कर्मचारी आवश्यकता सम्वन्धी सूचना

Jan Kalyan Yuwa Samittee

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः  २०७८५/२५ गते

गढिमाई नगरपालिका, रौतहटको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा जन कल्याण यूवा समिति (JKYS) को सहजिकरणमा गढिमाई नगरपालिका, रौतहटमा संचालित “कृषि तथा पशु वस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१.   पदः   प्राविधिक संयोजक

पद संख्याः  १ (एक) जना

न्युनतम योग्यता र कार्यअनुभव ः

  • BVSc and AH उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा १ वर्षको कार्यनुभव वा  ISc.Ag Animal Science उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा ३ वर्षको कार्यनुभव भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कृषि तथा पशुबस्तुको बजारीकरण सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet)  सम्वन्धी दक्षता भएको ।
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • प्राविधिक संयोजक परियोजना क्षेत्रमा (field based) १०० प्रतिशित रहि काम गर्नुपर्नेछ ।
  • अनिवार्य रुपमा मोटरसाईकलको लाईसेन्स र मोटरसाईकल हुनुपर्ने ।
  • अनिवार्य रुपमा ल्यापटोप (कम्प्युटर) हुनुपर्ने ।

२)  पदः   लेखापाल

पद संख्याः  १ (एक) जना

न्युनतम योग्यता र कार्यअनुभवः 

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा १ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
  • कम्प्युटर सम्वन्धी दक्षता भएको । 
  • स्मार्ट सफ्टवेयर सम्वन्धी ज्ञान, अनुभव र चलाउन जानेको हुनुपर्ने ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको । 
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • सार्वजनिक खरिद ऐन सम्बन्धि ज्ञान भएको ।
  • नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिका सँग समन्वय र सम्पर्क राख्न सक्ने ।
  • अनिवार्य रुपमा मोटरसाईकलको लाईसेन्स र मोटरसाईकल हुनुपर्ने ।
  • अनिवार्य रुपमा ल्यापटोप (कम्प्युटर) हुनुपर्ने ।
  • लेखापालले ६० प्रतिशत फिल्डमा रही कार्य गर्नुपर्नेछ ।

३) पदः   युवा सहजकर्ता

पद संख्याः   १ जना

न्युनतम योग्यता र कार्यअनुभवः 

  • स्नातक तह उत्तिर्ण गरी कम्तीमा NGO/INGO  क्षेत्रमा ३ वर्षको कार्यानुभव भएको ।
  • समुदाय परिचालन वा समुदाय सहजिकरण सम्बन्धि ज्ञान, सिप र अनुभव भएको,
  • युवा वर्गहरुलाई परिचालन गर्न सक्ने ज्ञान, सिप र अनुभव भएको,
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • सानाकिसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको  । 
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet)  सम्वन्धी दक्षता भएको ।
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • कम्तीमा १०० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नुुपर्नेछ ।
  • अनिवार्य रुपमा मोटरसाईकलको लाईसेन्स र मोटरसाईकल हुनुपर्ने ।
  • अनिवार्य रुपमा ल्यापटोप (कम्प्युटर) हुनुपर्ने ।

४   पदः   सामुदायिक सहजकर्ता

पद संख्याः   ७ जना

न्युनतम योग्यता र कार्यनुभव:

  • १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध र तरकारीको मुल्य श्रृंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • स्वावलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको । 
  • स्वतन्त्ररुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
  • समुदाय स्तरमा  र दुर्गम क्षेत्रमा भ्रमण तथाकाम गर्न रुचि भएको ।
  • सम्वन्धित पालिकामा स्थाई बसोवास भएकोलाई विशेष ग्रह्यता दिइनेछ ।

नोटः 

१. सामुदायिक सहजकर्ता पदमा महिलालाई प्राथमिकता दिइने छ ।

२. सेवा सुविधा:  परियोजनको नियमानुसार हुनेछ ।

३.   दरखास्तदिने अन्तीम मिति: २०७८/५/३१ कार्यालय समय ५.०० बजेभित्र ।

४.   परिक्षाको किसिम:  लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

५.   आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी जन कल्याण यूवा समितिको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ । 

६.   सम्वन्धित पालिकामा स्थाई बसोवास भएकोलाई विशेष गा्रहयता दिइनेछ ।

७.   प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

जन कल्याण यूवा समिति

गढीमाई नगरपालिका–१, समनपुर

कार्यालय: –चन्द्रपुर– ४, देउराली चौक एरिया  

सम्पर्क नं. :–९८५५०४१६०१,९८६५०५०६८७

Email :- jankalyanys@gmail.com

Overview

Category Development and Project
Openings 11
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 10 Sep, 2021
Apply Before 16 Sep, 2021
City Mid-Western Region