कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापन

Green Tara Nepal(GTN)

Green Tara Nepal, a non-political, non-profit making non-governmental organization, established in 2007, has been working in the field of maternal and child health. It works in research, publications, advocacy, training and social mobilization in a holistic community development approach. Green Tara Nepal aims to bridge the gap between rural and urban, rich and poor and men and women in accessing services and improving healthy behaviors through community development and health promotion approach.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि विज्ञापन

छाउपडी प्रचलनको अन्त्य, मर्यादित महिनावारी/महिनावारी स्वेच्छता, प्रजनन स्वास्थ्य, विद्यालय स्वास्थ्य प्रवर्धन तथा गर्भवती, प्रसुती, सुत्केरी तथा नवजात शिशु स्वास्थ्य प्रवर्धन गर्ने उद्धेश्यले ग्रिन तारा नेपाल तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले करुणा जर्मनी, तथा करुणा ट्रष्ट तथा बिएमजेड आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय तहसित समन्वय तथा सहकार्यगरि आगामी ३ वर्षसम्म विद्यालय तथा समुदाय लक्षित कार्यक्रमहरु संचालन गर्ने उद्धेश्यका साथ “गरिमा परियोजना” संचालन गर्न लागेको छ। उक्त परियोजना संचालनको लागि तपसिल बमोजिमको स्थानीय कर्मचारी आवश्यक रहेको हुँदा योग्यता पुगेका इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. एक – २०७८/७९

पद: शिक्षा परिचालक (Education Mobiliser)

शैक्षिक योग्यता: शिक्षा (स्वास्थ्य विषय) मा १२ कक्षा उर्तिण (स्नातक तहलाई ग्राह्यता) – महिला

आवश्यक संख्या: २ (दूई)

कार्यक्षेत्र:

  • खप्तड छान्ना गाउँ पालिका, बझाङ्गको माध्यामिक विद्यालयहरुको लागि (एक जना)
  • खप्तड छेडेदह गाउँ पालिका बाजुराको माध्यामिक विद्यालयहरुको लागि (एक जना)

आवश्यक अनुभव/योग्यताः

  • उमेर १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेको ।
  • दलित, जनजाति, आदिवासी, विवाहित र स्थानीय तथा स्थानीय भाषा बोल्न जान्नेलाई ग्राह्यता ।
  • सम्बन्धीत क्षेत्रमा काम गरेको स्थानीय अनुभवीलाई प्राथमिकता ।

कार्य विवरण:

  • शिक्षक, अविभावक तथा विद्यालय व्यवस्थापन समितिसित समन्वय गरि विद्यालय स्वास्थ्य प्रवर्धन गर्ने ।
  • विद्यालयमा सम्मानित महिनावारी, महिनाबारी स्वच्छता, कोभिड, खानेपानी र सरसफाई प्रवर्धन गर्ने ।
  • बाल क्लव तथा किशोरी क्लव निर्माणगरि उनीहरुलाई बैठक तथा अतिरिक्त कृयाकलापहरु संचालन गर्न परिचालन, समन्वय र सहयोग गर्ने ।
  • विद्यालय स्वास्थ्य तथा किशोरी सञ्जालको परिचालन तथा अनुगमन गर्ने ।
  • विद्यालयसित नियमित समन्वय र सहकार्य गरि परियोजना अन्तर्गत तोकिएका कृयाकलापहरु संचालन गर्ने ।
  • नियमित रेकर्डिङ्ग तथा रिपोर्टिङ्ग ।

विज्ञापन नं. दूई – २०७८/७९

पद: समुदाय परिचालक (Social Mobiliser)

शैक्षिक योग्यता: अ.न.मी/सि.एम.ए उर्तिण – महिला

आवश्यक संख्या: २ (दूई)

कार्यक्षेत्र:

