बोलपत्र आह्वान सम्बन्धी सूचना ।।।

SabalNepal

SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Madhesh Province, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

Details / requirements:

प्रथम पटक प्रकाशित मिति : २०७६/१२/६ गते ।

सेभ द चिल्ड्रेन संगको साझेदारीमा सवल नेपाल राजबिराज र सेभ द सप्तरी राजविराजद्धारा सप्तरी जिल्लामा समुन्नती परियोजना संचालन भईरहेको छ । यस परियोजना अन्तर्गत सप्तरी जिल्लाको बिभिन्न नगरपालिका/गाउँपालिका (सूरुङ्गा, खडक, तिलाठी कोईलाडी, छिन्नमस्ता, राजबिराज र बिष्णुपूर) मा युवाहरुका लागी व्यावसायिक तालिम दिई रोजगारको सुनिश्चितता गर्न सक्ने इच्छुक तालिम तथा रोजगार प्रदायक सँस्था/कम्पनी/फर्महरुबाट तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी शिलबन्दी दरखास्त आह्वानको लागि यो सुचना प्रकाशित गरिएको छ । 

शर्तहरु :
#    संस्थादर्ता र नविकरण गरिएको प्रमाण पत्र ।
#    नेपाल सरकारबाट व्यवसायिक तालिम संचालनका लागी विवरण सहितको ईजाजत प्रमाण पत्र । 
#    मूल्य अभिबृद्धि कर तथा आयकरमा दर्ता भएको प्रमाण पत्र 
#    आ. व. २०७५/०७६ को कर चुक्ता प्रमाण पत्र 
#    आ. व. २०७५/०७६ को लेखापरिक्षणको (Audit Report) प्रतिबेदन 
#    संस्थाको तालिम प्राप्त युवाहरुलाई रोजगार सिर्जनाका लागि स्वघोसित प्रतिवद्धता ।
#    संलग्न हुने जनशक्तिको ब्यक्तिगत बिवरण Biodata
#    राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्दे आईरहेको तथा बाल सुरक्षा नीति अबलम्बन गरेकोलाई विशेष ग्राहयता दिइनेछ ।
#    शिलबन्दी दरखास्त आवश्यक सम्पूर्ण कागजात सहित पेश गर्ने समयावधी मिति २०७६।१२।६ गते देखि २०७६।१२।२० गतेसम्म विहान १०ः०० बजेदेखि ०५ः०० बजेसम्म रहनेछ र सो समयावधी पश्चात प्राप्त शिलबन्दी दरखास्त स्वतः बदर ठहरिनेछ । प्राप्त बोलपत्रहरु सम्बन्धित बोलपत्र पेश कर्ताहरुको उपस्थितीमा मिति २०७६/१२/२१ गते शुक्रबारका दिनको ३ बजे सबल नेपालको केन्द्रीय कार्यलय राजविराज, सप्तरीमा खोलिने छ । तोकिएको मिति, समय र स्थानमा बोलपत्र पेशकर्ता उपस्थित नभएको खण्डमा समेत बोलपत्र खोल्न सकिनेछ ।
#    यस शिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

यस शिलबन्दी बोल पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको तल उल्लेखित कार्यालयमा सम्पर्क राख्न सकिनेछ र व्यावसायिक तालिम सम्बन्धी सामाग्रीहरुको Quotation फारम र TOR संस्थामा निःशुल्क उपलब्ध गराईनेछ वा संस्थाको वेबसाईटबाट Download गर्न सकिनेछ तथा ईमेल मार्फत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।

बिस्तृत जानकारी तथा बोलपत्र पेश गर्ने सम्पर्क ठेगाना :

सबल नेपाल
मुख्य कार्यालय, राजबिराज –१, सप्तरी
फोन नं. ०३१ ५२३४४१    

सेभ द सप्तरी 
राजबिराज सप्तरी
फोन नं.०३१ ५२०९४२
वा 
सबल नेपाल
फिल्ड कार्यालय, खडक नगरपालीका कल्याणपूर (ग्रामिण बिकास बैंकको उतर पट्टी)
इमेल : procurementsabal@gmail.com
(नोट : यो सुचना यस संस्थाको वेब पेज  www.sabalnepal.org.np  or www.savethesaptari.org.np मा पनि हेर्न सकिनेछ ।)

Overview

Category Tender
Experience Please check details below.
Education Please check details below.
Posted Date 19 Mar, 2020
Apply Before 02 Apr, 2020
City Terai Region