प्रबन्धक/ लेखापाल/कृषि जे.टि.ए. /बजार प्रतिनिधी/रिसेप्सनिष्ट

Sana Kishan Agriculture Cooperative LTD

Details / requirements:

साना किसान कृषि सहकारी संस्थालि.

बरहथवा–७, सर्लाही

कर्मचारी आवश्यक्ता सम्बन्धि सुचना

सुचना प्रकाशित मितिंः २०७८।०२।०६ गते

साना किसान कृषि सहकारी संस्था लि. ले विगत १० बर्ष देखी यस सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा बचत, ऋण, लघुबित्त, रेमिट, बिउ उत्पादन, प्रशोधन तथा बिक्रीबितरण सम्बन्धि सेवाहरु संचालन गर्दै आइरहेको छ । यसै सन्र्दभमा साना किसान कृषि सहकारी संस्था लि.ले संस्थाको बिभिन्न कार्य तथा सेवा संचालनको लागी तपशिल अनुसारका कर्मचारी आवश्यक्ता भएकोले इच्छुक नेपाली नागरिकहरुले सुचना प्रकाशन भएको मितिले १ दिनभित्र दरखास्त पेश गर्न यो सुचना प्रकाशित गरिएको छ । 

१. पदः प्रबन्धक

संख्या:  १(एक) जना

न्यूनतम शैक्षिक योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट बजारशास्त्र, लेखा वा वाणिज्य संकायमा स्नातकोत्तर तह उतिर्ण गरी सहकारी क्षेत्रमा कम्तिमा दुइवर्ष अनुभव भएको वा स्नातक तह उतिर्ण गरी तिन वर्ष अनुभव भएको 
  • प्रस्तावना र प्रतिवेदन लेखन, बजेट निर्माण, योजना निर्माण, अनुगमन तथा मूल्यांकन सम्बन्धि सिप भएको साथै कार्यालय व्यवस्थापन सम्बन्धि विशेष अनुभव भएको ।
  • जिल्ला तथा स्थानिय तहका सम्पूर्ण सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्न सक्ने ।
  • संस्थाका विभिन्न समूहहरु सहजिकरण तथा परिचालन सम्बन्धि ज्ञान सीप भएको ।
  • MS Office/Power Point/Internet सम्बन्धि पूर्ण ज्ञान हुनुका साथै सहजीकरण, प्रस्तुतिकरण तथा प्रभावकारी सञ्चारको राम्रो सीप भएको ।
  • आफु मातहतका कर्मचारीहरुलाई व्यवस्थापन, परिचालन र नेतृत्व गर्न सक्ने क्षमता भएको ।

२. पदः  लेखापाल

संख्या:  १ ( एक ) जना

न्यूनतम शैशिक योग्यता:

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट बजारशास्त्र, लेखा वा वाणिज्य संकायमा प्रबिणता प्रमाण पत्रतह उतिर्ण गरी वित्त तथा प्रशासनको क्षेत्रमा कम्तिमा दुईवर्ष अनुभव भएको ।
  • लेखा तथा प्रशासन सम्बन्धि जानकारी भएको ।
  • सानो नगदीकोष, खरीद तथा जिन्सि व्यवस्थापन सम्बन्धि कार्य अनुभव भएको ।
  • सफ्टवयर (लेखा) सम्बन्धि ज्ञान भएको ।
  • MS Office/Power Point/Internet  सम्बन्धि पूर्ण ज्ञान हुनुका साथै सहजीकरण, प्रस्तुतिकरण तथा प्रभावकारी सञ्चारको राम्रो सीप भएको ।a
  • डकुमेनटेसन सम्बन्धि ज्ञान भएको ।
  • नेपाल सरकारको कर, कर तिर्ने तरिकाहरु  तथा समाजिक सुरक्षाकोष सम्बन्धि जानकारी भएको ।
  • संस्थाको आन्तरिक तथा वाह्य प्रतिवेदनहरु तयार गर्न सक्ने ।
  • संस्थाको लेखा परिक्षणको लागि आवश्यक प्रतिवेदन तयार गरी लेखापरिक्षकलाई उपलब्ध गराउनु पर्ने तथा लेखापरिक्षण कार्यमा सहयोग पु¥याउन सक्ने ।
  • संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ तुल्याउन आवश्यक भूमिका निर्वाह गर्न सक्ने ।

३. पदः कृषि जे.टि.ए. 

