बोलपत्र आह्वान

Geruwa Rural Awareness Association (GERUWA)

Details / requirements:

बोलपत्र आह्वान

मितिः २०७८।०५।२८गते

उपरोक्त सम्बन्धमा गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (Adolescent SRHR Project) परियोजना अन्तर्गत ठाकुर बाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवननगरपालिका र गेरुवा गाँउपालिकाका ४ वटा बिद्यालयहरुमा पुराना शौचालय मर्मत र नयाँ हातधुने स्थानको निर्माण गर्नुपर्ने भएकोले, सम्पूर्ण सामाग्री सहित प्रस्ताव आव्हान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको सर्त पुरा गर्ने संस्थाले यो सुचना प्रकाशित मितिले १५ (पन्ध्र) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ ।साथै प्रस्ताव आव्हानको नमुना फारम/विवरण कार्यालयबाट उपलब्ध गराईने छ ।

पेशगर्नुपर्ने आवश्यककागजात:

१.  कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२.  आ.व.२०७६/०७७को कर चुक्ता प्रमाणपत्र प्रतिलिपी

३.  स्थायी लेखानम्बर प्रमाणपत्र प्रतिलिपी

४.  प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी

५.  प्रस्तावकले प्रस्ताव गरेको जम्मामूल्य ( भ्याट बाहेक ) को हुनआउने  रकमको २.५ प्रतिशत BID Money को बैंक जमानीपत्र संलग्न गर्नुपर्नेछ ।

६.  प्रस्ताव आव्हानको नमुना फारम २०७८।०६।१० गते कार्यालय समयभित्र उपलब्ध हुनेछ ।

७.  प्रस्तावना पेश गर्ने अन्तिम मिती २०७८।०६।११ दिउसो १२ः०० बजे भित्रभित्र पेश गर्नुपर्ने छ ।

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

गेरुवा ग्रामीण जागरण संघ, बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ जिविस रोड

सम्पर्क नम्बरं.–०८४–४२००४१ 

वा

नेपालगञ्ज, बाँके (करमोहनाजाने बाटो)

सम्पर्क नम्बर–०८१–४१६०३२ 

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 15 Sep, 2021
Apply Before 29 Sep, 2021
City Bardiya