. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।

११. फाराम बुझाउने अन्तिम मिति २०७९/०४/३० गते ५:०० बजेसम्म हुनेछ ।

१२. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेमा नीहित रहने छ । 

पेश गर्नुपर्ने आवश्यक कागजातः

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपि

२. आ.व.२०७७/०७८ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी (भएमा आ.व २०७८/०७९को समेत)

३. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपि

४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपि

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (BID Money) संस्थाको नबिल बैंक नेपालगञ्ज शाखामा रहेको च.हि.नं. १४०१०१७५००३७८ मा रकम दाखिला गरेको सक्कल बैंक भौचर वा बैंक ग्यारेन्टी बोलपत्र दर्ता गर्दा शिलबन्दी बोलपत्र फारमका साथ पेश गर्नु पर्नेछ । 

६. प्रस्ताव आव्हानको नमुना फारम र सन्दर्भ सर्तहरु (TOR) २०७९/०४/२९ गते सम्म संस्थाको फिल्ड  कार्यालय गुलरियामा कार्यालय समयभित्र उपलब्ध हुनेछ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) 

केन्द्रिय कार्यालयः नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८,कारकाँदो,बाँके

फिल्ड कार्यालयः बी–ग्रुप, गुलरिया नगरपालिका वडा नं. ५, जि.स.स रोड, कृषि विकास बैंकका नजिक, बर्दिया

सम्पर्क नम्बरं.– ९८४८१०३८६२, ९८४७९३७४११

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Aug, 2022
Apply Before 15 Aug, 2022
City Banke