संख्या:  १ (एक)  जना

न्यूनतम शैक्षिक योग्यताः

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी न्यूनतम एक वर्षे जे.टी.ए. (बाली विज्ञान) तालिम प्राप्त वा कृषिश्रोत ब्यक्तिको रुपमा न्युनतम ३ बर्षको अनुभव भएको,
  • कार्यालयले बिउ उत्पादन, प्रशोधन, भण्डारण तथा बजारिकरण गर्दा सम्पुर्ण प्रकृयामा सहयोग गर्ने ।
  • स्थलगत रुपमा किसान तथा शेयरधनीहरुलाई कृषि सम्बन्धि परार्मश दिई सहयोग गर्न सक्ने सीप भएको ।
  • बार्षिक कार्यक्रम योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्यांकनगरी प्रतिबेदन दिन सक्ने । 
  • कम्प्युटर सम्बन्धि राम्रो सीपभएको ।
  • कम्तीमा ७० प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • मोटरसाइकल सवारी चालक अनुमतिपत्र प्राप्त भएको हुनुपर्नेछ ।
  • टिममा मिलेर काम गर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।
  • सरोकारवालाहरु संग समन्वय गर्न सक्ने ।

४. पदः बजार प्रतिनिधी

संख्या:  १ (एक)  जना

न्यूनतम शैक्षिक योग्यताः

  • मान्यता प्राप्त शिक्षण संस्था बाट बजार शास्त्र, लेखा वा वाणिज्य संकायमा प्रबिणता प्रमाण पत्रतह उतिर्ण गरी वित्त तथा प्रशासनको क्षेत्रमा कम्तिमा दुई वर्ष अनुभव भएको
  • लेखा तथा प्रशासन सम्बन्धि जानकारी भएको ।
  • डकुमेनटेसन सम्बन्धि ज्ञान भएको ।
  • कम्तीमा ७५ प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • कम्प्युटर सम्बन्धि राम्रो सीपभएको ।
  • टिममा मिलेर कामगर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।

५. पदः रिसेप्सनिष्ट

संख्याः  १ (एक)  जना

न्यूनतम शैक्षिक योग्यताः

  • मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रबिणता प्रमाण पत्रतह उतिर्ण भएको ।
  • लेखा तथा प्रशासन सम्बन्धि सामान्य जानकारी भएको ।
  • डकुमेनटेसन सम्बन्धि ज्ञान भएको ।
  • सदस्य तथा सेवाग्राहीहरुसंग समन्वय गर्न सक्ने क्षमता भएको । 
  • कम्प्युटर सम्बन्धि सीप भएको ।

द्रष्टव्यः

उमेरः –   १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको ।

आवश्यक कागजातहरुः–

  • निवेदन सहित नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा (व्यक्तिगतविवरण), पासपोर्ट साईजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि ।

छनौट प्रकृयाः– शैक्षिक तथा कार्य अनुभवको अधारमा छनौट भएको उम्मेदवारलाई मात्र लिखित तथा मौखिक परिक्षाको लागी

सम्पर्क गरिनेछ ।

(कर्मचारी छनौट प्रक्रियालाई अवरोध गर्ने वा प्रभावित पार्ने उम्मेदवारहरुलाई छनौट प्रक्रियामा समावेश गराइने छैन ।)

तलब सुविधाः– संस्थाको नियमानुसार हुनेछ ।

कागजपत्र पेश गर्ने ठेगानाः संस्थाको कार्यालय वा vacancy.sanakishan@gmail.com

विस्तृत जानकारीको लागी

पदपूर्ति उप–समिति

सानाकिसान कृषि सहकारी संस्थालि.

बरहथवा–७, सर्लाही

सम्पर्क नं. ०४६–५४००२५÷९८५४०५२०२५

Overview

Category Administrative / Management, Sales, Front Office / Secretarial, Development and Project
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 May, 2021
Apply Before 19 Jun, 2021
City Terai Region