  • खप्तड छान्ना गाउँ पालिका, बझाङ्गको वडा नं. ६ र ७ कोलागि (एक जना)
  • खप्तड छेडेदह गाउँ पालिका बाजुराको वडा नं. १ र २ कोलागि (एक जना)

आवश्यक अनुभव/योग्यताः

  • उमेर १८ वर्ष पुरा भइ ४५ वर्ष ननाघेको ।
  • दलित, जनजाति, आदिवासी, विवाहित र स्थानीय तथा स्थानीय भाषा बोल्न जान्नेलाई ग्राह्यता ।

कार्य विवरण:

  • सम्बन्धीत क्षेत्रमा काम गरेको स्थानीय अनुभवीलाई प्राथमिकता ।
  • लक्षित वडाका स्वास्थ्य संस्था तथा स्वास्थ्य संस्था व्यवस्थापन तथा संचालन समितिसित समन्वयगरि प्रजनन स्वास्थ्य प्रवर्धनकोलागि कार्य गर्ने ।
  • लक्षित वडाहरुमा स्वास्थ्य आमा समूहको गठन तथा परिचालन, किशोरी समूह, महिला स्वास्थ्य स्वयं सेविकाहरुको बैठक तथा भेलागरि महिनावारी स्वेच्छता, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कृयाकलापहरु सञ्चालन गर्ने ।
  • स्वास्थ्य संस्था तथा स्वास्थ्य आमा समूहसित समन्वगरि विशेष दिवस तथा यौन÷प्रजनन र महिनावारी अधिकारकोलागि विविध कृयाकलापहरु संचालन गर्ने ।
  • धामी/झाक्री, पुरोहित, सासु, पुरुष समूह तथा परिवारका निर्णयकर्ताहरुसित समन्वय तथा सहकार्य गर्ने ।
  • नियमित रेकर्डिङ्ग तथा रिपोर्टिङ्ग ।

नियुक्तीको प्रकारः करार (परियोजना अवधिको लागि)

करार अवधि: करार अवधि रहने ३१ डिसेम्बर २०२२ सम्मको हुनेछ । कार्य सम्पादन मूल्यांकनको आधारमा करार अवधि थप हुन सक्नेछ।

तलब तथा सुविधाः संस्थाको नियम अनुसार ।

दरखास्त दिने अन्तिम मिती: २०७८/०८/१५ गते सम्म

पेश गर्नुपर्ने कागज पत्र विवरणः

  • व्यहोरा खुलेको निवेदन ।
  • Curriculum Vitae (सम्पर्क फोन नं. तथा ई–मेल खुलाइएको हुनुपर्ने)
  • सम्बन्धीत कोर्ष उर्तीण गरेको प्रमाण पत्र ।
  • नेपाली नागरिकताको प्रमाण पत्र ।

निवेदन दिने तरीकाः

उल्लेखित योग्यता पुगेका उम्मेदवारहरुले निवेदन (पद तथा ईच्छाईएको पालिका खुलाई) माथि उल्लेखित कागजात hrgreentara2007@gmail.com वा inforeednepal@gmail.com मा २०७८/०८/१५ भित्र आईपुग्ने गरि ई–मेल गर्नुहोला ।

  • छनौट गर्ने सर्वाधिकार परियोजना संचालन गर्ने संस्थामा निहित हुनेछ । योग्यता पुगेका निवेदकलाई मात्र छनौट प्रकृयामा सामेल गराईनेछ ।
  • छनौट भएका उमेदवारले स्थायी लेखा नम्बर, कार्य अनुभव र तालिमको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

छनौट परिक्षाको किसिम: संस्थाको छनौट समितिले निर्धारण गरे बमोजिम (आधुनिक सूचना प्रविधिको प्रयोगगरि लिखित तथा मौखिक) ।

सम्पर्क मिति: फोनबाट जानकारी गराईनेछ ।

Overview

Category Development and Project
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 Nov, 2021
Apply Before 01 Dec, 2021
City Kathmandu