घर बहालमा लिनका लागी प्रस्ताव आव्हान गरिएको सूचना

One Heart Worldwide

One Heart Worldwide (OHW) is an International Non-Governmental Organization that has been working in the area of Maternal and Neonatal Health (MNH) since 2011. OHW works with local communities and local health service providers to develop a culturally appropriate Network of Safety around mothers and infants, by raising awareness, teaching good practices, and distributing essential equipment to ensure that mothers and infants survive delivery and the first months of life.

Details / requirements:

घर बहालमा लिनका लागी प्रस्ताव आव्हान गरिएको सूचना

वान हार्ट वल्र्डवाईड 

बागडोल, ललितपुर ४, ललितपुर

फोन नं ०१ ५१८८५१५/१६

घर बहालमा लिनका लागि प्रस्ताव आव्हान सम्बन्धि सूचना

वान हार्ट वल्र्डवाईड एक अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । यस संस्थाले विगत १२ बर्ष देखि नेपालमा समाज कल्याण परिषद्सँग साधारण सम्झौता र परियोजना सम्झौताको आधारमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा कार्य गर्दै आइरहेको छ र सन् २०२२ देखि क्रमिक रुपमा कर्णाली प्रदेशका जिल्लाहरुमा कार्यक्रम संचालन गर्न गइरहेको छ ।

यस संस्थालाई क्षेत्रीय कार्यालय संचालन गर्न कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकामा उपयुक्त घर आवश्यक भएकोले यस संस्थालाई घर बहालमा दिन ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुबाट निम्न विवरणहरु सहित प्रस्ताव पेश गर्न आव्हान गरिएको छ ।

क. घर आवश्यक भएको क्षेत्र वा स्थान: सामाजिक बिकाश मन्त्रालयबाट २ कि.मि. भित्र, कर्णाली प्रदेश, सुर्खेत

ख. घरको प्रकृति र अन्य बिवरणहरु देहाय बमोजिम हुनु पर्नेछ ।

१. आर. सि. सि. स्ट्रक्चरमा निमार्ण भएको र कम्तिमा १,००० वर्ग फिटको क्षेत्रफल भएको ।

२. कम्तिमा ५ वटा कोठा भएको जसमा ४ वटा कोठा कार्यालय र मिटिङ कोठाको लागि र १ वटा भान्साकोठा हुनु पर्नेछ ।

३. कम्तिमा १ वटा गाडि र ५ वटा मोटरसाइकल पार्किङ्ग गर्ने सुविधा भएको हुनु पर्नेछ ।

४. २४ सै घण्टा पानी, बत्ती र इन्टरनेटको सुविधा भएको हुनु पर्नेछ ।

५ . घर र जग्गा घेर्ने गरी सुरक्षित वाल कम्पाउण्ड भएको हुनु पर्नेछ ।

ग. प्रस्ताव पेश गर्ने तरिका र आवश्यक विवरणहरु: प्रस्ताव यस संस्थाबाट जारी भएको Request for Proposal (RFP) बमोजिम रितपूर्बका भरी पेश गर्नु पर्नेछ । RFP तलको लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।

https://www.dropbox.com/sh/46o8kmqe9zixsvv/AADtboEnmtwBi-O603mMaU2Qa?dl=0 

उक्त प्रस्तावका साथ निम्नानुसारको कागजातहरु पनि पेश गर्नु पर्ने छ ।

१. जग्गाधनी लालपुर्जा

२. जग्गाको ट्रेस नक्शा

३. घरको नक्शा पास र नगरपालिकाबाट स्वीकृत नक्शा

४. घर निमार्ण सम्पत्र प्रमाणपत्र अथवा घर निमार्ण सम्पत्र भएको तर प्रमाणपत्र लिन बाँकी भए प्रमाणप्रत्र लिनका लागि अवधि बाँकी रहेको खुल्ने कागजपत्र वा प्रक्रियामा रहेको खुल्ने कागजपत्र

घ. प्रस्ताव दाखिला गर्ने तरिका र अन्तिम मिति

यस संस्थाको इमेल nepalprocurement@oneheartworldwide.org मा RFP र आवश्यक कागजातहरु मिति २०७९।०२।०२ गते ५:०० बजे भित्र पेश गरि सक्नु पर्ने छ ।

ङ. घर बहालका शर्तहरु 

१. घर बहाल नेपालको प्रचलित कानुन अनुसार कर सहित घरधनीको बैंक खातामा भुक्तानी गरिने छ । 

२. घर बहाल कर भुक्तानी घरधनीले सम्बन्धित निकायमा गर्नुपर्ने छ र सोको रसिद समयमा नै संस्थालाई उपल्बध गराउनु पर्नेछ ।

च. घर बहालका लागि प्राप्त दरखास्तहरु स्वीकृत गर्ने–नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 03 May, 2022
Apply Before 16 May, 2022
City Surkhet