कर्मचारी आवश्यकता

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०७८/०४/०५

रतौली युवा क्लबसेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा संचालित समुन्नति (Sponsorship) कार्यक्रमका लागि १८ वर्ष पुराभई ५० बर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक तथा अनुभवी नेपाली नागरिकहरु बाट ७ दिनभित्र आफ्नो बायोडाटा सहितको निवेदन तल उल्लेखित ईमेल ठेगाना वा कार्यालयको सम्पर्क ठेगानामा मा पठाउनका लागिआह्वान गरिन्छ ।

बिज्ञापन नंः  ०१-०७८/०७९

१.)  पदः विपत जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन कार्यक्रम संयोजक – १ जना

समुन्नति कार्यक्रम अन्तर्निहित  विपत जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन संग संबन्धित कार्यहरु गर्ने–गराउने प्रमुख व्यक्तिको रुपमा कार्यक्रम संयोजकले  कार्यहरु गर्नुपर्नेछ ।

योग्यता तथा अनुभवः

  • कम्तिमा स्नातक वा सो सरह (वातावरण, बिपद् न्युनिकरण, जलवायु परिर्वतन, सामाजिक विज्ञान आदि बिषयमा) उत्तीर्ण भएको।
  • विपत जोखिम न्युनिकरण, जलवायु परिवर्तन, मानविय सहायता कार्य, निति निर्माण आदिमा कम्तिमा ३ वर्षको अनुभव।
  • योजना तर्जुमा तथा कार्यन्वयन र व्यवस्थापन गर्न सक्ने सक्षम।
  • सरोकारवालाहरु संग समन्वय, प्रतिवेदन लेखन, सम्पादन, सुपरिवेक्षण आदिमा अनुभव भएको।
  • आधारभुत कम्प्युटर (word, excel, power point, email) र  स्मार्टफोन प्रयोग सम्बन्धि राम्रो व्यावहारीक प्राविधिक ज्ञान भएको तथा 
  • नेपाली, अङग्रेजी र स्थानिय भाषा बोल्ने  प्रतिवेदन लेख्न जानेको । 

बिज्ञापन नंः ०२-०७८/०७९

२.)  पदः  सब इन्जिनियर – १ जना

योग्यता तथा अनुभवः

  • Sub-Engineering बिषयमा प्रविणता प्रमाण पत्रवा सो सरह उत्तीर्ण गरेको ।
  • सामुदायिक निमार्ण र Estimation and  designing  कार्यमा कम्तिमा २ वर्षको अनुभव भएको।
  • आधारभुत कम्प्युटर र स्मार्ट फोन सम्बन्धि जानकारी भएको,
  • नेपाली तथा अङग्रेजी भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने ।

बिज्ञापन नंः ०३-०७८/०७९

३.)   पदः  सामुदायिक परिचालक  –१ जना

योग्यता तथा अनुभवः

  • कम्तिमा प्रविणता प्रमाणपत्र तह वा/समाजिक परिचालन बिषय वा सो सरह उत्तीर्ण गरेकोे, समुदाय परिचालनमा सहजिकरण, पालिका तथा वडा स्तरको योजना तर्जुमा र कार्यान्वयन, प्रतिवेदन लेख्न र सुपरिवेक्षणमा कम्तिमा २ वर्षको अनुभव भएको,
  • आधारभुत कम्प्युटर र स्मार्टफोन सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको, 
  • नेपाली भाषामा प्रतिवेदन लेख्न तथा स्थानिय भाषा बोल्न सक्ने ।

नोट:  प्रारम्भीक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गराइनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिकता दिईनेछ । निवेदक बालसंरक्षण निती को पालना गर्ने तथा कुनै किसिमको यौन दुव्र्यवहार, हिंसा, शोषण, विभेद, बेवस्ता, बेचविखन आदी कार्यमा दोषी नभएको वा सजायन भएको इमान्दार, निश्पक्ष र मेहनती व्यक्ति  हुनु पर्नेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ ।

दरखास्त दिने अन्तिम मिति: २०७८।०४।११ गते साँझ ५ः०० बजे सम्म ।

आवेदन दिने इमेल ठेगाना:

रतौली युवा क्लव (RYC)

टाउन प्लानिङ, जलेश्वर २, महोत्तरी

फोन नं. : ०४४-५२०८४३

इमेल: vacancyryc@gmail.com

Overview

Category Development and Project
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Jul, 2021
Apply Before 26 Jul, 2021
City Terai Region