आसय पत्र आह्वान

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

आसय पत्र आह्वान

(Expression of Interest)

Terms of Reference (संदर्भ शर्तहरु )

विषय (Agenda): केटा, केटी र फरक लैङ्गिक पहिचान भएका वाल वालिकाहरुको समान अधिकारको सवालमा सडक नाटकको तयारी गरी मञ्चन गर्ने ।

स्थानः ईश्वरपुर र हरिपुर नगरपालिकाका विभिन्न वडाहरु

अवधिः १५ दिन

संस्थाको परीचय

ग्रामीण नारी उत्थान संघले २०५० साल देखि सर्लाही जिल्ला र केही बाहिरका जिल्लाहरुमा महिला सशक्तिकरण, नागरिक अधिकार, स्वशासन, सुशासन, शान्ति र समावेशिकरण, प्रकोप व्यवस्थापन तथा जोखिम न्युनिकरण, लैङ्गिक समता, दिगो कृषि, जीविकोपार्जन, वाल अधिकार, वाल शिक्षा र वाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुका साथै जनसरोकारका सवालहरुमा काम गर्दै आएको एक गैर सरकारी संस्था हो । 

यसै सन्दर्भमा सेभ द चिल्ड्रन र यस ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालन भईरहेको 'SIDA Civil Society Organizations Capacity Strengthening Program'  अन्तर्गत बाल बालिकाहरुका अधिकारको संरक्षण एवं संवर्दनका लागि विभिन्न विकृति तथा अस्वभाविक व्यवहारलाई रुपान्तरण गरी वाल मैत्री शाशनको दिशा तर्फ उन्मुख गराउनका लागि नाटक एक सशक्त माध्यम हो । तसर्थ ‘‘वाल श्रम शोषणको अन्त्य, वाल विवाह रोक थामको लागि नागरिक समाज (वाल क्लव सञ्जाल, रुवा, स्थानिय सरकार आदि) को भुमिका सहित केटा, केटी र लैङ्गिक पहिचान फरक भएका वाल वालिकाहरुको समान अधिकारको सवाल” मा ईश्वरपुर र हरिपुर नगरपालिकाका नगर स्तरिय वाल क्लव सञ्जालका वाल वालिकाहरु सहितको कलाकार समूहका प्रतिनधिहरु(केटा र केटी) सहितको कलाकारहरुद्धारा सडक नाटक पस्तुत् गर्नको लागि स्क्रिप्ट तयार गरी आवश्यक अभ्यास र सडक नाटक प्रदर्शनी गर्नु पर्ने भएकोले ईच्छुक संघ संस्थाहरुबाट ५ दिन भित्र आसय पत्र यस संस्थामा बुझाउनको लागि यो सुचना प्रकासित गरएको छ ।  

कार्यक्रमको उद्देश्यः

  • केटा, केटी र फरक लैङ्गिक पहिचान भएका सवै वाल वालिकाहरुको समान अधिकारको सवालमा जनचेतना जगाई पैरवीको लागि नागरिक समाजलाई अभिप्रेरित गराउने ।

विशिष्ट उद्देश्यः

  • वाल श्रम शेषणको अन्त्य, वाल विवाह रोकथाम, संकटासन्न अवस्थामा रहेका, जातिय, लैङ्गिक, अल्पसख्यक, विभेदमा परेका, दलित र अपाङ्गता भएका वाल वालिकाहरुको लागि समान अधिकार सुनिस्चिताका लागि वाल क्लव सञ्जाल एक माध्यमको रुपमा परिचित गराउने ।
  • वाल अधिकारको लागि नागरिक समाजमा रहेका सबै स्थानिय सरकार, संस्था, समूह तथा सञ्जालहरुको भुमिकाको बारेमा सकारात्मक सन्देश प्रवाह गराउने ।
  • वाल अधिकारको लागि नागरिक समाजको भुमिकाको बारेमा जनचेतना जगाउने ।
  • वाल मैत्री शासनको लागि वाल वालिका तथा नागरिक समाजलाई अभिप्रेरित गराउने ।

कार्यक्षेत्र (Scope of Work)

