Hot Jobs

More

सुशासन अधिकृत : Detail

Application Deadline

Thu, 25 May 2017

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Administrative / Management
  • Full Time
  • 2+ years
  • 1
  • Graduate (Bachelors)
  • Jajarkot

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक मितिः २०७४।०२।०५

पहाडी क्षेत्र विकास अभियान Hilly Region Development Campaign (HRDC) नामक गैर सरकारी संस्था बि.सं. २०५५ सालमा स्थापना भएको हो । जसको मुल नारा “विकासका लागि जनचेतना” रहेको छ । सामाजिक सेवा प्रवाहमा अग्रसर यो संस्था गैर नाफामुखी संस्था हो । अमेरिकी सहयोग नियोग (USAID) अन्तर्गत शान्तिका लागि खाद्य निकायको आर्थिक सहयोगमा यस संस्थाद्धारा कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (PAHAL) कार्यक्रम सञ्चालित छ र जसले विपन्न एवं कुपोषण ग्रस्त समुदायहरुका  संकटासन्न घरपरिवारहरुको जीविकोपार्जन तथा पोषणको स्थितिमा सुधार ल्याउने र विपदको प्रभावलाई न्यूनिकरण, अनुकूलन र पुर्नरलाभ गराउन ति घर परिवारहरुको क्षमता अभिवृद्घि गर्ने अपेक्षा राखेको छ । यस कार्यक्रम लागि तल उल्लेखीत कर्मचारीको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ । 

१. पद: सुशासन  अधिकृत  

पद  संख्या: १ (एक)

उद्देश्यः जिल्लामा पहल कार्यक्रम अन्तर्गत विशेषत सुशासन कार्यक्रमको प्रभावकारी व्यवस्थापन,कार्यान्वयन, समन्वय र अनुगमन गर्ने ।

प्रतिवेदन: सम्बन्धित साझेदार संस्थाको कार्यक्रम संयोजकलाई प्रतिवेदन दिने ।

सुशासन अधिकृतको मुख्य भूमिका तथा आवश्यक दक्षताः

१. कार्यक्षेत्रमा पहल कार्यक्रम अन्तर्गत विशेषत सुशासन तथा समन्वय सम्बन्धि कार्यको प्रभावकारी कार्यान्वयन, अनुगमन र समन्वय गर्न सक्ने ।

क) योजना निर्माणः

  • कार्यक्रम टोलीसँगको समन्वयमा जिल्ला तथा स्थानीय तहको कार्य योजना तय गर्न सक्ने ।
  • वार्षिक कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सक्रिय सहभागी भै सुशासन तथा समन्वयसँग सम्बन्धित कार्यक्रमको तयारी र आवश्यक व्यवस्थापन गर्न सक्ने ।

ख) योजना कार्यान्वयन, सहजिकरण एवं समन्वय

  • कार्यक्रम टोलीलाई साझेदारी सम्झौता अनुरुपका क्रियाकलापहरुको बारेमा अभिमुखिकरण , आवश्यकता अनुसार सहयोग र विषेश गरी जिल्ला तहमा गरिने क्रियाकलापहरुमा प्रमुख सरोकारवालाहरुको सहभागीता सुनिश्चित गर्ने, साथै राज्य र नागरिक विचको अन्तरक्रियालाई सहजिकरण गर्न सक्ने ।
  • कार्यक्रम संयोजक तथा जिल्ला संयोजकसँगको समन्वयमा कार्यक्रम टोलीका अन्य सदस्यहरुलाई आवश्यक सहयोग र पृष्ठपोषण गर्न सक्ने ।
  • सरकारी निकाय र समुदायमा आधारित संस्थाहरुसँग समन्वय गर्न सक्ने ।
  • LGCDP सहजकर्तासँग समन्वय गर्ने र कार्यक्रममा हुन सक्ने दोहोरोपना हटाउन प्रयास गर्ने ।

ग) अनुगमन तथा मूल्यांकन

  • कार्यक्रमको नियमित अनुगमन तथा मुल्यांकनको कार्य गर्न सक्ने ।
  • आवश्यकता अनुसार कार्यक्रमको प्रभाव मुल्यांकन गर्न सक्ने ।
  • कार्यक्रमले आयोजनागर्ने समीक्षा गोष्ठी, तालिम, योजना वैठक लगायतका कार्यहरुको आवश्यक तयारी एवम् सम्पन्न प्रतिवेदन तयार गर्ने सक्ने ।
  • मुल्यांकन कार्यहरुमा पहललाई सघाउने ।

घ) प्रतिवेदन तथा अभिलेखिकरण

  • मासिक, त्रैमासिक, अर्ध वार्षिक, वार्षिकका साथै आवश्यकता अनुसार अन्य बैठकको आयोजना गर्न सक्ने र तोकिएको ढाँचामा प्रतिवेदन तयार गरी सम्बन्धित पक्षलाई पठाउन सक्ने ।
  • कार्य क्षेत्रमा रहेका सहजकर्ताहरु सँगको सहकार्यमा योजना निर्माण, अनुगमन, मुल्यांकन, सुधार र अभिलेखिकरण गर्न सक्ने ।
  • लिखित प्रतिवेदनका साथै फोटो, भिडियो, घटना अध्ययन, सफलताको कथा लगायतका सामाग्री संलग्न गरी प्रतिवेदन तयार गर्न सक्ने । 

