बोलपत्र आह्वान सम्बन्धि सुचना
Details / requirements:
जाल्पा एकिकृत विकास समाज
Jalpa Integrated Development Society
त्रियुगा नगरपालिका ११, उदयपुर
बोलपत्र आह्वान सम्बन्धि सुचना ।
(प्रथम प्रकाशित मिति २०८२ । ११ । २६)
IBT no: JIDS/SCM/2026-01
यस जाल्पा एकिकृत विकास समाज उदयपुर र वर्ल्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित प्रायोजन सञ्चालन योजना (SOP) अन्तर्गतका अन्तर्गतका परियोजना लागू भएका गाउँपालिकाको लक्षित समुदायहरूका बालबालिका का लागि तपसिलमा उल्लेखित अनुसूची बमोजिमको सामग्रीहरू आवश्यकता परेको हुँदा र दिर्घकालिन सम्झौता गर्नुपर्ने भएकाल दरभाउपत्र इच्छुक फर्म / कम्पनी, सप्लायर्स वा आपुर्तिकर्ताहरुलाई बोलपत्र मिति २०८२/१२/१० गते (सरकारी विदा परेमा त्यसको भोलि पल्ट) कार्यालय समयभित्र पेस गर्न आह्वान गर्दछौ ।
| सि.न. | सामाग्रिहरू | आवश्यक संख्या | विवरण | कैफियत |
| १ | 2 liner Copy | 34800 | Size: 190 × 250 mm (±3 mm); Inner: single-color printing; Cover page: multicolor printing with organization logos and messages; Inner pages: 70 GSM (±3 GSM) maplitho paper; Cover: 200 GSM (±3 GSM) artboard cover with lamination; Binding: double stitch at center; Number of pages: 100 pages including cover. | |
| २ | Cello Pen | 29000 | Standard ballpoint pen, black ink, 0.7 mm tip, smooth writing, durable plastic body with cap. |
आवश्यक सर्तहरू :
१. शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन प्रथम प्रकाशित मितिले १४ दिनको दिउँसो ५ बजेभित्र शिलबन्दी यस कार्यालयमा अथवा इमेल (पासवर्ड प्रोटेक्टेड) मार्फत पेश गरिसक्नु पर्नेछ । सो दिन सार्वजनिक विदा परे सो को भोलीपल्ट हुनेछ । म्याद नाघी आएको निवेदन दर्ता हुने छैन ।
२. पेश गरिने प्रत्येक बोलपत्रसँग उद्धृत कुल रकमको २% बराबरको बोलपत्र जमानत (Bid Security) अनिवार्य रूपमा संलग्न गरिएको हुनुपर्नेछ। सो बोलपत्र जमानत बोलपत्रदाता सम्बन्धी निर्देशन (Instruction to Bidders) मा उल्लिखित प्रावधान तथा शर्तहरू बमोजिम पेश गरिएको हुनुपर्नेछ ।
३. छनौट भएका फर्मबाट बिल र वस्तु तथा सेवा प्राप्त गरेको ३० दिनभित्र Account Payee Cheque मार्फत सप्लायर्स वा फर्मको नाममा संस्थाले भुक्तानी गरिनेछ । यदि तपाईंको केही भुक्तानीमा शर्तहरू भए जानकारी गराउन सक्नुहुनेछ ।
४. शिलबन्दी कोटेशन खाममा शिलबन्दी अनिवार्य गरेको हुनुपर्ने र पेश गर्दा इच्छुक सप्लायर्स वा सेवा फर्मले स्पष्ट देखिने गरी नाम, ठेगाना, मोबाइल नम्बर सहित पेश गर्नु पर्ने छ, इमेलबाट प्राप्त दरभाउको हकमा यो लागु हुने छैन ।
५. बोलपत्र कागजातमा उल्लिखित निर्देशन बमोजिम आवश्यक नमूना (Sample) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । तोकिएको नमूना पेश नगर्ने बोलपत्रदाताको बोलपत्र स्वतः अयोग्य ठहर गरिनेछ ।
६. शिलबन्दी कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थाको खरिद समितिमा निहित रहनेछ ।
७. शिलबन्दी कोटेशन बुझाउँदा निवेदकका साथमा फर्म सप्लायर्स दर्ता प्रमाणपत्र, PAN/VAT Registration Certificate,करचुक्ता प्रमाणपत्रको प्रतिलिपिका साथै व्यावसायिक सेवा प्रकार समेत खुलाई अनिवार्य बुझाउनुपर्नेछ ।
८. शर्तमा उल्लेखित सम्पूर्ण प्रक्रिया र आवश्यक कागजात पुरा नगरी पेश गरिएको शिलबन्दी पत्र स्वतः रद्द हुनेछ ।
९. यहाँ दिइएको दर एक वर्षको लागि मान्य हुनेछ ।
१०. शिलबन्दी दरभाउ पत्र तलको लिकंबाट प्राप्त गर्न सकिने छ ।
For Additional information regarding this invitation contract
Jalpa Integrated Development Society (JIDS), Udayapur
Tel: 035-422928 / 9762923910
Email: jalpa.procurement@jidsnepal.org.np
If the above Terms and Conditions are acceptable to you, please submit your competitive proposals
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 11 Mar, 2026 |
| Apply Before | 24 Mar, 2026 |
| City | Udayapur |