  • सडक नाटक प्रदर्शनका लागि सवै वस्तुहरु पोशाक, मेकअप, स्क्रिप्ट, लगायतका सवै सामाग्रिहरुको तैयारी गर्नु पर्नेछ ।
  • सडक नटक तयारी तथा प्रदर्शनीका क्रममा खाजा, खाना लगायतको सबै तयारी गर्नु पर्नेछ । 
  • ईश्वरपुर र हरिपुर नगरपालिकाका सबै वडाका वढि आवत जावत हुने स्थानका लक्षित समुदायमा पुगेर सडक नटक प्रदर्शन गर्नु पर्नेछ ।
  • नाटकको लागि स्क्रिप्टको बारेमा यस संस्था र छनौटमा परेका संस्था विच छलफल गरिेनेछ । 
  • स्थानिय वाल कलाकार यस संस्थासँगको समन्वयमा छनौट गरिनेछ । 
  • छनौटमा परेका संस्थाले अनुभवी कलाकारहरुको सुची पेश गर्नु पर्ने छ ।
  • नाटकका दर्शकहरुलाइ उचित स्थानमा उपस्थितिका लागि पुर्व जानकारी गराउनु पर्नेछ ।

विधि (Methodology)

  • स्क्रिप्ट लेखन, छलफल तथा फाईनल, कालकार छनौट, रियलसल, नाटक मंचन गर्ने स्थानको पुर्व जानकारी, स्थानिय सरकारसँग समन्वय तथा निमन्त्रणा, पुर्व सुचना प्रवाहीकरण, फोटो तथा भिडियो, दर्शको प्रतिक्रिया र समापन ।

प्रतिफल (Output/ Deliverables)

  • सुरुको रणनितिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, गुणात्मक प्रभावको बारेमा नाटक मञ्चन पश्चात देखिने प्रभावको बारेमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।

सहभागि (Participants)

नटक प्रस्तुत गर्ने स्थानिय वाल कलाकार सहितको टीम, दर्शकहरु, निर्वाचित जनप्रतिनिधिहरु, सहयोगी संस्थाको प्रतिनीधि, आयोजक संस्थाका पधाधिकारी तथा कर्मचारीहरु, पत्रकारहरु, तथा अन्य 

स्थान (Location)

ईश्वरपुर र हरिपुर नगरपालिकाका सवै वडाहरुका सवै जनसमुदायलाई पायक पर्ने जनघनत्व बढी भएको लक्षित समुदाय(खुल्ला चोक।चौर आदि)

समय (Time Frame)

विहान र दिउँसो 

सेवा प्रदायकको जवावदेहिता (Responsibility of Firm)

  • नाटकको स्क्रिप्ट लगायतका कलाकार, नाटय सामाग्रि वाद्यवादन यन्त्रको व्यवस्था
  • नगरपालिकाको वालअधिकार संरक्षण सम्वन्धि रणनीतिको अध्ययन
  • वालविवाह तथा वाल श्रम उन्मुलनका लागि स्थानिय तहले अख्तियार गरेको रणनीति सम्वन्धि जानकारी
  • नाटक मंचनका कार्यमा समुदायवाट सहयोग तथा सहजिकरणको वातावरण निर्माण ।

योग्यताः (Qualification)

  • नाटकको स्क्रिप्ट लेखन गर्न सक्ने ।
  • नाटक खेल्ने अनुभवि कलाकारहरु भएको हुनु पर्नेछ ।
  • वाल विवाह तथा वालश्रमको अन्त्य हुने तथा वाल अधिकार संरक्षित हुने गरी सामाजिक सचेतना जागरण गर्न सक्ने क्षमता भएको नाटय कलाकारको टीम भएको संस्था वा नीजि फर्म ।
  • नाटक प्रस्तुत गरेको अनुभव
  • असल प्रतिवेदन दिन सक्ने सीप भएको ।

आवस्यक कागजातः

  • भ्याट वा प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि 
  • फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि 
  • बित्तिय प्रस्ताब पत्र (बजेट प्रस्ताब) 
  • प्राबिधित प्रस्ताब (नाटक संचालन गर्ने प्रक्रिया वा कार्यबिधि र कार्ययोजना )
  • वाल अधिकार सम्बन्धी पहिले गरिएको सडक नाटकको  स्क्रिप्टको प्रतिलिपि कम्तीमा एक वटा

ईच्छुक फर्म तथा संस्थाले माथि उल्लेख गरिएका बुदाहरुलाई ख्याल गरी ग्रामीण नारी उत्थान संघ, हरिपुर सर्लाहीको तल उल्लेखित आधिकारीक ईमेल ठेगानामा आई पुग्ने गरी यहि मिति २०७९।०६।२१ गते सम्ममा आशय पत्र माग गरिएको ब्यहोरा जानकारी गराउदछौ ।

ईमेल: rwua.vacancy@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 28 Sep, 2022
Apply Before 07 Oct, 2022
City Sarlahi