१. जिल्ला तथा समुदाय तहका संस्थाहरुसँग सहकार्य, समन्वय

  • साझेदारी कार्यक्रम (विशेषत सुशासन) सँग सम्बन्धित अवधारणा, क्रियाकलाप, सामाग्री र उक्त क्रियाकलाप संचालन गर्न इच्छुक संस्थाको लागि कार्यक्रमको तर्फबाट गर्न सकिने सहयोगको बारेमा जिल्ला तहका कार्यालय र अन्य संघ संस्था (CSOs)हरुलाई जानकारी गराउने।
  • स्थानीय मिडिया तथा अन्य गैसस/समूह/समितिहरुको सञ्जालद्धारा कार्यक्रमको प्रवद्र्धन गर्न सक्ने।
  • स्थानीय लोकतन्त्र र जवाफदेहीता प्रवद्र्धनका लागि CSOs, मिडिया र सरकारी निकायसँगको समन्वयमा सञ्जाल विस्तार गर्न सक्ने।
  • पहल टोलीसँगको  समन्वयमा अभिलेखिकरण र जन सम्पर्क, प्रवद्र्धन जस्ता कार्य गर्ने सक्ने । 

२. विषयगत दक्षताः

  • सुशासनका आधारभूत सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुको बारेमा ज्ञान भएको ।
  • सुशासनका विधि, प्रक्रिया तथा औजारहरु जस्तै सहभागितामूलक योजना प्रक्रिया, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई, सूचनाको हक, तथा समन्वय जस्ता विषयहरुमा अनुभवि
  • जिल्ला तथा स्थानीय तहको कार्य प्रणाली र संरचनाको बारेमा जानकारी भएको

३. आवश्यक योग्यताः

  • स्नातकतह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको ।
  • Word, Excel, Power Point, Email, Internet  चलाउन सक्ने क्षमता भएको ।
  • तालिम, गोष्ठी सहजीकरण गर्न सक्ने सिप भएको ।
  • समन्वय तथा नेतृत्व गर्ने सिप भएको । 

४. सेवा सुबिधा 

  • सम्बन्धित संस्थाको नियमानुसार

ईच्छुक व्यक्तिले आफनो आवेदन पत्र र बायोडाटा यस संस्थाको कार्यालय समय भित्र मिति २०७४/०२/११ सम्म आई पुग्ने गरी हस्ते वा ईमेल मार्फत पेश गर्न सकिने छ ।   

सम्पर्क ठेगाना

संस्थाको नामः पहाडी क्षेत्र विकास अभियान, भेरी न.पा. ४, जाजरकोट

टेलिफोन:०८९–४३०३३२,   ईमेल: vacancyhrdc2055@gmail.com 

नोट: स्थानीय, महिला, दलित तथा जनजाती उमेद्वारलाई प्राथमिकता दिईनेछ र प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र अन्य परिक्षामा सामेल गराइनेछ ।                                                                                                                                                                                                                                       

 

Tulips Technologies P. Ltd

Senior PHP/Wordpress Expert

Shiran Technologies

Web/Graphic Designer

JobsNepal and Websoft International Pvt. Ltd

PHP DEVELOPER

Good Neighbors International Nepal

Expression of Interest (EOI)

Helen Keller International

Data Analyst Manager

G16 Media Pvt. Ltd.

Sr. WordPress Developer

Nyatapol Technologies Pvt Ltd

Java Programmer

Nepal Red Cross Society - CEHP

Civil Engineer

Accelerating Investment & Infrastructure in Nepal (AIIN)

See All (3)

Architecture Sans Frontiers Nepal

Project Engineer

Local Road Bridge Programme (LRBP)

Regional Bridge Coordinator/ Support Engineers

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

See All (2)

Gorkha Brewery (P) Ltd.

Sr. Manager Maintenance

mDev Tech Solutions Pvt. Ltd.

Project Manager (Technology)

Lutheran World Relief

Consultant

Nimble Infosys Private Limited

Senior Java Developer

Alchemy Digital Media Group Pvt. Ltd.

Web Designer/Wordpress Developer

Sajilo Ad Pvt. Ltd.

Marketing Representative

QPay Pvt. Ltd.

Android Developer

Travel to Nature Asia

Sales and Product Manager

Vertex Web Surf Pvt. Ltd

Web Designer/WordPress Developer

Rolling Plans Private Limited

See All (2)

Doublard Design Pvt. Ltd.

Advanced PHP Developer

Nepalese Institute of Technology

Sales Executive (Education Sales)

SmartMobe Solutions Pvt. Ltd.

Web Developers

Dharma Adventures

Correspondence Executive